चाडपर्व नजिकएिसंगै झापाका बजार खुला

हाम्रो दमक

दमक,२९ भदौं / नेपालीहरुको महान चाड दशै,तिहार,छैठ जस्ता चाडपर्व नजिककिएसंगै झापाका वजारहरु सातादिननै खुल्न थालेको छ । जिल्लाका दमक,विर्तामोड,धुलावारी ,भद्रपुर ,सुरुङा लगायतका मुख्य वजारहरु चाडपर्व केन्द्रीत सातादिन खुल्न थालेका हुन् ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार आज शुक्रवारदेखिनै छैठ पवैसम्म दमकको वजार खुल्ला रहने छ । दमकमा हरेक शुक्रवार वजार वन्द हुदैआएको थियो । उनले चाडपर्वमा उपभोक्ताहरुलाई किनमेल गर्न सहजता प्रदान गर्न वजार सातादिननै खुलाउने निर्णय भएको बताए । चाडपर्व भरि वजार खुला रहनेभएपछि उपभोक्तालाई सहजता हुने विश्वास अध्यक्ष ढकालको छ । संघले सार्वजनिक सूचना निकालेर चाडपर्वलाई लक्षित गरेर दमक वजार खुल्ला रहने जनाएको थियो । बर्सेनी दशै,तिहार चाडपर्वलाई मध्यनजर गरेर साता दिननै वजार खुल्ला गरिआएको संघका अध्यक्ष ढकालले बताए ।

यता जिल्लाकै पूरानो वजार गौरीगञ्जमा समेत नजिकएिको चाडपर्वलाई लक्षित गरेर झापा उद्योग वाणिज्य संघले सातादिननै वजार खुलाएका छन् । संघका अध्यक्ष मखना महतो गैदारले चाडपर्वमा उपभोक्तालाई सहजता प्रदान गर्ने उद्देश्यले वजार खुलाउने निर्णय भएको जानकारी दिए । त्यहाँ मंगलवार वजार वन्द हुदैआएको थियो ।

यसैगरि हरेक सोमबार वन्द हुदैआएको विर्तामोडको वजार समेत चाडपर्व नजिककिएसंगै सातादिन वजार खुला गराउने निर्णय भएको विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए ।

शुक्र, भदौ २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

ट्याक्टर पल्टिदा दुईको मृत्यु

दमक,३० कार्तिक । पाँचथरको रविबाट अदुवा बोकेर झापाको दमक तर्फ आउँदै गरेको ट्याक्टर पल्टिदा दुई जनाको ज्यान गएको छ । दमक–रवि सडक अन्तर्गत इलामको माङ्गसेवुङ्ग गाँउपालिका वडा नम्बर –३ स्थित भञ्याङ्ग खण्डमा भएको ट्याक्टर...

देउँसीभैलीको रकम हाम्रो बालआश्रमलाई

दमक ,३० कार्तिक । यहाँस्थित शुभकामना बचत तथा ऋण सहकारीले देउँसीभैलीबाट संकलन गरेको रकम स्थानीय हाम्रो बाल आश्रमलाई प्रदान गरेको छ । दीपावालीमा सहकारीले निर्माणाधिन आश्रममा सहयोग पुरयाँउन आफना शेयर सदस्यहरुका घरमा देउसीभैली खेलेको...

थापालाई फिर्ता बोलाएर इजरायलको राजदूतमा सिफारिस भईन प्रधानमन्त्री ओलीकी ‘साली’ !

काठमाडौँ । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर इजरायलका लागि राजदूत सिफारिस गरेको छ अञ्जान शाक्यलाई । राप्रपाका नेता थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्...

सगुन सांगीतिक साँझ सम्पन्न

लखनपुर,२९ कार्तिक । झापाको कमल गाँउपालिका ५ मंगलवारेमा बुधबार सगुन सांगीतिक साँझको आयोजना गरिएको छ ।सगुन युवा क्लवले बर्सेनी दीपावलीका अवसरमा आयोजना गरिआएको सगुन साँझ यसवर्ष पनि भव्य रुपले सम्पन्न भएको क्लवका अध्यक्ष देवेन्द्र...

छिन्ताङ्ग हत्या काण्डको सम्झनामा सहिद स्मृती सभा सम्पन्न

धनकुटा । स्मृती सभा छिन्ताङ्ग हत्या काण्डमा मारीएका ब्याक्तिहरुको सम्झनामा धनकुटाको छिन्ताङ्ग आज सहिद स्मृती सभा गरीएको छ । २०३६ सालमा घटेको छिन्ताङ्ग हत्याकाण्डका सहिदहरुको सम्झनामा ४० औ स्मृती सभा गरिएको हो । कार्यक्रममा सहिदको सालिकमा...

शरीरमा तातोपानी खनिएर घाईते भएकी बिरामीलाई सहयोग

बिराटनगर | नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले बिपन्न बिरामीको उपचारका लागि एक लाख आर्थिक सहयोग गर्नुभएको छ । शरीरमा तातोपानी खनिएर घाईते भई उपचारका क्रममा आर्थिक अभाव झेल्दै आएकी बेलवारी–४ काकुमस्थित शान्ति...

मंसिर १ देखि दमकमा कर सप्ताह मनाईदै

दमक,२८ कार्तिक । आगामी मंसिर १ गतेदेखि दमकमा राष्ट्रिय कर सप्ताह मनाउने तय गरिएको छ । कर सम्बन्धी सर्वसाधारणहरुमा उत्प्रेरणा दिने उद्देश्यले मंसिर १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरि कर सप्ताह मनाउन लागिएको...

नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्काशित भए मन्त्रीबाट आउट सोडारी !

काठमाडौं। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट पदमुक्त गरिएका दीर्घराज सोडारीलाई नेपाल कम्युनिष्ट पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ। नेकपाको मंगलबार बसेको प्रदेश कमिटी बैठकले सोडारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट...

अन्ततःयो मितिबाट खुल्दैछ नयाँ लाइसेन्सको आवेदन

काठमाडौँ। केहि समयदेखि बन्द रहेको सवारी चालक अनुमति पत्रको आवेदन मंसिर ७ गतेदेखि फेरि खुल्ने भएको छ। यातायात व्यवस्था विभागले दसैँ लगाएतका बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल...

मजदुरले दिए ट्राफिकलाई दराज

दमक,२८ कार्तिक । नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ट्राफिक प्रहरी कार्यालय दमकलाई कार्यालयीय प्रयोजनका लागि एक थान स्टिल दराज प्रदान गरेको छ । समितिले बुधबार ट्राफिक कार्यालयमा आयोजित कार्यक्रममा...