विरामी बविनालाई सहयोग हस्तान्तरण

हाम्रो दमक

दमक,२९ भदौ  / तीन महिना देखि रगत सम्बन्धी ( आइटिपी )रोगबाट थलिएकी झापा, गौरादह–१ की १६ बर्षिया बविना ताजपुरियाको उपचारमा सहयोग जुट्ने क्रम बढ्दै गएको छ । विरामीको उपचारमा स्थानीयले बविना बचाँउ अभियान सञ्चालन गरि सहयोग जुटाईरहेका छन् ।


यसैक्रममा विरामीको उपचारका लागि ताजपुरिया संस्कृति उत्थान मञ्च तदर्थ समितिले ३२ हजार बढी सहयोग दिएको छ । विरामीको घरैमा पुगेर सो संस्थाले ३२ हजार ३.२ सय ३६ रुपैया सहयोग हस्तान्तरण गरिएको तर्दथ समितिका सदस्य चन्दप्रसाद्र ताजपुरियाले बताएका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा दाता संस्थाका संयोजक राजकुमार ताजपुरिया ,सदस्यहरु चन्द्र प्रसाद ताजपुरिया ,शकेन्द्र ताजपुरिया लगायतको उपस्थिति रहेको थियो ।
सो सहयोग मलेशियामा बस्दैआएका जितेश,मोहन ,अरुण ,जित ,हर्क ,उमान्त ताजपुरियालगायतले सहयोग जुटाएका हुन् । विरामीको काठमाण्डौस्थित ग्रिन सिटी अस्पतालमा उपचाररत छन् ।
यसैवीच, सो संस्थाले विरामीको उपचारमा सहयोग गर्न चाहनुहुनेहरुले विरामीको बुबा दिलबहादुर ताजपुरियाको राष्ट्रिय वाणिज्य बैकको खाता नम्बर –२१४००२४६८४१० मा समेत जम्मा गर्न सकिने जनाईएको छ ।

बिहि, भदौ २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

युनिटी युवा क्लब बर्ने धारागोला भ्यूटावर गोलकपको क्वाटर फाइनलमा ।

शान्तिनगर । युनिटी युवा क्लब बर्ने झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । मंगलबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा खुदुनाबारी युवा क्लब अर्जुनधारालाई २/१ गोल...

चारआली युवा क्लब क्वाटर फाइनलमा प्रबेश ।

शान्तिनगर । प्रतिभा युवा क्लब चारआली झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल कप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । सोमबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे युवा क्लबलाई...

भौगोलीक सुचना प्रणाली सम्बन्धी तालिम सम्पन्न

बिर्तामोड । भौगोलीक सुचना प्रणाली सम्बन्धी  तिन दिने तालिम झापाको बिर्तामोडमा सम्पन्न भएको छ  । वातावरण संरक्षण मच नेपालले आयोजना गरिएको तालिममा झापाका  विभिन्न क्षेत्रबाट आएका बिद्याथीहरुको सहभागिता रहेको थियो । तालिममा कसरी भौगोलीक...

दमक क्याम्पमा लागेको ताला अझै खुलेन

दमक | दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले क्याम्पसमा आइतबार लगाएको तालाबन्दिलाई सोमबार पनि जारी राखेका छन् । उनिहरुले शुक्रबार प्रशासनलाई ४८ घण्टाको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए तर मागको सुनुवाई नभएको भन्दै...

गम्भिर रोग लागेका बिरामीलाई सहयोग

गौरादह,८असोज / झापाको गौरादह नगरपालिकाले नगर भित्रका तिनजना बिपन्न परिवारका बिरामीलाई रु ६१ हजार सहयोग उपलब्ध गराएको छ । बबिना ताजपुरियालाई सहयोग प्रदान गरिदै गौरादह – १ डिठ्ठाचौक निवासी शरिरमा रगत उत्पादन गर्न नसक्ने रोग...

दमकमा रात्रीकालिन बजार शुरु

दमक,८ असोज  /झापाको दमक–६ स्थित नमुना बजारमा आजदेखि रात्रीकालिन वजार सञ्चालनमा आएको छ । आज एक कार्यक्रमबीच नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालिन बजार शुरुवात भएको घोषणा गरे । घोषणा कार्यक्रममा दमक उद्योग वाणिज्य संघ,...

सुर्यदर्शन सहकारीको कारोवार १ अर्ब १२ करोड बढी

दमक,८ असोज / दमक – ६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सोमबार आफ्नो नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रमका वीच सुर्यदर्शन सहकारीले आफ्नो साधारणसभा सम्पन्न...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...

दमकमा यातायात तथा ट्राफिक व्यवस्थापन गरिँदै

दमक् ,७ असोज / दमक क्षेत्रमा यातायात तथा पार्किङ व्यवस्थापन समिति गठन भएको छ । दमक नगरपालिकाले दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई यातायात तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक काम गर्ने अधिकार प्रत्यायोजन गरेसंगै...

‘ विहेको जन्ति र मलामी एकै क्षण बन्यो’

– विष्णु सुब्बा चुलाचुली,७ असोज / घरमा नातीको विहेको रौनक सकिएकै थिएन । रंगीचंगी माहोलमा निम्तालुहरु रमाउँदै थिए । त्यो रमाइलो क्षण केहि समय मात्र रहन पुग्यो । परिवारका ज्येष्ठ सदस्य ८३ बर्षिय हजुरवुवा...