दमकका व्यवसायीले निकाले मौन विरोध रयाली

हाम्रो दमक

दमक,२८ भदौ / दुई दिन झापाको गौरीगञ्जमा हत्या गरिएका दमकका युवा व्यवसायी खेमराज पौडेलको हत्यामा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दे आज यहाँ व्यवसायीहरुले मौन र्याली निकालेका छन् ।


व्यवसायी हत्याको विरोध स्वरुप दमक उद्योग वाणिज्य संघले हत्यामा संलग्न अपराधीलाई कारवाही र व्यवसायी सुरक्षाको माग गर्दे मौन र्याली निकालेको हो । व्यवसायी सुरक्षाको माग राखेर निकालिएको र्याली दमक चौक,वजार परिक्रमा गरिएको थियो ।रयाली पछि संघले व्यवसायी पौडेलको हत्यामा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्न माग गरि स्थानीय प्रहरी प्रशासनको ध्यानार्कषण बुझाएका छन् ।

संघका अध्यक्ष राजेन्द्र ढकालले व्यवसायी पौडेलको हत्याको घटनाले असुरक्षा बढेको भन्दै त्यसप्रति प्रशासन गंभीर वन्न माग गर्दे इलाका प्रहरी कार्यालय दमकमा ध्यानकर्षण समेत गरिएको बताए । दमक–६ मा पौडेलले राजदिप इन्टरप्राइजेज फर्म सञ्चालन गरिआएका थिए ।

कमल गाउँपालिका वार्ड नं ६ मंगलबारेका ३८ बर्षिय कपडा व्यापारी पौडेलको श्रीमती दिपासंगै गौरीगञ्ज बजार ताकेता आएका वेला अपहरणपछि गत भदौ २६ गते हत्या भएको थियो । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले स्थानीय सद्याम हुसैनलाई पक्राउ गरि अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताए । पक्राउ परेका २८ बर्षिय हुसेनले रिसीइवीका कारण आवेगमा आएर हत्या गरेको स्वीकारेका प्रनि पौडेलले बताए ।

पौडेलको हत्यामा संलग्न हुसेनलाई बुधबार जिल्ला प्रहरी कार्यालयले समेत सार्वजनिक गरेको थियो । हुसेनले पौडेललाई व्यवसाय लेनदेनका क्रममा बुझाउन बाकी रकम ९० हजार रकम लिन बोलाएर हत्या गरेका थिए ।

बिहि, भदौ २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकमा होटल व्यवसायीको मेची करिडोर स्तरीय भेला हुने

दमक | झापाको दमकमा होटल तथा पर्यटन व्यबसायीको मेची करिडोर स्तरीय भेला हुने भएको छ । होटल व्यवसायी सघं क्षेत्रीय समिति माई पश्चिमले भेला आयोजना गर्ने भएको हो । अगामी असोज ११ गते मेची अञ्चलका...

युनिटी युवा क्लब बर्ने धारागोला भ्यूटावर गोलकपको क्वाटर फाइनलमा ।

शान्तिनगर । युनिटी युवा क्लब बर्ने झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । मंगलबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा खुदुनाबारी युवा क्लब अर्जुनधारालाई २/१ गोल...

चारआली युवा क्लब क्वाटर फाइनलमा प्रबेश ।

शान्तिनगर । प्रतिभा युवा क्लब चारआली झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल कप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । सोमबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे युवा क्लबलाई...

दमक क्याम्पमा लागेको ताला अझै खुलेन

दमक | दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले क्याम्पसमा आइतबार लगाएको तालाबन्दिलाई सोमबार पनि जारी राखेका छन् । उनिहरुले शुक्रबार प्रशासनलाई ४८ घण्टाको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए तर मागको सुनुवाई नभएको भन्दै...

तीन दिन देखि दमकको खानेपानीमा ‘लेदो’

दमक,८ असोज / झापाको दमकका दुई वटा वडामा तीन दिन देखि आइरनयुक्त पानी वितरण हुदैआएको पाईएको छ । खानेपानीको ट्यांकीमा जडित भल्वको समस्याका कारण तीनदिन देखि वितरित पानीमा लेदोसहितको फोहोर पाइएको हो । स्वच्छ पानी...

गम्भिर रोग लागेका बिरामीलाई सहयोग

गौरादह,८असोज / झापाको गौरादह नगरपालिकाले नगर भित्रका तिनजना बिपन्न परिवारका बिरामीलाई रु ६१ हजार सहयोग उपलब्ध गराएको छ । बबिना ताजपुरियालाई सहयोग प्रदान गरिदै गौरादह – १ डिठ्ठाचौक निवासी शरिरमा रगत उत्पादन गर्न नसक्ने रोग...

दमकमा रात्रीकालिन बजार शुरु

दमक,८ असोज  /झापाको दमक–६ स्थित नमुना बजारमा आजदेखि रात्रीकालिन वजार सञ्चालनमा आएको छ । आज एक कार्यक्रमबीच नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालिन बजार शुरुवात भएको घोषणा गरे । घोषणा कार्यक्रममा दमक उद्योग वाणिज्य संघ,...

सुर्यदर्शन सहकारीको कारोवार १ अर्ब १२ करोड बढी

दमक,८ असोज / दमक – ६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सोमबार आफ्नो नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रमका वीच सुर्यदर्शन सहकारीले आफ्नो साधारणसभा सम्पन्न...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...

दमकमा यातायात तथा ट्राफिक व्यवस्थापन गरिँदै

दमक् ,७ असोज / दमक क्षेत्रमा यातायात तथा पार्किङ व्यवस्थापन समिति गठन भएको छ । दमक नगरपालिकाले दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई यातायात तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक काम गर्ने अधिकार प्रत्यायोजन गरेसंगै...