न्युयोर्कमा तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालय स्थापना

हाम्रो दमक

न्युयोर्क | प्रवासी भूमिमा रहेको नेपाली समुदायले आफ्नो समुदाय र मुक्तिको निम्ति विभिन्न संघ/ संस्थाहरूको स्थापना भए पनि अधिकांस संघ संस्थाको कार्यालयहरू अहिले सम्म झोलामा मात्रै सिमित रहेको देखिन्छ ।

तर, भर्खरै मात्र स्थापना भएको तामाङ समाज अमेरिकाले यहि ८ सेप्टेम्बर २०१८ को दिन नेपाली महाबाणिज्य दुताबासका कार्यवाहक महाबाणिज्यदुत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यका बिच एक कार्यक्रम गर्दै तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालयको उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा अमेरिकामा रहेका १२ भन्दा बढी संघ/संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। समारोहको सुभारम्भमा लामा गुरुहरूबाट पुजाअर्चना गरि औपचारिक कार्यक्रमको सुरुवात भएको थियो भने उद्घाटन समारोहको सभापतित्व तामाङ समाज अमेरिकाका अध्यक्ष सानु माया तामाङले गरेकी थिईन ।

समारोहमा प्रमुख अतिथि भट्टाराईले नेपाली डायस्पोराका सं घ संस्थाहरुले परम्परागत शैली भन्दा फरक ढंगले आफ्नो गतिबिधिहरु संचालन गर्नु पर्ने र प्रवासमा रहेको नेपालीहरुले एकता प्रदर्शन गर्न सकेमा सम्पूर्ण नेपालीहरुको निम्ति भलाई हुने भनाई राखेका थिए । कुनै काल खण्डमा कुनै व्यक्ति वा शासकले गरेको त्रुटीलाई मुद्धा बनाएर वर्तमानमा त्यसको क्षतिपुर्ति खोज्नु भन्दा के कसरी आफ्नो समुदाय र समाजलाई अग्रगामी बनाउन सकिन्छ त्यसबारेमा डायस्पोराका आदिवासी समुदायका संघ/संस्थाहरु लागी परेमा हाम्रो समाज द्रुतगतिमा समृद्ध बन्न सक्ने धारणा समेत उनको थियो ।

तामाङ समाज अमेरिका भर्खरै स्थापना भएको भए पनि यो संस्थाले नेपाली डायस्पोराका संघ संस्थासँग हातेमालो गर्दै सामुदायिक गतिबिधिलाई पुनर्परिभाषित गर्न नेतृत्वदायी भूमिका निर्बाह गर्ने तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले प्रतिवद्दता व्यक्त गरिन । नयाँ शैली र नयाँ आयामबाट समाज अमेरिकाले नेपाली डायस्पोरामा आफ्नो नेतृत्व स्थापित गर्ने र स्थानीय मुलधारको राजनीतिमा समाबेश गर्न हाम्रो दोश्रो पुस्तालाई सक्रिय गराउने भूमिकामा तामाङ समाज अमेरिका रहने उनको भनाई थियो ।

उद्घाटन समारोहमा गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव बाबुराम लामा लगायतले शुभकामान मन्तब्य व्यक्त गरेका थिए ।

बुध, भदौ २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

अमेरिकामा अन्तर्राष्ट्रिय तामाङ समन्वय समिति गठन

न्युयोर्क । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ । मनोनित हुनेहरुमा सुरेन्द्र लामा, मोतीलाल तामाङ र राजु तामाङ छन् । तामाङ...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...

तनहुँ सेवा समाज युएईको प्रथम साधारण भेला सप्पन्न । अध्यक्षमा पौडेल ।

युएई- वैदेशिक रोजगारीका लागि युएईमा रहेका तनहुवासीहरु एकजुट भएका छन् । आपसी हित, दुखसुखमा सहयोग गर्ने र जिल्लाको समग्र विकासमा यथासक्य योगदान गर्ने उदेश्यले तनहु सेवा समाज गठन गरेको नवगठित समाजका अध्यक्ष कृष्ण पौडेलले जानकारी...

बैदेशिक रोज़गारीमा गएका झापालीहरूद्वारा संयुक्त लगानीमा खोले डिर्पाटमेन्टल स्टोर्स, कारोबार सुरु

झापा– बैदेशिक रोजगारमा झापाबाट यूएई गएका युवाहरुको संयुक्त लगानीमा झापाको अर्जुनधारा-५ लक्ष्मीपुरमा ड्रिम फ्यूजन डिर्पाटमेन्टल स्टोर खुलेको छ । ड्रिम फ्यूजन इन्भेष्टमेन्ट कम्पनीद्वारा सञ्चालित ड्रिम फ्यूजन डिर्पाटमेन्टल स्टोर्सको प्रदेश सभाषद् एकराज कार्कीले एक समारोह बिच उद्घाटन...

विजया दशमीको अवसरमा इजरायलमा खेलकुद प्रतियोगिताको आयोजना गरिदै

इजरायल | गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एसिसी) इजरायलले नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा इजरायलमा रहेका विभिन्न संघ संस्थाहरु तथा समुहहरुविच मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको अयोजना गर्ने भएको छ । रोजगारी, अध्यन, व्यवसाय...

इजरायलमा झापाली सहितका नेपालीले मनाए भब्य तिज

इजरायल | गत शुक्रबार इजरायलको तेलअभिव स्थित पार्क यार्कोंनमा इजरायलमा रहेका झापाली सहितका नेपालीहरुले हरितालिका तिज २०७५ मनाएका छन् । झापाली समाज इजरायल र सृजनशिल महिला समूह इजरायलको सयुक्त आयोजनामा गरिएको कार्यक्रममा ३०० बढी नेपालीहरुको...

मलेसियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर बिरामी

काठमाडौं, ३ असोज | मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा...

युएईका झापालीहरुको संयुक्त लगानी रहेको डृिम फ्युजन डिपार्टमेन्ट स्टोर असोज ३ गते बाट संचालन हुने । २ हजार भन्दा बढी किनमेल गर्नेलाई स्कुटी उपहार ।

रामप्रसाद ढुंगेल, युएईमा रोजगारी गर्न गएका झापालीहरुले झापाको लक्ष्मीपुरमा एक मिनी मार्केट संचालन गर्ने भएका छन् । डृिम फ्युजन डिपार्टमेन्ट स्टोर नाम रहेको यो मार्केटको औपचारिक समुदघाटन असोज ३ गते बुधबार हुदैछ । ओपनिङ्कै दिनदेखि...

युएईको अलऐनमा रहेका नेपालीले यसरि मनाए तीज, दरसंगै नाचगानमा झुमे नेपाली

युएई-रोजगारीको शिलशिलामा युएईका विभिन्न क्षेत्रमा रहेका नेपालीहरुले गत ०७ सेप्टेम्बर २०१८ शुक्रबारका दिन अलऐनमा रहेको टप ५ रेस्टुरेन्ट नेपाली महिलाहरुको महान चाड हरितालिका तीज बिबिध कार्यक्रम गरी भब्य रुपमा मनाएका छन । एनआरएनए युएई क्षेत्रीय...

तीज विशेष दरखाने कार्यक्रम तथा सांस्कृतिक कार्यक्रमको तयारी पूरा

कमल न्यौपाने, युएई । एनआरएनए युएई क्षेत्रीय समन्वय परिषद अलऎनको आयोजनामा ०७ सेप्टेम्बर २०१८ शुक्रबारका दिन महिलाहरुको महान पर्व हरितालिका तीजको अबसर पारेर नेपाली दिदिबहिनिहरुलाई तीजको दर खुवाउने तथा सांस्कृतिक कार्यक्रम २०१८ को तयारी पूरा...