सद्दामले स्वीकारे खेमराजको हत्या

हाम्रो दमक

गौरीगञ्ज, भाद्र २७/  झापा दमकका कपडा ब्यवसायी खेमराज पौडेलको हत्या आफूले गरेको प्रहरीले नियन्त्रणमा रहेका सद्दाम हुसेनले स्वीकारेका छन् ।

प्रहरीसँगको प्रारम्भिक बयानमा गौरीगञ्ज गाउँपालिका ६ घर भएका २८ बर्षीय सद्दामले पौडेलको हत्या आफूले नै गरेको स्वीकारेका हुन् । उनले लेनदेनको विषयमा पौडेलको हत्या गरेको स्वीकारेका हुन् ।


कमल गाउँपालिका–६ मंगलबारे निवासी ३८ वर्षीय खेमराज पौडेलले दमक ६ स्थित इलाका प्रहरी कार्यालयको पूर्वपट्टि राजदीप इन्टरप्राइजेज नामक् कपडाको होलसेल पसल सञ्चालन गर्दै आएका थिए ।

पौडेलको कपडा पसलबाट बाँकीमा कपडा लगेर सद्दामले पनि कपडा पसल गर्दै आएका थिए । सद्दामले पछिल्लो समय पौडेलको पसलबाट एक लाख रुपैयाँको कपडा बाँकीमा उठाएका थिए । सो रकमको १० हजार रुपैयाँ उनले तिरिसकेका थिए । बाँकी ९० हजार मध्ये सोमबार केही पैंसा दिने भन्दै सद्दामले नै फोन गरेर पौडेललाई गौरीगञ्ज बोलाएका थिए ।

पौडेल साप्ताहिक रुपमा पैंसा उठाउन गौरीगञ्ज जाने गरेका थिए । सो रुटअनुसार पैंसा उठाउन जाने नियमित रुट मंगलबार थियो । तर, सद्दाम आफैले सोमबार नै पैंसा लिन बोलाएकोले पौडेल श्रीमती दीपालाई लिएर सोमबार पसल बन्द गरेर बेलुका करीब ६ बजेतिर गौरीगञ्ज पुगेका थिए ।

गौरीगञ्जको वडा नम्बर ६ स्थित खजुरगाछी बजारदेखि केही पश्चिम चौबाटोमा भेटेर सद्दामले पौडेलकी श्रीमती दीपालाई सोही चौबाटोको एक पसलमा राखेर सद्दामले पौडेललाई पैंसा लिन मेरो घर जाऊ भन्दै दक्षिणतिर लगेका थिए ।

सद्दामसंग दक्षिणतिर गएको दुई घण्टासम्म श्रीमान र सद्दाम दुवै जना नफर्किएपछि दीपा इलाका प्रहरी कार्यालय गौरीगञ्ज गएकी थिइन । उनको जानकारीअनुसार प्रहरीले तत्कालै सद्दामलाई उनको घरबाट नियन्त्रणमा लिएको थियो । सद्दामलाई सोधीखोजी गर्दा नबताएपछि पौडेलको शव मंगलबार बिहान ७ बजे मात्र फेला परेको थियो ।

उनको शव नेपाल भारत सीमा क्षेत्र नजिक गौरीगञ्ज ६ स्थित खेलको नालामा डुबेको अवस्थामा फेला परेको थियो । प्रहरीको निरन्तरको केरकारपछि सद्दामले मंगलबार बेलुका हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताए ।

बुध, भदौ २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

करदाताका लागि राजस्व कार्यालयमै वैक

दमक,१ असार । करदाताहरुको राजस्व लगायतका सुविधाका लागि झापाको दमकस्थित आन्तरिक राजस्व कार्यालयमा प्रभु बैकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कार्यालयमा आज एक कार्यक्रम गरि काउण्टर सञ्चालनमा ल्याइएको बैकका प्रदेश नम्बर १ का...

इष्टुको प्रदेश समिति चयन

दमक,३२ जेठ । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्रदेश नं. १ प्रदेश कार्यसमिति चयन गरेको छ ।  शिक्षकहरुको पेशागत हकहितमा आवाज उठाउदै आएको इस्टुले यादव अधिकारीको अध्यक्षतामा...

विश्लेषक गिरी दमक आउदै

दमक,३२ जेठ । यूथ नेटवर्कको नियमित श्रृङखलामा सहभागि हुन भोलि नेपाली कांग्रेसका नेता तथा बिश्लेषक प्रदिप गिरी दमक आउदै छन् । स्थानीय गोरखा डिपार्टमेन्टल स्टोरमा भोलि आइतबार दिनको २ः३० वजेदेखि तीन घण्टा लामो सातौ...

दमकमा प्रथम नगर ब्याडमिन्टन प्रतियोगिता

दमक , ३२ जेठ । प्रथम दमक नगर ब्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि दमक ६को बद्री शाहको टिमले हात पारेको छ । बन्द्री र कमल शाहको टिमले वडानम्वर १को डिल्ली श्रेष्ठ र सरोज राईको टिमलाई...

गुठीसम्बन्धी विधयेक पास हुन दिदैनौ: देउवा

काठमान्डाैं | नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुठीसम्बन्धी विधयेक पास हुन नदिने बताउनुभएको छ । आज हेटौँडामा आयोजित नेपाल सांस्कृतिक सङ्घको जिल्ला सभापति एवं विधागत सङ्घका सभापतिको राष्ट्रिय प्रशिक्षण भेलामा पूर्वप्रधानमन्त्री देउवाले देशमा सांस्कृतिक...

सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने गरे ५ वर्ष जेल १५ लाख जरिवाना

प्रतिनिधि सभाको विकास समितिले फेसबुक ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने प्रावधान यथावत् राखेर सूचना प्रविधि विधेयक अगाडि बढाउने तयारी गरेको छ। समितिले सांसद बिना श्रेष्ठको संयोजकत्वमा गठन गरेको उपसमितिले सामाजिक सञ्जाल र मिडियालाई समेत कस्ने...

गुठीको विरोधमा दमकमा लिम्बुवानको कोणसभा

दमक,३१ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले सरकारले ल्याउन लागेको गुठी विधेयक, लोकसेवा आयोगले प्रकाशित गरेको असंवैधानिक विज्ञापनको विरोधमा कोणसभा गरेको छ ।दमकको गणतन्त्र चौंकमा भएको कोणसभामा बोल्दै वक्ताहरुले...

पाडाजुंगीमा कामना बैकको शाखा विस्तार

दमक,३१ जेठ । कामना सेवा विकास बैंकले झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा ८८ औं शाखा विस्तार गरेको छ । विहीवार एक कार्यक्रमका बीच शाखाको बैंकका सञ्चालक विश्वेश्वर सुवेदी, सीईओ प्रविण बस्नेत र बैंकका...

असोजमा अन्तराष्ट्रिय झापाली समाजको महाधिबेशन

दमक,३१ जेठ । अन्तराष्ट्रिय झापाली समाजको दोश्रो महाधिबेशन आगामी असोज २४ र २५ गते झापामा हुने भएको छ । प्रत्येक दुई वर्षमा हुने समाजको महाधिबेशन जिल्लामा गर्न लागिएको समाजका कार्यवहाक अध्यक्ष छत्र सुब्बाले वताए...

रक्तदाता दिवसमा प्रभातफेरि सहित रक्तदान

दमक,३१ जेठ । १६ औं विश्व रक्तदाता दिवसका अवसर पारेर झापाको दमकमा शुक्रवार विहान प्रभातफेरि सहित रक्तदान कार्यक्रम गरिएको छ । नेपाल स्वमसेवी रक्तदाता समाज जिल्ला समिति झापाको आयोजना तथा घरवहाल उपभोक्ता हकहित संघ,...