व्यापारीको हत्यामा संलग्नलाई कारवाहीको माग

हाम्रो दमक

दमक,२७ भदौ / झापा, दमकका युवा व्यवसायी खेमराज पौडेलको अपहरण पछि हत्या भएको भन्दै दमक उद्योग वाणिज्य संघसहित नेपाल मानव अधिकार संगठनले छुट्टाछुट्टै बिज्ञप्ति निकालेर घटनाको निन्दा गरेका छन् ।
दमक–६ मा राजदिप इन्टरप्राइजेज फर्म सञ्चालन गरिआएका व्यवसायी पौडेलको अत्यन्तै क्रुर ढंगबाट हत्या गरिएकोमा भत्र्सना गर्दे हत्यामा संलग्नलाई हदैसम्म कारवाही गर्न माग गर्दे ती संघसंगठनहरुद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा संघका पदाधिकारीहरु

संघले मंगलवारनै पत्रकार सम्मेलन गरि व्यवसायीक सुरक्षामा स्थानीय प्रशासन गंभीर वन्न आग्रह गरेको छन् । संघका अध्यक्ष राजेन्द्र ढकालले व्यवसायी पौडेलको हत्याको घटनाले असुरक्षा बढेको भन्दै त्यसप्रति प्रशासन गंभीर वन्न माग गरे । ‘ पैसा उठाउन तोकतामा गएका व्यवसायी पौडेललाई नाटकीय शैलीमा मारिएको छ,यसले सिंगो व्यवसायी प्रताडित छ’ अध्यक्ष ढकालले भने,–‘ घटनाको निष्पक्ष छानवीन गरि हत्यारालाई हदैसम्म सजाय दिन माग गर्दछौ ।’

त्यसैगरि उनले गत भदौ २१ गते भारतीय मालवाहक लरीले ठक्कर दिएर गंभीर घाइते भएका कमल गाँउपालिका–५ निवासी मोहन पौडलको उपचारको व्यवस्था गरिदिन माग गरिएको बताए । संघले ६ वुदे आफना ध्यानकर्षण सार्वजनिक समेत गरेका थिए ।
यस्तै मानवअधिकार संगठनका महासचिव डाक्टर केपी सुवेदीले मानिसको बाँच्न पाउने अधिकारको रक्षा गर्दै कानूनी राज्य स्थापना गर्न सरकार संग माग गरिएको उल्लेख छ ।

गत सोमबार साँझ गौरीगञ्जमा अपहरण पछि उनको हत्या गरिएको थियो । कमल गाउँपालिका वार्ड नं ६ मंगलबारेका ३८ बर्षिय कपडा व्यापारी पौडेल दमक–७ मा व्यवसाय गरिआएका थिए । उनकी श्रीमती दिपासंगै गौरीगञ्ज बजार ताकेता आएका वेला पौडेललाई स्थानीय सद्याम हुसैनले पैसा दिने भन्दै घर लगेको वेला हत्या गरिएको थियो । हुसैनसंग पौडेलले ९० हजार रुपैया लिनुपर्ने थियो । अपहरण पछि मंगलवार विहान उनी गौरीगञ्ज–६ स्थित देवीगञ्जमा क्रुर हत्या गरि मृत भेटिएका थिए । प्रहरीले हुसैनलाई पक्राउ गरि अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जनाएका छन् ।

बुध, भदौ २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...

युइईमा फूटबल प्रतियोगीता हुने

युएई, ४ फागुन । युएईमा एनआरएनए कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी फेब्रुवरी २२ (फागुन १० गते ) हुने भएको छ । यो युएईका नेपाली समुदायमा ठूलो धनराशीको फुटबल प्रतियोगिता हो । “नेपालीका लागि नेपाली...

दमकको मिशाल वजारमा यङ्गफेस फूटवेयर

दमक ,४ फागुन । दमकको मिशाल वजारमा स्थानीय एक युवाले विदेशी व्राण्डका जुत्ताचप्पल पसल सञ्चालनमा ल्याएका छन् ।गैरआवासीय फूटवेयर कलेक्सनको उद्घाटन गर्दे दमक उवासंघका अध्यक्ष ढकाल नेपाल संघ ( एनआरएन ं) चीनका सचिव समेत रहेका युवा...

खुट्टो काट्नुपरेका बालकलाई अमेरिकाबाट एकलाख

दमक,४ फागुन । अमेरिकाको ओहयो एक्रोनबाट पुनर्वास भएका भुटानी शरणार्थीहरुले भाँच्चिएर खुट्टो काट्नु परेका झापा, दमकका एकजना बालकको उपचारको लागि १ लाख ७ हजार सहयोग गरेका छन् । ओहायोबाट नेपाल आएका उत्तम रसाइली, रनमाया गजमेर,...