Face of The Week, केपी बाको रेलैमा गीत ल्याएर ह्वातै चर्चामा आएकी रमा थापा !

हाम्रो दमक

के गाउँ के शहर तिजको रौनकताले छाएको छ, अस्तव्यस्त रहने काठमाडौका प्रत्येक सडकमा रातो साडी, कुर्ता लगाएर सिङ्गारीएर हिडिरहेका नारी समुहहरु भेटिन्छन् । गाँउबस्तीहरुमा चाड्पर्वको भारी भन्दा पनि धेरै कामको भारीले फुर्सद नहुदोहो, आधुनिक शहरीया जीवन शैली मा हुर्किदै गरेका तिज पर्व आजभोलि एक महिना अघि बाट नै सुरु भएसकेको छ । विभिन्न संघसंस्था द्वारा पनि तिजको दर खुवाउने कार्यक्रमहरुको बढ्दो चहलपहलले पनि होला शहर बजारमा तिजको रौनकता परिवर्तनशैलिमा बढेको देखिन्छ । बजारमा साडी पसल, श्रीङगार पसल, सुन पसलमा पनि महिलाको यतिकै भिड देखिन्छन तिनै तिजका रौनक अनि भिडलाइ पन्छाउदै ती दृष्यलाइ अवलोकन गर्दै हाम्रो दमक डटकम को साताको अनुहार ललितपुर जिल्लाको धोविघाट निवासी गायिका रमा थापा समक्ष पुगेको छ ।

भर्खरै नेपाली सांगीतिक बजारमा तिजको कोशेली स्वरुप “के पि बाको रेलैमा” बोलको गित सार्वजनिक गर्दै चर्चामा आएकी रमा थापा गायिका, गितकार साथै असल गृहिणी र जिम्मेवार आमा पनि हुन । घर गृहस्थ सम्हाल्दै आफ्नो करियरलाइ पनि अगाडि बढाइरकिछिन ।

२०२३ सालमा भोजपुरको प्याउली भन्ने ठाउँमा जन्म लिएकी रमा थापा २०४४ सालमा बैबाहिक बन्धनमा बाँधिएकी थिन । संखुवासभा जिल्लाको चन्दनपुरलाई कर्मथलो अर्थात श्रीमानको घर बनाएकी थापा जिवनका आरोह अनि अवरोहहरुमा छोरी, बुहारी र आमाको भुमिका निर्वाह गरीरहदा आफ्ना सुनौलो सपनाहरू मन भरी गुम्साएर सन्तानको खुसिका लागि आधा जीवन सुम्पेको बताउछिन । प्रारम्भिक शिक्षा भोजपुरको शारदा मा बि प्याउली बाट गरीन भने उच्च शिक्षा खाँदबारीको बरुण बहुमुखी क्याम्पसमा अध्यनरत यात्रालाइ पुर्णबिराम लगाउदै बैहिवाहिक यात्रालाइ अघि बढाएको बताइन ।

२ छोरा र १ छोरी रहेको बताउने गायिका रमा थापा हसिलो अनि मिलमसार स्वाभावकी छिन खाना पकाउन अनि आफ्नो पकान परिकार साथिसंगी आफ्नतलाई खुवाउन अत्यन्तै मन पराउने बताइन । धेरै जसो गाउनमा साडी चोलोमा भन्दा पनि गाउन (घाँगर) मा सजिएर बस्ने रुचाउने रमा कार्यक्रम तिर पनि सोही पहिरनमा धेरै जस्तो देखिन्छिन । श्रीमानको जागिरे जीवन सङ्गै खादबारीमा रहदा गायिका थापा खाँदबारीको बाणिज्य बैंकमा पनि केही समय जागिरे जीवन बिताएको बताउछिन । परिवार र सन्तानलाई पहिलो प्राथमिकता सम्झने गायिका रमा सन्तानको उज्ज्वल भविष्यका लागि हाल ललितपुरस्थित धिविघाट बस्दै आइरहेकी छिन ।

को हुन रमा थापा ?

उमेरका खुड्किलाहरुलाइ चुनौती दिदै सन्तानका भविष्यलाई एउटा गन्तव्य स्थान सम्म टुङ्गो लगाउदै अहिले रमा थापा सांगीतिक आकाशमा खुल्ला पंक्षी झै स्वतन्त्र उडदैछिन । नानीहरू साना छदा गुम्साएका लक्ष्य अनि सपनाहरू आज निर्धक्क खोल्दैछिन । छोराको बुहारी ल्याए छोरीलाइ जुवाइ सङ्ग जिम्मा लगाइसके आफ्ना सन्तानले आमा बाबाले चाहेको सन्तान सुख पूरा गरीदिए अब करियर बनाउने पालो मेरो हास्दै व्यक्त गरीन रमा थापाले । विगत ९ वर्ष अगाडिदेखि सांगीतिक धरातलमा पाइला टेकेकी उमाको पहिलो गित पनि तिजको गित बाट नै सुरुवात गरेको बताउछिन् । आफुले गाएका प्रत्येक गितका शब्द आफैले लेख्ने गरेको बताउछिन । पप गित आधुनिक गित रेकर्ड गरीसकेकी र सो गितको म्युजिक भिडियोको तयारिमा रहेको बताइन ।

इन्दिरा कला निधि महा विधालयमा संगित अध्ययनका लागि पाइला अगाडि बढाएको बताउछिन । पारीवारीक हौसला कै कारण आज संगित मैदानमा उभिन सफल रहेको बताउछिन । आमा र बुवाको स्मरण गर्दै माता तिर्थ औशी र कुशे औशिमा आमा बुवा प्रती समर्पित गित आफ्नै शब्द र संगितमा रेकर्ड गरेर सार्वजनिक गरेकी छिन गायिका रमाले । के पि बाको रेलैमा बोलको तिज गित आफ्नो शब्द र संगित मा रहेको र सुझाव छोराको रहेको बताउने रमा यो गितले बजारमा रामो उपलब्धि पाएको बताउछिन । सर्वप्रथम त परिवारलाइ आभार व्यक्त गर्न चहान्छिन भने सांगीतिक जीवन यात्रामा गाइडलाइनको रुपमा स्वोरुपा बहिनिले दिएको बताउने थापा अलंकार स्टुडियोका विशाल निरौला, लिगेस भट्टराइ, अर्जुन थापा, हेमराज घिमिरे लगायतका व्यक्तित्वहरुलाइ प्रेरणाको श्रोत रहेको बताउछिन ।

संगित विद्यालयमा एड्मिसन छोराले एउटा अभिभावकत्व पूरा गरेको बताउछिन हिज सन्तानको खुसी बेझेकी थिए आज आमाको आकांक्षा लाई बुझिदिएको बताउछिन । गायन क्षेत्र लाई अगाडि बढाउदै रमा समाज सेवामा पनि त्यतिकै अग्रसर छिन दुख पाएका पिडामा परेकाहरु प्रती सहयोगी भावना बोकेकी थापा अहिले लायन्स क्लबमा, सांस्कृतिक कलाकर्मी संघ र विभिन्न सहकारी संस्थाहरुमा आवद्ध रहेकी छिन ।

केपी बाको रेलैमा बोलको तिज गितले चर्चा कमाएकी गायिका रमा थापा आजको राजनीतिक परिवेशलाई थोरै व्यङ्ग्य गरेको बताउछिन जनतालाइ झुठो आस्वस्त देखाइदै जनताको मनोभावना सङ्ग खेलेकै कारण यसपालिको तिजमा सो गित सार्वजनिक गरेको बताउछिन । उहिले आमा हजुरआमाका पालामा घाँस दाउरा मेलापात र जेठानी,देउरानी सासू, नन्द आमाजु को पीडा पोखिने गितहरु हुन्थिए अहिले पछिलो समय प्रविधिको विकास संगसंगै इमेल इन्टर नेटको परिवर्तनशिल आधुनिक समाजमा अहिले नपढेका र न बुझेका नारी छैनन अझैपनी कहिकतै पिडाले पिल्सिएका दिदीबहिनीको व्यथा रहे पनि अहिले त्यो जमना छैन कि सहने त्यसैले पनि अहिलेको परिवेश र परिस्थितिलाई नियालेर हेर्दा नेताले लगाएका कर र महङ्गीका कारण त्यो व्यथा लाई संगितको माध्यम द्वारा पोखेको बताइन ।

हिन्दु महिलाको महान पर्व तिज लाई बिकृतीले हैन मौलिकताले मनाउन सेल रोटि, खिर, ढकनी, काक्राको खल्पी अचार नै तिजको मौलिक परिकार रहेको बताउछिन रमा अरुलाई देखाउन लाई हैन तिज आफ्नो धर्म संसार र संस्कृति हो । आफ्नो संस्कार संस्कृति र मौलिकतालाई संरक्षण गर्दै चाड मनाउन आग्रह गर्दै सम्पुर्ण नेपालि दिदीबहिनीहरु साथै हाम्रो दमक डट कम परीवारलाई हरितालिका तिजको शुभकामना अर्पण गरीन गायिका रमा थापाले ।

मङ्ल, भदौ २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

यो हप्ताको अनुहार बाट अन्य

वृद्ध जोशीको ‘जोशिलो जोश’

उमेरले पाको देखिएपनि म माथिको सम्मान र प्रोत्साहनले अझै पनि तन्नेरी छु लाग्छ । पूर्वीय लोकगीतमा यतिका समय आपूmलाई समर्पित गरे, त्यसले अहिले जस पाईरहेको छु यसैमा सन्तुष्टि छु र आफूलाई भाग्यमानी समेत ठान्छु...

पत्रकारीता लोभको भाँडो हो जुन पेशालाई राजा देखि रैती सम्मले लोभ गरेका हुन्छ्न: भैरव रीसाल

सत्य तथ्य खोजमुलक पत्रकारीतामा विस्वास राख्ने जो कोहि पनि सायदै नहोलान अग्रज तथा वरीष्ठ पत्रकार भैरव रीसाललाई भेट्न नचहाने विरलै होलान त्यसै क्रममा रीसालसङ्ग विगत तथा वर्तमान परीवेशमा स्थापित नेपाली पत्रकारीता सम्बन्धमा केही चर्चा...

आजसम्म अविवाहित नै छु, मन पराउने धेरै होलान तर खाटी माया र प्रेममा भने परेकी छैन: गायिका तारा थेवे

प्रश्न नै प्रश्नको एउटा किताब रहेछ जीवन, उत्तर खोजिरहदा एउटा सोच्यो अर्कै भै दिने कस्तो भुलभुलैया रहेछ जीवन गायिका तारा थेवे काठमाडौको अनामनगरमा जंकाभेट भैरहदा जिन्दगीको परिभाषा यसरी गरीन । हाम्रो दमक डटकमको फेस...

५० रुपैयाले कलाकार बनेकी दिप शिखा !

सानैदेखि निकै चुलबुले स्वभाव भएकोले सबैले चटपटे भन्दै जिस्काउने गर्दथिए अनि जब लक्ष्यको अर्थ बुझ्ने उमेर भयो त्यही क्षणदेखि नै कलाकार बन्ने सपना मानस पटलमा बस्न थाल्यो । बाल्यकाललाई यसरी स्मरण गरिन नायिका दिपशिखा...

Face of The Week, १०४ पिन्ट रगतदान गरि सकेका राजकुमार अझै हटाकटा

पछिल्लो समय बढदो सवारी दुर्घटना र आकस्मिक दुर्घटनाहरु साथै मानिसहरुमा लाग्ने विभिन्न रोगहरुको उपचार तथा शल्यक्रिया गर्नु पर्दा अस्पतालहरुमा धेरै नै रगतको माग हुने गरेको छ । जटिल अवस्थामा उपचाररत विरामीहरुकलागि अवाश्यक रगत जति...

विदेश त्यागेर स्वदेशमा रमाएका पवन

२२/२३ बर्षको कलिलो उमेरमै वैदेशिक रोजगारको अनुभव लिए झापा,कमल गाँउपालिका– ६ का पवन लुइँटेलले । विदेशको मोह त्यागेर आफनै ठाँउमा फर्किएका लुईटेलले छोटो अवधिमा यतिखेर युवा व्यवसायीका रुपमा कहलिएका छन्।   संयुक्त अरब इमरेट्सको एक कम्पनीमा...

Face of The Week, कर्तव्य र जिम्मेवारीको गरौं झोला बोकेर नथाक्ने पदम !

मानिसको भिड त्यसमा पनि सवारी साधनको यतिकै बाक्को ताँती, घरी घरी मन्द हावाले उडाउदै गरेको धुलो त्यस्मा थपिन्छ गाडीको कालो मुस्ला धुवाँ यहि काठमाडौ शहर जहाँ लाखौ मान्छेको सपनाका झिना आशाहरु अल्झिएका छन ।...

Face of The Week, सुन्दर मनका समाजसेवी सुन्दर !

सुरुवाति दिनमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्थे सुन्दर श्रेष्ठ । भनिन्छ, जीवन संघर्ष हो । सुन्दरको नाम समाजसेवीका रूपमा सुन्दर अक्षरले लेखिनुमा उनको संघर्षले ठूलो भूमिका खेलेको छ । मोरङ राजघाटका—७ हाल उर्लाबारी ९...

Face of The Week [विष्णु कटुवाल] सिंगो राष्ट्रको प्रतिनिधित्व गर्दै १६ औ एसियन गेम खेलेका खेलाडी

२०४२ सालमा सप्तरीको फत्तेपुर वडा नं ३ मा जन्मिएका विष्णु कटुवाल गोबिन्द कटुवालका जेठा छोरा हुन । गोबिन्दका तीन सन्तान मध्येका जेठा छोरा विष्णु कटुवाल नेपाल प्रहरीका राष्ट्रिय व्याटमिन्टन खेलाडी हुन । विष्णुले फत्तेपुर...

Face of The Week [भावना अयेर] अन्यायमा परेकाहरुको न्यायका निमित्त लड्छु !

कंचनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा बुबा स्वर्गीय जगत बहादुर अयेर र आमा अनिया अयेरको कोखबाट २०४८ सालमा जन्मनु भएकी भावना अयेर सामाजिककर्मी हुन । उनी बालबालिका, महिला र युवाहरु सगं सम्बन्धित समस्याहरूको समाधानका निमित्त काम...