न्यायलय अझै पनि आम नागरिकको पहुँचभन्दा बाहिर : पूर्वप्रधानन्याधीश कार्की

हाम्रो दमक

दमक,२६ भदौ / पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको न्यायलय अझै पनि आम नागरिकको पहुँचभन्दा बाहिर रहेको बताएकी छन् ।
युथ नेटवर्क दमकले आज यहाँ आयोजना गरेको ‘न्यायमा आम नागरिकको पहुँच’ विषयक अन्र्तक्रियामा प्रमुख वक्ताका रूपमा बोल्दै उनले न्यायलय अहिले पनि सीमित व्यक्तिहरूको पहुँचमा मात्र रहेकाले न्यायलयले प्रदान गर्ने सेवा सुविधाहरूमा आमूल परिर्वतनको खाँचो रहेको बताइन् ।

आम नागरिकहरू अहिले पनि न्यायप्राप्तिका विषयमा ज्ञान नहुँदा सीमित संख्यामा रहेकाले भूमाफिया र दलालहरूको चँगोलबाट नेपालको न्यायलय बाहिर आउन नसकेको उनको टिप्पणी थियो । उनले न्यायलयलाई कसैले पनि आफ्नो अनुकूलमा प्रेरित गर्न नहुने भए पनि तर अझै यस क्षेत्रमा सामाजिक विकृति कायमै रहेको आरोपसमेत लगाइन् ।

न्याय सम्पादनमा सरल र सर्वसुलभ हुन नसक्दा वर्तमान समाज दिशानिर्देशविहीन बन्दैगएको कार्कीले बताइन् ।

फरक प्रसंगमा बोल्दै उनले सर्वाेच्च अदालतलाई माछा बजारको संज्ञासमेत दिइन् । नेपालको न्यायलयलाई मुस्कानसहित सेवा दिनसके सबै नागरिकले सहज ढंगबाट न्याय पाउन सक्ने उनको भनाई थियो । न्याय प्राप्तको मुख्य आधार नै मुस्कानसहितको सेवा भएको उनले बताइन् ।

मङ्ल, भदौ २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

ट्याक्टर पल्टिदा दुईको मृत्यु

दमक,३० कार्तिक । पाँचथरको रविबाट अदुवा बोकेर झापाको दमक तर्फ आउँदै गरेको ट्याक्टर पल्टिदा दुई जनाको ज्यान गएको छ । दमक–रवि सडक अन्तर्गत इलामको माङ्गसेवुङ्ग गाँउपालिका वडा नम्बर –३ स्थित भञ्याङ्ग खण्डमा भएको ट्याक्टर...

देउँसीभैलीको रकम हाम्रो बालआश्रमलाई

दमक ,३० कार्तिक । यहाँस्थित शुभकामना बचत तथा ऋण सहकारीले देउँसीभैलीबाट संकलन गरेको रकम स्थानीय हाम्रो बाल आश्रमलाई प्रदान गरेको छ । दीपावालीमा सहकारीले निर्माणाधिन आश्रममा सहयोग पुरयाँउन आफना शेयर सदस्यहरुका घरमा देउसीभैली खेलेको...

थापालाई फिर्ता बोलाएर इजरायलको राजदूतमा सिफारिस भईन प्रधानमन्त्री ओलीकी ‘साली’ !

काठमाडौँ । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर इजरायलका लागि राजदूत सिफारिस गरेको छ अञ्जान शाक्यलाई । राप्रपाका नेता थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्...

एकसाथ फिर्ता बोलाईए दुई देशका राजदुत ! यी तीन जनालाई बनाईदैछ ३ देशका राजदुत

काठमाडौं । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । त्यस्तै दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाउने निर्णय भएको छ । राप्रपाका नेता समेत रहेका थापालाई तत्कालिन प्रचण्ड...

मन्त्रिपरिषद् बैठकले उल्टाएको थियो प्रचण्ड सरकारको निर्णय ! निर्णय ढिला सार्वजनिक गर्नुको यस्तो रहस्य

काठमाडौं। सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । राप्रपाका नेता समेत रहेका थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । तर, कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई फिर्ता बोलाउने...

आखिर के रहेछ त एक सातासम्म लुकाएर सार्वजनिक गरिएको मन्त्रिपरिषदको निर्णयमा ?

काठमाडौं, २९ कार्तिक । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । राप्रपाका नेता समेत रहेका थापालाई प्रचण्ड सरकारले राजदूत बनाएको थियो । तर, कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई फिर्ता...

संसद भवनभित्रै सांसदहरुबीच हात हालाहालदेखि लात हानाहानसम्म !

श्रीलंका। संसद भवनभित्रै सदन चलिरहेको बेला सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा सरकार पक्षधर र विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट...

भारतसगको ५० को मैत्री तथा शान्ति सन्धि यथावत, मोदी सरकार दङ्ग ओली सरकारका दाँतमा ढुंगा !

डिराज कोइराला भारतीय कृपाबाट बहुदल र गणतन्त्र भित्र्याएर सत्ता कब्जा गर्ने उद्देश्य लिएका यो देशका तात्कालिन अराष्ट्रियतत्व अर्थात टेररिष्टहरूले भारतलाई खुशी राख्नकालागि परराष्ट्र मन्त्रालयको जैसी कोठामा र नारायणहिटी राजदरवारको लाल बाकसमा सुरक्षित रहेको तथाकथित २...

वर्तमान नेतृत्वबाट पार्टी बलियो हुदैन : डा. रिजाल

दमक,२८कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले कांगे्रसको वर्तमान नेतृत्वबाट पार्टी बलियो हुन नसक्ने जिकीर गरेका छन् । कांग्रेसलाई अव वलियो वनाउन सभापति शेरवहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका पाका...

सातै प्रदेशका रोजगारदाता अनिवार्य सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनुपर्ने !यसरी हुन् सकिन्छ सुचिकृत

काठमाडौँ। सामाजिक सुरक्षा कोषले मुलुकभरका रोजगार दाताहरुलाई कोषमा अनिवार्य सूचीत हुन आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा १९...