यमाहाको ‘ स्ट्रिट र्याली’ स्कुटर वजारमा

हाम्रो दमक

दमक,२५ भदौ / यमाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता दमकको गजुरमुखी टे«ड लिंकले आर्कषक रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘ स्ट्रिट र्याली’ वजारमा ल्याएको छ । ‘ स्ट्रिट र्याली’ स्कुटरको सोमबार एक कार्यक्रम गरि सार्वजनिक गरिएको टे«ड लिंकका सञ्चालक सुरज आचार्यले जानकारी दिए ।

आचार्यले ११३ सीसी क्षमताको ‘स्ट्रिट र्याली ’ एडिसन पावर र स्टाइलको उत्कृष्ट समिश्रण भएकाले स्पोर्टी स्कुटर रुचाउने हरेक ग्राहकको रोजाइमा पर्ने दावी गरे ।
सो नयाँ स्कुटरको दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल र सञ्चालक आचार्यकी माता मित्रमायाले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । त्यस अवसरमा टे«ड लिंकका नविन कोइराला ,संघका अध्यक्ष ढकाललगायतले यमाहा कम्पन्नीको नयाँ स्कुटरको विशेषताका बारेमा बोलेका थिए । २ लाख ८ हजार ९ सय मूल्य रहेको सो स्कुटर रेड र रेसिङ व्लुमा उपलब्ध छ ।

सञ्चालक आचार्यका अनुसार दमकसहित गौरादह र दुधेमा रहेका आफना ट्रेड लिंकमा सार्वजनिक गरिएको स्कुटर उपलव्ध छ । त्यस्तै, मोरङको उर्लाबारीमा समेत छिट्टै ट्रेड लिंकको शाखा सञ्चालनमा आउने सञ्चालक आचायले बताएका छन् ।

विगत २३ बर्षदेखि गजुरमुखी ट्रेड लिंकले यमाहा कम्पन्नी स्कुटर र मोटरसाईकलको विक्री तथा सर्भिस सेवा दिदै आएको छ ।

सोम, भदौ २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

पूर्व विद्यार्थी समाजको अध्यक्षमा पौड्याल

शान्तिनगर । झापाको बुद्धशान्तिस्थित शान्ति आदर्श माविमा पूर्व विद्यार्थी समाज गठन गरिएको छ । पूर्व विद्यार्थीको भेलाले शिवकुमार पौड्यालको अध्यक्षतामा पूर्व विद्यार्थी समाज गठन गरेको हो । पौड्याल सो विद्यालयका पूर्व विद्यार्थीका साथै पूर्व प्रधानाध्यापक...

 पत्रकार महासंघको हस्ताक्षर अभियान

झापा, ३ असार । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघले आजबाट देशब्यापी हस्ताक्षर संकलन अभियान सुरु भएको छ । महासंघले तेस्रो चरणको आन्दोलन अन्तर्गत मिटिया काउन्सिल विधेयक फिर्ता गर्न माग...

अन्तत: गुठी विधेयक फिर्ता

काठमाडौं ,३असार । सरकारले विवादस्पद गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी विधेयक स्थगन गरिएको जानकारी दिएकी हुन्। गुठी विधेयकलाई लिएर...

आदिवासी जनजातिलाई खाद्य प्रशोधन तालिम

दमक,३ असार । नेपाल आदिबासी जनजाति महासंघ दमक नगर समन्वय समितिले आयोजना गरेको ५ दिने खाद्य प्रशोधन सम्बन्धी तालिम मंगलवार समापन भएको छ ।दमक नगरका १० वटै वडाका आदिबासी जनजाति समुदायलाई लक्षित गरि आयोजना...

टिफरको ठक्करवाट बालकको मृत्यु

गौरादह,२ असार । टिफरको ठक्करवाट झापाको गौरादहमा सोमबार एक जना बालकको ज्यान गएको छ ।  यसरी ज्यान जानेमा सुनसरीको तरहरा घर हाल गौरादह ७ स्थित आफन्तका घरमा बस्दैआएका १० बर्षिय ओमराज गिरी रहेको इलाका...

डिएसपीको कुर्सीमा बस्ने भारतीय नागरिक जेल चलान

विर्तामोड ,२ असार । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) को कुर्सीमा बसेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी पुर्पक्षका लागि जेल चलान भएका छन् । भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोडमा...

‘देशमा स्वस्थ्य राजनीतिको खडेरी छ   ’

दमक,१ असार । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले एक,दुई दशक भित्र देशमा नौलो किसिमको परिवर्तन हुनसक्ने वताएका छन् । समय अनुसार देशमा नसोचिएको परिवर्तन हुदैआएको वताउदै उनले अव छिटटै नौलो परिवर्तन आउने...

प्रदेश एकको ४२ अर्व २० करोड वजेट सार्वजनिक

विराटनगर,१ असार । प्रदेश एक सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्गवोले...

जात्रीमा दमकमा सार्वजनिक विदाँ

दमक,१ असार । दमक नगरपालिकाले धिमाल जातिको महान पर्व सिरिजात ( जात्री पर्व )को अवसरमा भोलि एक दिनका लागि विदाँ दिएको छ । नगरपालिकाका कार्यवहाक प्रमुख बोधराज न्यौपानेले आज सूचना निकालेर भोलि सोमबार नगर क्षेत्र...

स्वर्णलक्ष्मी शाकोसद्धारा अग्नीपीडित दुई सदस्यलाई राहत

दमक,१ असार । आगोलागी पीडित आफना दुई जना शेयर सदस्य परिवारलाई दमक ८ को स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले नगद राहत प्रदान गरेको छ ।  दमक ५ स्थित आगलागी पीडित अमित किराना पसलका...