साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग भिड्दै

हाम्रो दमक

काठमाडौँ, २५ भदौ | बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ ।

गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको हो । त्यसैगरी भारत समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतले समूह ‘ए’को उपविजेता पाकिस्तानसँग खेल्नेछ ।

समूह ‘बी’ मा रहेका माल्दिभ्स र श्रीलङ्काले एक खेलमा पराजय र एकमा बराबरी खेलेपछि गोलाप्रथाद्वारा समूह उपविजेता छानिएको थियो । अब नेपालले फाइनल प्रवेशका लागि माल्दिभ्ससँग आगामी बुधबार ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा प्रतिपर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा सोही दिन साँझ ७.४५ बजे भारत पाकिस्तानसँग खेल्नेछ ।

समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपालले भुटानलाई ४–० र बङ्गलादेशलाई २–० ले पराजित गर्दै सेमिफाइलन प्रवेश गरेको हो । नेपालले दुई गोल खाँदा ७ गोल गर्न सफल भइसकेको छ । माल्दिभ्सले श्रीलङ्कासँग गोलरहित बराबरी खेलेको थियो भने भारतसँग २–० ले पराजित भएको थियो । जारी प्रतियोगितामा दुई खेल खेलेको माल्दिभ्सले गोल गर्न सकेको छैन भने दुई गोल खाएको छ ।

सेमिफाइनलमा पुगेका चारमध्ये भारतले सर्वाधिक सात पटक तथा माल्दिभ्सले एक पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेका छन् । नेपाल र पाकिस्तान भने अहिलेसम्म सेमिफाइनल भन्दा माथि पुग्न सकेका छैनन । पाकिस्तान १३ वर्षपछि तथा नेपाल पाँच वर्षपछि अन्तिम चारमा पुगेको हो ।

माल्दिभ्सले घरेलु भूमी र श्रीलङ्कामा संयुक्तरुपमा आयोजना गरिएको सन् २००८ को उपाधि जितेको थिया । भारतले सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितिकेको छ ।

सोम, भदौ २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

खेलकुद बाट अन्य

युनिटी युवा क्लब बर्ने धारागोला भ्यूटावर गोलकपको क्वाटर फाइनलमा ।

शान्तिनगर । युनिटी युवा क्लब बर्ने झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । मंगलबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा खुदुनाबारी युवा क्लब अर्जुनधारालाई २/१ गोल...

चारआली युवा क्लब क्वाटर फाइनलमा प्रबेश ।

शान्तिनगर । प्रतिभा युवा क्लब चारआली झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल कप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । सोमबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे युवा क्लबलाई...

गोधुली युथ क्लब धाइजन क्वाटर फाइनलमा ।

शान्तिनगर । गोधुली एफसी धाईजन झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी धारागोला भ्यूटावर गोल कप फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । शनिबार सम्पन्न खेलमा कुटिडाँडा युवा क्लब इलामलाई २—० गोल अन्तरले हराउँदै धाइजन...

असोज २७ मा दमकमा ‘मिडिया कप फुटसल’

दमक, ६ असोज / झापाको दमकमा आगामी असोज २७ गते एकदिवसीय ‘मिडीया कप फुटसल प्रतियोगिता’ हुने भएको छ । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकले ‘मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गर्न लागेको हो...

स्यालडाँगी युवा क्लब क्वाटर फाइनलमा ।

शान्तिनगर । स्यालडाँगी युथ क्लब बिर्तामोडले झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी धारागोला भ्यूटावर गोल कप फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । शुक्रबार सम्पन्न खेलमा आदर्श युवा क्लबलाई सडेन डेथमा ७÷६ गोल अन्तरले पराजित गर्दे...

मुनामदन एकाडेमी क्वाटर फाइनलमा प्रबेश ।

शान्तिनगर । मुनामदन एकाडेमी बर्ने झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा आयोजित धारागोला भ्यूटावर फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । बिहिबार भएको खेलमा नवज्योती युवा क्लब जयपुरलाई ट्राईब्रेकरमा ४÷२ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा...

भारतलाई फाइदा हुने तालिका, पाकिस्तान र बंगलादेश रुष्ट

काठमाडौं । एसिया कपमा भारतलाई सहज हुने गरी खेल तालिका परिवर्तन गरेपछि बंगलादेश र पाकिस्तानका कप्तानले असन्तुष्टि जनाएका छन् । दोस्रो चरणको खेलहरु दुबई र अबुधाबी गरेर दुई स्थानमा खेलाइने एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जनाएको छ...

फिफा बरियतामा नेपालको एक स्थान सुधार

काठमाडौं । फिफा बरियतामा नेपालले एक स्थान सुधार गर्दै १६० औं स्थानमा उक्लिएको छ । विश्व फुटबल महासँघ ९फिफा० ले बिहीबार सार्वजनिक गरेको विश्व बरियतामा नेपालले एक स्थान माथि उक्लिदै १६०औं स्थानमा पुगेको हो...

टी–२० विश्वकप छनोट प्रतियोगिताका लागि पारसको कप्तानीमा नेपाली टोलीको घोषणा

काठमाडौँ । असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । प्रतियोगिताका लागि १४ नियमित तथा चार वैकल्पिक खेलाडी गरी...

फिदिममा व्यवस्थित रङ्गशाला निर्माणका लागि ५० रोपनी जग्गा दान

फिदिम | पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आसपासका १० शहरलाई नयाँ शहरको रुपमा विकास गर्ने सरकारी योजनाअनुसार काम भइरहेको पाँचथर सदरमुकाम फिदिममा व्यवस्थित रङ्गशाला निर्माणका लागि यहाँका स्थानीयले ५० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । फिदिम...