टुर गाइडको बढेको ४० प्रतिशत ज्याला लागू नभए प्रतिवाद गर्ने यूनिट्राभको चेतावनी

हाम्रो दमक

काठमाडौं । पर्यटन श्रमिकहरुको छाता संस्था नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गाे–कर्मचारी–मजदुर यूनियन (यूनिट्राभ) ले असोज १ गतेदेखि गाइडको बढेको ४० प्रतिशत तलब मागदाबी गर्न सबै श्रमिकहरुलाई शर्कुलर गरेको छ । यदि खाईपाई आएको ज्यालामा ४० प्रतिशत वृद्धि नगरिए त्यसको प्रतिवाद गर्न पनि यूनिट्राभले सबै टुर गाइडलाई निर्देशन गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै यूनिट्राभले गाइडहरुको खाईपाई आएको ज्याला÷पारिश्रमिकमा ४० प्रतिशत वृद्धि गरी श्रमिकहरुलाई सोहि अनुरुप उपलब्ध गराउन पनि भनेको छ ।

यूनिट्राभले २०७४ माघ १२ गते पर्यटन संस्था नेपाल एसोसियसन अफ टूर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) चार सुत्रीय माग राखी ज्ञापनपत्र बुझाएको त्यसको हालसम्म पनि सुनुवाई नभएकोमा आपति जनाउँदै उक्त शर्कुलर गरेको जनाएको छ । टुर गाइडको खाईपाई आएको ज्याला ४० प्रतिशत वृद्धि गर्नुपर्ने, फर्जि टुर गाइडको छानबिन हुनुपर्ने, दुर्घटना बीमा÷मेडिकल बीमा हुनुपर्ने, श्रम ऐन, सामाजिक सुरक्षा ऐन कार्यान्वयन लगायत विषयमा हालसम्म कुनै सुनुवाई नभएको भन्दै यूनिट्राभअन्तर्गतका श्रमिकहरु आक्रोशित छन् ।

त्यस्तै नेपाल सरकार पर्यटन विभागले पनि आधिकारिक ट्रेड यूनियन संगठनहरुसँग वार्ता नगरी गैर ट्रेड यूनियनसँग वार्ता र सम्वाद गरेकोमा संगठनको ध्यानाकर्षण भएको यूनिट्राभले जनाएको छ । ‘नेपाल सरकार पर्यटन विभाग, श्रम विभाग, नाट्टा लगायत सरोकार सबै पक्षसँग समस्या समाधानको पहल गर्न अनुरोध गरेपनि टुर गाइडको पक्षमा कुनै आवाज नउठाईएपछि बाध्य भएर असोज १ देखि टुर गाइडले खाईपाई आएको ज्यालामा ४० प्रतिशत वृद्धिको घोषणा गरिएको र सोहि अनुसार लिन टुर गाइडलाई आग्रह गर्दछौं । सोहि अनुसार दिन व्यवसायीलाई पनि आग्रह गर्दछौं । यदि उक्त रकम नबढाइएमा बाध्य भएर सबै टुर गाइडले प्रतिवाद गर्नेछन् र वृद्धि भएको रकम लिन र नपाए प्रतिवादका लागि तयार रहन टुर गाइडलाई निर्देशन गर्दछौं,’ यूनिट्राभद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आइत, भदौ २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

दुर्घटनाका घाईते सहचालकले उपचार पाएनन

‘दमक ,१० माघ । १० महिना अघि काठमाडौंको पेप्सीकोलामा बस दुर्घट्नामा परी सख्त घाईते भएका सहचालक तेह्रथुमको आठराई गाउँपालिका वडा नं २ खाब्लालुङका २६ बर्षिय मनकुमार लकान्द्री उपचार अभावमा भौतारिरहेका छन् । अन्नपूर्ण यातायातको बा...

समाजद्धारा पीडित परिवारलाई सहयोग

शिवसताक्षी,९ माघ । गत कार्तिक ३० गते कुवेतमा हृदयघात भई कुवेतमा निधन भएका झापा, शिवसताक्षी ९ माइधारका ३७ वर्षिय विष्णुकुमार घिमीरेको परिवारलाई झापाली समाज कुवेतले नगद रु १ लाख ५० हजार ५ सय रुपैया...

दमकमा शुक्रवार लिम्बुवान बहस हुदै

दमक, ९ माघ । लिम्बु विद्यार्थी मञ्चले दमकमा माघ ११ गते शुक्रवार लिम्बुवान सम्बन्धी बहस गर्ने भएको छ । लिम्बुवान प्राप्तिको आन्दोलनलाई सघाँउ पुरयाँउन उद्देश्यले लिम्बुवान सम्बन्धी बहस सहित अन्तरकृया गर्ने भएको मञ्चका केन्द्रीय अध्यक्ष...

उत्कृष्ठ विद्यार्थीलाई स्वर्णलक्ष्मीको सम्मान

दमक,९ माघ  । दमक – ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत २ जना उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । दमक –२ स्थित हिमालय नमुना माविको ६३ औं बार्षिकोत्सव कार्यक्रमका बीच...

दमकमा छोराको कुटपिटबाट बाबुको मृत्यु

दमक, ९ माघ । झापाको दमकमा छोराको कुटपीटबाट बाबुको मृत्यु भएको छ । दमक–  ६ स्थित रातो पुल बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपाने वीच घरायसी विषयमा बुधबार दिउँसो झगडा हुदाँ छोराको कुटपीटबाट ५८...

दमकमा बाह् दिने पाँचौ फूडफेस्टिवल हुने

दमक,९ माघ । दमकमा यहि फागुन १ गतेदेखि १२ गतेसम्म पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव २०७५ हुने भएको छ । खाद्य परिकारहरुसहित स्थानीय क्षेत्रको व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्ष समेत फेस्टिवललाई निरन्तरता...

वान्तवाको स्मृतिमा विद्यालयमा प्रवेशद्धार

दमक, ९ माघ। झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयका जग्गादाता समेत रहेका पूर्वअध्यक्ष सन्तकुमार वान्तवाको स्मृतिमा उनका परिवारले विद्यालयमा प्रवेशद्धार निर्माण गरिदिएका छन् । कमल ६ बस्ने स्व.वान्तवाको धर्मपत्नी कृष्णकुमारीसहित छोराहरु कमल,गणेश र...

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले भारति र धराबासी सम्मानित हुँदै

विर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनौट गरेको छ । कोषले यसबर्ष झापा घर भई काठमाडौं बस्दै आएकी श्रष्टा अर्चना...

बुद्धशान्तिमा हात्ती धपाउन साइरन गाडीसहित गस्ती

बुद्धशान्ति । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ ।  विगत एक महिनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन...

प्रअ बर्खास्तको विरोधमा शिक्षकहरुद्धारा आन्दोलित

दमक,८ माघ । दमक २ स्थित हिमालय माध्यमिक बिद्यालयका प्रधानाध्यापक बिष्णुकान्त झालाई बिना कारण बर्खास्त गरिएको भन्दै उक्त बिद्यालयका शिक्षकहरुले आज कक्षा बहिस्कार गरेका छन् । प्रअ जस्तो मर्यादित व्यक्तिलाई बिना कारण बर्खास्त गरेर आफ्नो...