नेपाली काँग्रेसभित्र भएका गुट–उपगुटको अन्त्य गर्नुपर्छ: कोइराला

हाम्रो दमक

दाङ, २४ भदौ | नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र भएका गुट–उपगुटको अन्त्य गरी एकताको सञ्देश दिनुपर्ने बताउनुभएको छ ।

दाङको लमहीमा आज कार्यकर्तासँग भेटघाट गर्दै उहाँले गुट–उपगुट हुँदा पार्टीभित्रको आन्तरिक विवादले बाह्य शक्तिले फाइदा लिइरहेको भन्दै एकताबद्ध हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

पार्टीलाई बलियो बनाउन बिपीको सिद्धान्त पछ्याउन आवश्यक भएको भन्दै उहाँले काङ्ग्रेसको विचार, कार्यकर्ता र विकास महत्वपूर्ण रहेकाले काँग्रेस पार्टी कहिल्यै पछि नपर्ने दावी गर्नुभयो ।

सो अवसरमा केन्द्रीय सदस्य बद्री पाण्डेले काँङ्गे्रस सङ्ख्यामा हारे पनि विचारमा नहारेको भन्दै आपसी विवादभन्दा पार्टी बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

आइत, भदौ २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

दमकमा प्रचारात्मक सरसफाई

दमक,१० माघ । गोपाल किराती नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रले विहिबार दमकमा आसन्न महाधिबेशनलाई लक्षित गरि प्रचारात्मक सरसफाई कार्यक्रम गरेको छ । फागुन १ गते काठमाण्डौमा हुन गइरहेको पार्टीको आठौ राष्ट्रिय महाधिबेशनलाई सफल बनाउन...

पूर्व जनमुक्ति सेनाको प्रदेश भेला

दमक,५ माघ ।पूर्व जनमुक्ति सेना नेपाल प्रदेश नं १ को प्रदेश कमिटी गठन भएको छ । माओवादी सशस्त्र युद्ध लडेका लडाकूहरुको साझा संगठन भनिएको सो संगठनले केन्द्रीय भेला आयोजक समिति गठन गरे लगत्तै प्रदेशस्तरमापनि...

नयाँ सोचका साथ अगाडी वढ्न नेता सिटौलाको जोड

गौरादह ,५ माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सुढिढकरण गर्दै संगठनलाई मजवुत गराउन नयाँ सोच र कार्यनीतिका साथ अगाडी वढ्न आवश्यक रहेको जोड दिएका छन् । कांग्रेस गौरादह नगर समितिले...

‘अनसनरत डा.केसीका माग पूरा गर’

 विर्तामोड ,२ माघ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले चिकित्सा शिक्षा विधेयकको विषय लिएर अनसनमा बसेका डा. गोविन्द केसीका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन झापा शाखाले बुधबार यहाँ आयोजना...

संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार दृढ : मन्त्री कार्की

 गौरादह,१ माघ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार दृढ रहेको बताएका छन् । आज झापाको गौरादहमा पत्रकार भेटघाटमा मन्त्री कार्कीले प्रदेश सरकारले प्रदेश...

जेसीजको अगुवाईमा राष्ट्रिय दिवस मनाइयो

बिर्तामोड, पुस २७। विभिन्न साना राज्यहरुको एकीकरणबाट नेपाल राष्ट्र निर्माण भएको स्मरणमा शुक्रबार झापाको बिर्तामोडमा फरकरुपमा राष्ट्रिय दिवस मनाइयो । पछिल्लो पुस्तासहित आम नागरिकमा राष्ट्रभक्तिको भाव जागृत गराउन गणतन्त्र स्थापनापछि पहिलोपटक सामाजिक संस्थाले सार्वजनिक रुपमा...

नेबिसंघको मोरङ सभापतिमा जैसवालको दावी

 उर्लाबारी, २३ पुस ।  नेपाल बिद्यार्थी संघ मोरङको जिल्ला सभापतिका लागि सुजित जैसवालले आफनो उम्मेद्वारी घोषणा गरेका छन् । संघको जिल्ला सदस्य तथा उर्लाबारी बहुमुखी क्याम्पसका नेबिसंघ सभापति समेत रहेका जैसवालले आज बिहान पत्रकार सम्मेलनको...

कांग्रेस प्रवक्ता शर्माको दौडाहा : चुनावी झल्को

दमक, २० पुस । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा शुक्रवार एकैदिन दमक ,कमल , गौरादह र गौरीगञ्जका आधा दर्जन बढी कार्यक्रमहरुमा सहभागी भएका छन् । विहान ९ वजेदेखि शुरु उनको जिल्ला दौडाहा साँझसम्म चलेको...

‘ सशस्त्र विद्रोहको तयारीमा छौ’

दमक ,१९ पुस। पुनर्गठित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले माक्र्सवाद, लेनिनवाद र माओवादको सिद्धान्त मान्ने पार्टीहरु वीच एकताको प्रकृया अघि बढ्ने बताएका छन् । किराँतीले तत्कालिन नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेका प्रचण्डको नेतृत्वमा...

वर्तमान सरकार कम्यूनिष्टको होइन् : पूर्वमन्त्री यादव

दमक,१८ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री महेन्द्र यादवले वर्तमान सरकार कम्यूनिष्टको सरकार नभएको बताएका छन् । लोकतन्त्रमा कम्यूनिष्ट हुदै नहुने जिकीर गर्दे उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार कम्यूनिष्ट...