के अचेल मनाउने जस्तै हो त तीजको वास्तविक रुप ?

सविता सापकोटा

सविता सापकोटा

नेपाली नारीहरुको महान चाड तीज । तीजसँगै माईती गाउँ आउने चेली । सासूको रुखो वचन, नन्दको होच्याउने प्रबृत्ति, जेठानीको हेपाहा बोली, यस्तै पीर मर्का फुकाउने जमघट बन्दै आएको छ तीज । “ आफूलाई आकर्षक देखाउन पहिरिने साडी, चोली, निधारमा रातो टीका, छमछम बज्ने हातभरी चुरा ।

वर्षैपिच्छे आउने तीजले घर–आँगन, समाज अनि देशमै उमङ्ग बोकेर आउँछ । पछिल्लो समय हुनेखानेलाई गहना र नयाँ पहिरन देखाउने पर्व पनि बन्न थालेको छ तीज । हुँदा खानेलाई सधैँको चिन्ता । तीजको नाममा केही बिसङ्गति पनि भित्रँदै आएका छन् । तीजको दिन भन्दा महिनादिन पहिलेदेखि दरको नाममा देखाउने तडक भडकले हाम्रो समाजमा जरा गाड्न थालेको छ । विशेषगरी तीज पर्वलाई लक्षित गरी बनाइएका गीतमा नारीका पीडा भन्दा पनि बढी स्वच्छन्दता देख्न सकिन्छ ।

नारी स्वतन्त्रताका कुरा केही गीतमा झुल्किएको पाइन्छ । समाज, राजनीति, सम्बन्धमा आउने उतार–चडाव यस्तै गीतहरु पनि बजारमा आएका छन् । रक, पपको शैलीमा पनि गीत बजेका छन् । छोटो पहिरन लगाउनु, जाँड, रक्सी पिउनु मात्र नारी स्वतन्त्रता हो र ? ती गीतहरुबाट यस्तै प्रश्नहरु जन्मिएका छन् । नेपाली समाजको कुना–कन्दरामा आफ्नै सासूले बुहारी माथि दमन गरिरहेका छन् । पतिले पत्नीलाई, जेठानी र देउरानीबीच मनमुटाबको द्धन्द्ध चलिरहेको देखिन्छ ।

सासूका कारण बुहारीहरु घरबाट निस्किन सकेका छैनन् । तर हाम्रा तीजका गीतमा यस्ता विषय अझै उनिन सकेका छैनन् । सहरी भूभागका नारीहरुलाई लक्षित गरी बनाइएका गीतमा खोई ति गाउँमा नारीका पीडा ? सासूले बुहारीलाई गरेको अत्याचार ? जेठानीले देउरानीलाई दिएको दुःख ? नारीले नारीमाथी गरेको दमन र अत्याचारका दृश्य ? के अब त्यस्ता पीर–मर्का भरिएका गीतहरु सुन्न पाउँदैन ?

अचेल गीतहरु सुन्दा लागछ अब गाउँका महिलाका दुख हराए । तर वास्तविकता त्यस्तो होइन । दुख छन् अझै पनि हाम्रा गीतमा मात्रै नअटाएका हुन् । गीत सृजना गर्नेहरुले यस्तोमा ख्याल पुर्याउनु पर्ने हो । तीजको गीतमा छमछमी नाच्नेहरुलाई भन्नुछ, गाउँमा मनाइने वास्तविक तीज अचेल सहरियाले आफूअनुकुल मनाइदिनाले तीजकै गरिमा हराएको छ ।

‘ के अचेल मनाउने जस्तै हो त तीजको वास्तविक रुप ? होइन । यसको सौन्दर्य नै बिग्रेको छ । यसको मुख्य दोष आधुनिक भनिने महिलाहरुलाई जान्छ । वास्तविक तीजको गरिमा बिगार्ने काम पनि उनै आधुनिक भनिने सहरीया महिलाहरुले नै बिगारेका हुन् । तीजमा त गाउँका महिलाका पीडा, दुख गरिबी र दैनिक भोगाइ समेटिनुपथ्र्यो ।

तीजको आफ्नै महत्व छ । यस पर्व मनाउनुमा केही ऐतिहासिक कारणहरु पनि छन् । परापूर्व कालमा सानै उमेरदेखि महादेव स्वामी पाउँ भनी आरधना गरिहेकी हिमालय पर्वतकी छोरी पार्वतीलाई उनका बाबु हिमालय पर्वतले श्री महादेवसँग नभई विष्णुसँग विवाह गरिदिन लागेपछि पार्वतीले आफ्नो इच्छा अनुरुप महादेव पति नपाउने भएको थाहा पाएपछि उनले आफ्ना साथीहरु डाकी आफुलाई लुकाएर राखी दिन अनुरोध गरिन् र उनको अनुरोध अनुसार साथीहरुले पार्वतीलाई एउटा जंगलमा लगी लुकाएर आए । ‘ तत्पश्चात पार्वतीले त्यही जंगलमा बसी महादेवको नाममा शिवलिङ्ग स्थापना गराई पूजा आराधना गरिरहिन् ।

पछि उनी सफल भइन् अर्थात् उनले महादेव पति पाइन् । यही साथीहरुद्वारा हरण गरी एकान्तमा राखेको बेला गरेको व्रत हुनाले उक्त व्रतको नाम हरितालिका रहन गयो । फलस्वरुप त्यही दिनदेखि प्रत्येक नेपाली चेलीहरुले भाद्र शुल्क द्वाद्धशीदेखि ऋषि पञ्चमीसम्म तीज पर्व भनेर हरितालिका मनाउने थाले भन्ने किम्बदन्ती पाइन्छ । हरितालिकाको अघिल्लो दिन राती चेलीहरु जम्मा भएर माइतिघरमा दर खाएपछि सुरु हुने तीजको दिन प्रायजसो चेलीहरु निराहार पानी समेत पनि नखाई व्रत बसी महादेवको मन्दिरमा पूजाआजा गर्ने परम्परा छ । नाचगान गरी नारी हृदयका भावनालाई गीत संगीतबाट उजागर गर्ने गर्छन् नारीहरु ।

यसरी यो दिन व्रत बसेर विवाहित महिलाहरुले श्रीमानको गोडाको पानी खाएर ढोगेमा आयु लामो हुने विश्वास छ भने अविवाहितहरुले सुयोग्य, लगनशिल र शिवजस्तै पति पाउन भनी तीजको व्रत बस्ने गरेको पाइन्छ । यसैगरी बिहानै उठेर खोलामा गइ दतिउन खाने चलन पनि रहेको छ ।

दतिउन खाएर आएपछि ऋषि पञ्चमीको पूजा गर्नाले वर्षभरी गरेका सम्पूर्ण पापहरु नाश हुन्छन् भन्ने मान्यता पनि रहिआएको छ । आफ्नो क्षमता अनुसार तीज मनाउनु होला । तडक भडक, देखावटीपन भन्दा पनि आफ्नोपनमा बाँच्न सिक्नुहोला । हाम्रो घर–आँगनमा आएको तीजको सबैलाई शुभकामना ।

आइत, भदौ २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

विचार/ब्लग बाट अन्य

भारतसगको ५० को मैत्री तथा शान्ति सन्धि यथावत, मोदी सरकार दङ्ग ओली सरकारका दाँतमा ढुंगा !

डिराज कोइराला भारतीय कृपाबाट बहुदल र गणतन्त्र भित्र्याएर सत्ता कब्जा गर्ने उद्देश्य लिएका यो देशका तात्कालिन अराष्ट्रियतत्व अर्थात टेररिष्टहरूले भारतलाई खुशी राख्नकालागि परराष्ट्र मन्त्रालयको जैसी कोठामा र नारायणहिटी राजदरवारको लाल बाकसमा सुरक्षित रहेको तथाकथित २...

हाम्रो सोच, शरीर र स्वास्थ्य

कुनै विशेष अवसर वा घटनाहरुलाई छोडेर हाम्रो सामान्य दिनचर्यामा के कस्ता अवस्थारपरिस्थितिमा हामी भित्र सुख वा दुस्खको अनुभूति हुने गर्छरु अर्थात हामी कुन अवस्थामा सुखको अनुभुति गर्ने गर्छौ अनि कुन अवस्थामा दुस्खकोरु यस्ता प्रश्नहरुको...

डिएसपी साहेव, नाका निगरानी किन सुस्त, कि सेटिङ्ग भयो ?

खगेन्द्र घिमिरे करिब दश वर्ष भएछ मैले पत्रकारीता गरेको । अझ पूर्वी नाका काँकरभिट्टाको बारेमै केन्द्रित भएर लेख्न थालेको पनि पाँच वर्ष नाघेछ । यो बीचमा प्रहरी प्रशासनमा धेरै प्रमुखहरु फेरिए । सबैले नाकामा हुने...

विद्यार्थी संगठनमा उमेर हदको प्रश्न

निशेष राई सत्यरुप बिगत लामो समयदेखि राजनितीक क्रान्तिको मुलधारमा रहेर आम नागरिकको आवाज बोल्दै अएका विद्यार्थी संगठनहरु पछिल्लो समय निक्कै आलोचित बन्दै गएका छन् । चाहे नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु, अखिल क्रान्तिकारी होस् या...

सरकार हैन संस्कार परिवर्तनको खाँचोे

राणा शासन, राजतन्त्र, प्रजातन्त्र हुँदै आज हामी सङ्घीय लोकतान्त्रिक शासन प्रणालीमा आएका छौँ। ’जनताको, जनताद्वारा र जनताकै हितका लागि बनाइएको शासन प्रणालीलाई लोकतन्त्र भनिन्छ’ भनेर अब्राहम लिङ्कनले भनेका थिए’रे। खैर, यहाँ सम्म आइपुग्नलाई हाम्रा...

बुढी आमाका आशा

संसारका सारा सुखको सुरुवात र समाप्ति आमाको मायामा हुन्छ भन्ने कुरालाई हामीले सुनेका मात्र छैनौँ, धेरैले अनुभव पनि गरेका छौँ। आमा अर्थात हाम्रो जननी, सृष्टिकर्ता। विभिन्न कवि, लेखक, साहित्यकारहरुले आमाको गरिमाका बिषयमा थुप्रै कुरा...

सर्वेन्द्रको रहस्यमय मौनता र खरेलको सम्झना !

सूर्य बस्याल मंगलबार पोखरामा फेरि एउटा बालिकाको बलात्कारपछि हत्या भयो । अब सायदै कुनै यस्तो बार नहोला, जुन दिन नेपालमा बलात्कार र हत्या नभएको होस । देशनै हल्लाएको कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको हत्या...

पाकिस्तानी पीएमका पहलहरु प्रेरणादायक

-रमेश ढकाल पाकिस्तान तेहरिक-ए-इंसाफ (पीटीआई) पार्टीका प्रमुख तथा राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान इमरान खानको नेतृत्वमा गठन भएको पाकिस्तानको नयाँ सरकारको जग हाम्रो देशको दुई तिहाई बहुमत सहितको सरकारको तुलनामा निक्कै नै कम्जोर होला।...

छोराछोरीहरु प्रति, अभिभावकको भूमिका कस्तो हुनुपर्छ ?

रमेश ढकाल हिजोआज छोराछोरीहरुलाई हुर्काउने बढाउने क्रममा प्राय अधिकांश अभिभावकहरुको एउटै विचार रहने गरेको पाईन्छ यानी “हाम्रा छोराछोरीहरुलाई ति तमाम कुराहरु प्राप्त हुन सकुन जुन हिजो हामीलाई प्राप्त हुन सकेन।” त्यसैले हामी हाम्रा छोराछोरीहरुका...

म एक सञ्चारकर्मी, राज्यको चौथो अंगको विल्ला भिरेको पहरेदार, रोटि बिनाको खेतालो

केशव राज भण्डारी भन्न पनि लाज भएर आउँछ समाज वदल्ने प्रयासमा हिँडेको म एक पत्रकार । दिनभरी थोरै विकाइमा धेरै मिहेनत लगाएर आफ्नै सञ्चारमाध्यम लाइ चित्त वुझाउन नसकेको थाकेको ज्यानमा थोत्रो झोला भिरेर हिडेको म...