प्रदेश १ मा आवश्यकता भन्दा १९ हजार प्रहरी कम, झापा र मोरङ प्रहरीलाई नमुना बनाईने

हाम्रो दमक

इटहरी । प्रदेश १ मा आवश्यकताभन्दा कम प्रहरी हुँदा सुरक्षा चुनौती बढ्दै गएको छ । साउनमा सम्पन्न पहिलो प्रदेश स्तरिय सुरक्षा गोष्ठीमा प्रदेश सरकारले प्रहरीको संख्या कम हुदा भबिष्यमा सुरक्षा चुनौती बढ्न सक्ने ठम्याई गरेको थियो ।

प्रदेश १ मा १६ हजार प्रहरीको दरबन्दी भए पनि अहिले ११ हजार मात्र कार्यरत छन् । तर, सुरक्षा व्यवस्था चुस्त बनाउन ३० हजार प्रहरी चाहिने प्रदेश सरकारले आकलन छ । बिराटनगरमा सम्पन्न भएको उक्त सुरक्षा गोष्ठीमा प्रदेश १ मा आवश्यकता भन्दा कम प्रहरी हुँदा सुरक्षा चुनौती बढेको स्वयम प्रदेश १ का आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले बताएका थिए ।

प्रदेशलाई ३० हजार प्रहरी चाहिने मन्त्री कार्कीको भनाई थियो । तर, सरकार गठनको ७ महिना बित्दा पनि प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याएको छैन । अहिलेसम्म प्रदेश २ मात्र प्रदेश प्रहरी ऐन प्रदेशसभाले स्वीकार गरि विधेयकमा ल्याएको छ । प्रदेश प्रहरी ऐनले प्रदेश सरकारको आवश्यकता अनुसार प्रहरीको जनशक्ति थप्ने गर्छ । ‘भएका प्रहरी पनि पर्याप्त छैनन, यसले प्रदेशको सुरक्षामा प्रत्यक्ष असर पारिरहेको छ’, कार्कीले भने ‘प्रदेश प्रहरी ऐनको लागी अन्तरिक छलफल अन्तिममा पुराएका छौ’ । संघियता पूर्णरुपमा कार्यन्वयन नआए सम्म हामीले ऐन लागु गर्न सक्दैनउ । ‘मुलभुत समस्या प्रदेशको अधिकार केन्द्र सरकारले संञ्चालन गर्दा धेरै चुनौति हामीले भोगिरहेका छौ, प्रदेश १ का १४ जिल्लामा करिब १६ हजार प्रहरीको दरबन्दी हुनुपर्छ, अहिले ११ हजार मात्र छ । ‘प्रत्येक जिल्लाको आफ्नै चुनौति छ’ कार्की भन्छन् ‘त्यसलाई सामना गर्न सक्ने जनशक्ति हामीमा नहुदा प्रहरीमाथि औला उठाइने गर्छ, तर समस्या केन्द्र सरकारको निति हो’ ।

कार्कीका अनुसार प्रदेश सरकारले ५ बर्षभित्र १४ जिल्लाका गाँउपालिकासम्म बैंक पुराउने योजना बनाएको बताए । ‘तर प्रहरीको एउटा चौकी राख्नलाई हामी कहाँ जनशक्ति छैन’ उनले भने ‘१४ जिल्लाका ग्रामिण भेगबाट सयौ प्रहरी चौकीको माग उत्तिकै छ’ । तर हामी अहिले भएका चौकीको स्तरउन्नती गर्न पनि सक्छम छैनउ । तत्काल ३ हजार प्रहरीको संख्या भइदिए मात्र पनि धेरै कुराको हल हुने मन्त्री कार्की बताउछन् ।

प्रबिधिको रणनिति

प्रदेश सरकार प्रहरीको जनशक्ति कम भएपनि सुरक्षाको लागी प्रबिधिको उच्चतम प्रयोग गरेर भएपनि प्रदेशको सुरक्षा रणनिति बनाउने तयारीमा छ । जसको लागी प्रदेश सरकारले प्रहरीको लागी आबश्यक पर्ने प्रबिधिको लागी बजेट समेत छुट्याएको छ । बिदेशमा जस्तो सडकमा प्रहरी नदेखिने तर प्रबिधि मार्फत सबैको निगरानी राखिने योजना अनुसार पूर्व मेची पुलदेखि पश्चिम कोशी ब्यारेजसम्म अत्याधुनिक सिसिटिभी क्यामेरा जडान गरिने मन्त्री कार्कीको योजना छ । प्रदेश १ को हकमा सबारी दुर्घटना उत्यन्त ठुलो चुनौति बनिरहेको समयमा सरकारले सडक सुशासन कार्यक्रम अन्तर्गत पहिलो चरणमा सिसिटिभी जडान चाडै शुरु गर्ने उनले बताए ।

‘हामीले सिसिटिभी क्यामेरा जडानको लागी प्रबिधिक टिम परिचालन गरि कति वटा र कुनकुन स्थानमा राखिने अध्यन गरिरहेका छौ’ कार्कीले भने । साथै सडक सुरक्षाको लागी बिभिन्न स्थानमा रिफ्रेसमेन्ट सेन्टर बनाउने सरकारको योजना छ । जसमा कोशी कटान भएको स्थानमा ट्राफिक प्रहरीले रिफ्रेसमेन्ट सेन्टर संञ्चालन गरिसकेको मन्त्री कार्कीले जानकारी दिए ।

झापा र मोरङ प्रहरीलाई नुमना बनाईने

झापा प्रहरीलाई प्रदेशकै नमुना प्रहरी बनाउने प्रदेश सरकारको तयारी छ । जसको लागी प्रदेश र केन्द्र सरकारले पनि बजेट उपलब्ध गराउने अन्तिम चरणमा पुगेको छ । मोरङ प्रहरीमा पहिलो पटक ‘एप्स’ मार्फत जनता र प्रहरीबिचको सम्बन्ध जोड्ने योजना केही दिन भित्रै लन्च हुने तयारीमा छ । ‘शुरुवाति चरणमा हामीले झापा र मोरङ प्रहरीलाई ‘आधुनिक पुलिसिङ’ मोडलमा लैजादै छौ’ काकीले भने त्यस सगै जिल्ला छनौट गरि सुरक्षाका नयाँ नयाँ योजना प्रदेश सरकारले लाने योजनामा छ ।

प्रहरीको जनशक्ति कम भएपनि साधन स्रोतको कुरालाई पनि यो आर्थिक बर्षको बजेटले आधुनिक प्रबिधि तथा सबारी साधनको लागी रकम छुट्याइएको आन्तरिक मामिलामन्त्री कार्की बताउछन् । उनले कतिपय ठाँउमा प्रहरीको सबारी साधन नहुदा समयमै प्रहरी नपुग्ने, सुचना आदानप्रदान गर्न संञ्चार सेटको अभाव र अन्य आबश्यक कुरा प्रहरी ऐन नआउदै सरकारले उपलब्ध गराउने स्पष्ट पारे । मन्त्री कार्की भन्छन् ‘प्रहरीको जनशक्ति कम हुदै गर्दा सुरक्षा चुनौतिसँग सरकार झुक्दैन, हामी अहिले अधिकार प्राप्त नभएपनि प्रदेशको शान्ति सुव्यवस्था कायम गर्न सरकार पछि पनि हट्दैन । पूर्वेली न्युजबाट

आइत, भदौ २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

पूर्व विद्यार्थी समाजको अध्यक्षमा पौड्याल

शान्तिनगर । झापाको बुद्धशान्तिस्थित शान्ति आदर्श माविमा पूर्व विद्यार्थी समाज गठन गरिएको छ । पूर्व विद्यार्थीको भेलाले शिवकुमार पौड्यालको अध्यक्षतामा पूर्व विद्यार्थी समाज गठन गरेको हो । पौड्याल सो विद्यालयका पूर्व विद्यार्थीका साथै पूर्व प्रधानाध्यापक...

 पत्रकार महासंघको हस्ताक्षर अभियान

झापा, ३ असार । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघले आजबाट देशब्यापी हस्ताक्षर संकलन अभियान सुरु भएको छ । महासंघले तेस्रो चरणको आन्दोलन अन्तर्गत मिटिया काउन्सिल विधेयक फिर्ता गर्न माग...

अन्तत: गुठी विधेयक फिर्ता

काठमाडौं ,३असार । सरकारले विवादस्पद गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी विधेयक स्थगन गरिएको जानकारी दिएकी हुन्। गुठी विधेयकलाई लिएर...

आदिवासी जनजातिलाई खाद्य प्रशोधन तालिम

दमक,३ असार । नेपाल आदिबासी जनजाति महासंघ दमक नगर समन्वय समितिले आयोजना गरेको ५ दिने खाद्य प्रशोधन सम्बन्धी तालिम मंगलवार समापन भएको छ ।दमक नगरका १० वटै वडाका आदिबासी जनजाति समुदायलाई लक्षित गरि आयोजना...

टिफरको ठक्करवाट बालकको मृत्यु

गौरादह,२ असार । टिफरको ठक्करवाट झापाको गौरादहमा सोमबार एक जना बालकको ज्यान गएको छ ।  यसरी ज्यान जानेमा सुनसरीको तरहरा घर हाल गौरादह ७ स्थित आफन्तका घरमा बस्दैआएका १० बर्षिय ओमराज गिरी रहेको इलाका...

डिएसपीको कुर्सीमा बस्ने भारतीय नागरिक जेल चलान

विर्तामोड ,२ असार । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) को कुर्सीमा बसेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी पुर्पक्षका लागि जेल चलान भएका छन् । भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोडमा...

‘देशमा स्वस्थ्य राजनीतिको खडेरी छ   ’

दमक,१ असार । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले एक,दुई दशक भित्र देशमा नौलो किसिमको परिवर्तन हुनसक्ने वताएका छन् । समय अनुसार देशमा नसोचिएको परिवर्तन हुदैआएको वताउदै उनले अव छिटटै नौलो परिवर्तन आउने...

जात्रीमा दमकमा सार्वजनिक विदाँ

दमक,१ असार । दमक नगरपालिकाले धिमाल जातिको महान पर्व सिरिजात ( जात्री पर्व )को अवसरमा भोलि एक दिनका लागि विदाँ दिएको छ । नगरपालिकाका कार्यवहाक प्रमुख बोधराज न्यौपानेले आज सूचना निकालेर भोलि सोमबार नगर क्षेत्र...

स्वर्णलक्ष्मी शाकोसद्धारा अग्नीपीडित दुई सदस्यलाई राहत

दमक,१ असार । आगोलागी पीडित आफना दुई जना शेयर सदस्य परिवारलाई दमक ८ को स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले नगद राहत प्रदान गरेको छ ।  दमक ५ स्थित आगलागी पीडित अमित किराना पसलका...

करदाताका लागि राजस्व कार्यालयमै वैक

दमक,१ असार । करदाताहरुको राजस्व लगायतका सुविधाका लागि झापाको दमकस्थित आन्तरिक राजस्व कार्यालयमा प्रभु बैकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कार्यालयमा आज एक कार्यक्रम गरि काउण्टर सञ्चालनमा ल्याइएको बैकका प्रदेश नम्बर १ का...