सरकारविरुद्ध उत्रनुपर्ने बेला भएको छैन: खड्का

हाम्रो दमक

गाईघाट, उदयपुर, २४ भदौ | पूर्व मन्त्री तथा सांसद डा नारायण खड्काले अहिले नै प्रतिपक्षका तर्फबाट वर्तमान सरकारविरुद्ध उत्रनुपर्ने बेला भइनसकेको बताउनुभएको छ ।

पार्टीको कामका लागि उदयपुर आइपुग्नुभएका उहाँले प्रेस युनियन उदयपुर शाखाद्वारा आज बिहान गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।डा खड्काले भन्नुभयो, “अहिल्यै सरकारको आलोचना गर्ने बेला भएको छैन । केपी ओली नेतृत्वको सरकार सञ्चालन भएको एक वर्षपछि भने सबै कुराको मूल्याङ्कन गरेर अहिलेको जस्तै ढङ्गले अघि बढेमा भने नेपाली काँग्रेस सरकारविरुद्ध उत्रने छ ।”

वर्तमान ओली नेतृत्वको सरकार बहुमतको सरकार भएका कारण प्रमुख प्रतिपक्षले पनि पूरै अवधिसम्म सरकार चलोस् भन्ने चाहेको तर सरकारले जनता सामु बोलेका कुरा पूरा गर्न भने नसकेको आरोप डा खड्काले लगाउनुभयो ।

सरकारले अहिले यातायात व्यवसायीको एकाधिकार तोड्ने, चोर तथा गुण्डा नाइके पक्राउ गरेर कारबाही गर्ने र सुन तस्करलाई नियन्त्रणमा लिन तदारुकता देखाएकामा भने नेता खडकाले प्रशंसा गर्नुभयो । नेपालको दुई ठूला छिमेकी देश भारत र चीनसँग वर्तमान सरकारले लिएको सन्तुलनको नीति ठीक रहेको र बिम्स्टेक सम्मेलन पनि सफल बनाउन सरकार सफल भएको उहाँको धारणा थियो अब सरकारले प्रतिपक्षप्रति कस्तो रवैया र नीति लिन्छ नेपाली काङ्ग्रेसले पनि सोहीअनुसारको सहयोग वा विरोध गर्ने कुरा निर्धारण हुने कुरा डा खड्काले बताउनुभयो ।

आइत, भदौ २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

‘प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुंगिने ’

गौरादह ,२८ भदौं /  प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुंगिने अवस्थामा पुगिएको बताएका छन् । झापाको गौरादहमा बुधबार पत्रकारहरुसंग कुराकानी गर्दे मन्त्री कार्कीले प्रदेशले चाडै नामाकरण...

नेपाली काँग्रेसभित्र भएका गुट–उपगुटको अन्त्य गर्नुपर्छ: कोइराला

दाङ, २४ भदौ | नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र भएका गुट–उपगुटको अन्त्य गरी एकताको सञ्देश दिनुपर्ने बताउनुभएको छ । दाङको लमहीमा आज कार्यकर्तासँग भेटघाट गर्दै उहाँले गुट–उपगुट हुँदा पार्टीभित्रको आन्तरिक विवादले बाह्य शक्तिले फाइदा...

वीपी जयन्तीमा विभिन्न कार्यक्रम

दमक,२४ भदौ/ नेपालका जननिर्वाचित प्रधानमन्त्री नेता वीपी कोइरालाको १०५ औं जन्मयन्ती आज देशैभरि विभिन्न कार्यक्रमहरु गरि मनाएका छन् । दिवसका अवसर पारेर नेपाली कांग्रेस कमल गाउँपालिका र दमक नगर समितिले छुट्टाछुट्टै कार्यक्रम गरि वीपी...

कांग्रेस झापाका रिक्त पदाधिकारी तथा सदस्य मनोनयन

दमक,१७ भदौ /नेपाली कांग्रेस झापाले जिल्ला कार्यसमितिमा रिक्त पदाधिकारी तथा सदस्यहरुको मनोनयन गरेको छ । जिल्ला समितिको शनिवार बिर्तामोडमा बसेको बैठकले जिल्ला समितिको सचिव सहित अन्य पदाधिकारी र सदस्यहरुको मनोनयन गरेको हो । पार्टीका जिल्ला...

बाल गृहलाई नेपाली कांग्रेस दमक र क्षेत्रिय समितिको सहयोग

दमक | नेपाली कांग्रेस दमक नगर समिति र क्षेत्रिय समितिले काठमाण्डौमा रहेकाो लवप्रसाद बाल गृहलाई एक लाख बडि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सो समितिले आज कांग्रेस पाटी कार्यलयमा एक कार्यक्रमको बिच बाल गृहकी...

दुधेमा सांसद सावाँको सम्पर्क कार्यालय

दुधे,८ भदौ /  झापा क्षेत्र नम्बर ४ का संघिय संसदका सदस्य एलपी सावाँले शुक्रवार शिवसताक्षी ८ स्थित दुधे बजारमा सम्पर्क कार्यालय राखेका छन् । सांसद साँवाको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि सम्पर्क कार्यालयको उद्धघाटन गरिएको...

दमक र कमल गाउँपालिकामा मालेको कमिटी

दमक,८ भदौ / नेपाल कम्युनिष्ट पार्टी मालेले दमक र कमलमा कमिटी गठन गरेको छ । पार्टीका महासचिव सिपी मैनालीको प्रमुख उपस्थितीमा शुक्रवार विर्तामोडस्थित पार्टी कार्यालयमा सम्पन्न विस्तारित बैठकले नगर र गाँउ कमिटीमा संगठन निर्माण...

देशको समृद्धि यात्रा साकार पार्ने प्रम ओलीको प्रतिवद्धता

गौरादह ,६ भदौ /  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पुरानो युगको अन्त्य भएर नयाँसंगै विकासको युग शुरुवात भएको बताएका छन् । पुरानो पछौटेपनको युगको अन्त्य भएर नयाँ बिकासको युग शुरुवात भईसकेको बताउदै प्रम ओलीले अव...

जथाभावी कर नअसुल्न सांसद सुब्बाको माग

दमक,५ भदौ/  नेपाली कांग्रेसकी नेतृ तथा संघीय संसद सदस्य महेन्द्रकुमारी सुब्बाले स्थानीय सरकारले जथाभावी कर लिन नहुने बताएकी छन् । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले दमकमा आज दमकमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा...

राजपा छाडेर सांसद त्रिपाठी नेकपामा प्रवेश गर्दै

काठमाडौं । मधेस राजनीतिका एक शसक्त नेता तथा प्रतिनिधि सभाका सांसद हृदयश त्रिपाठी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गर्ने भएका छन् । राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली नेताका रुपमा चिनिएका त्रिपाठी नेकपामा प्रवेश गर्न लागेका हुन्...