वीपी जयन्तीमा विभिन्न कार्यक्रम

हाम्रो दमक

दमक,२४ भदौ/ नेपालका जननिर्वाचित प्रधानमन्त्री नेता वीपी कोइरालाको १०५ औं जन्मयन्ती आज देशैभरि विभिन्न कार्यक्रमहरु गरि मनाएका छन् । दिवसका अवसर पारेर नेपाली कांग्रेस कमल गाउँपालिका र दमक नगर समितिले छुट्टाछुट्टै कार्यक्रम गरि वीपी जयन्ती मनाएका हुन् ।

कांग्रेस दमकले आयोजना गरेको कार्यक्रममा सहभागिहरु

कांग्रेस कमलले साविक लखनपुर–१ स्थित मंगलवारेको पार्टी कार्यालयमा वीपी जन्मजयन्ती मनाएका हुन् भने दमकले पार्टी कार्यालयमा वीपी जयन्ती मनाएका हुन् । कांग्रेस कमलमा आयोजित कार्यक्रममा पार्टीका महासमिति सदस्य शुरेस सुब्बा, कांग्रेस नेता डाक्टर खगेन्द्र पाण्डव अधिकारी, युवा नेता हुकुमसिंह राईलगायतले वीपी जयन्तीको जीवनीमाथि चर्चा गरेका थिए ।
यसैगरि दमकस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वक्ताहरुले नेपालको प्रजातान्त्रिक आन्दोलनमा वीपी कोइरालाले पुर्याँएको योगदान स्मरण गरेका थिए । पार्टीका नगर सभापति रोशन विष्टको अध्यक्षतामा तथा पूर्व जिल्ला सभापति पूर्णानन्द शर्मा दाहालको प्रमुख आतिथ्यता र पार्टी जिल्ला सहसचिव राजेन्द्र भण्डारीको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा महासमिति सदस्यहरु शेरवहादुर भट्टराई,शुरेस सुब्बा,कांग्रेस नेताहरु डा. खगेन्द्र पाण्डव अधिकारी, राजनबहादुर ढुंगाना,पूर्व सांसद विश्वदिप लिङदे लगायतले वोलेका थिए । दमक ८ वडा सभापति पूण्य दाहालले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा महाधिबेशन प्रतिनिधि आइन्द्र राज केरुङ, जिल्ला सदस्यहरु उमाकान्त आचार्य,मेनुका वुढाथोकी,रामकुमारी पौडेल, तरुण दलका क्षेत्रीय सभापति गोकुल श्रेष्ठ, महिला संघकी नगर सभापति मन्दरा पौडेललगायतले समेत बोलेका थिए ।

आइत, भदौ २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...

युइईमा फूटबल प्रतियोगीता हुने

युएई, ४ फागुन । युएईमा एनआरएनए कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी फेब्रुवरी २२ (फागुन १० गते ) हुने भएको छ । यो युएईका नेपाली समुदायमा ठूलो धनराशीको फुटबल प्रतियोगिता हो । “नेपालीका लागि नेपाली...

दमकको मिशाल वजारमा यङ्गफेस फूटवेयर

दमक ,४ फागुन । दमकको मिशाल वजारमा स्थानीय एक युवाले विदेशी व्राण्डका जुत्ताचप्पल पसल सञ्चालनमा ल्याएका छन् ।गैरआवासीय फूटवेयर कलेक्सनको उद्घाटन गर्दे दमक उवासंघका अध्यक्ष ढकाल नेपाल संघ ( एनआरएन ं) चीनका सचिव समेत रहेका युवा...

खुट्टो काट्नुपरेका बालकलाई अमेरिकाबाट एकलाख

दमक,४ फागुन । अमेरिकाको ओहयो एक्रोनबाट पुनर्वास भएका भुटानी शरणार्थीहरुले भाँच्चिएर खुट्टो काट्नु परेका झापा, दमकका एकजना बालकको उपचारको लागि १ लाख ७ हजार सहयोग गरेका छन् । ओहायोबाट नेपाल आएका उत्तम रसाइली, रनमाया गजमेर,...