लायन्स फूटसलको उपाधि आयोजकलाई

हाम्रो दमक

दमक,२२ भदौं / दमकमा शुक्रवार सम्पन्न पहिलो लायन्स अन्तर क्लव स्तरिय फुटसलको उपाधि आयोजकले जितेको छ ।
प्रतियोगिताको उपाधि खेलमा लायन्स क्लव अफ दमक यूनाईटेडलाई २ का विरुद्ध ४ गोल गरि आयोजक लायन्स क्लब अफ दमक इस्टर्न लाइनले जित हासिल गरेको हो । जितसंगै बिजेताले नगद ५० हजारसहित ट्रफि हात पारेको छ । त्यस्तै, उपबिजेता यूनाइटेडले नगद २५हजार ,ट्रफि प्राप्त गरेका थिए । दमक– ८ स्थित फुटसल कर्बड हलमा शुक्रबार एकदिवसीय प्रतियोगिता सम्पन्न भएको थियो ।

क्लवका अध्यक्ष बिमल शर्माका अनुसार प्रतियोगितामा झापा र मोरङका विभिन्न ८ वटा लायन्स क्लवहरुको सहभागिता रहेको थियो । उनले लायन्स क्लवहरुवीच आपसी मित्रता ,सद्भाव बृद्धि गर्ने उद्देश्यले पहिलोपटक लायन्सले अन्तर क्लव स्तरिय फूटसल प्रतियोगिता गरेको जानकारी दिए ।
यसैवीच खेल संयोजक उज्जवल श्रेष्ठले आफुहरुले नै खेल जितेको बताउदै प्राप्त पुरस्कार शव बाहन ल्याउनका लागि क्लवलाई नै सहयोग गर्ने बताए । क्लवले शवबहान ल्याउने तयारी गर्दै आएको छ ।
प्रतियोगिताको समापन कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशन लाइनका बातवरण चिफ बबरजंग थापा,एरिया चिफ गोपाल अग्रवाल, रिजन चियर पर्सन प्रहर क्षेत्री, जिल्ला खेलकुद बिकास समिति झापाका उपाध्क्ष भीमराज केसी लगायतको उपस्थिति रहेको थियो ।

शुक्र, भदौ २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

देउँसीभैलीको रकम हाम्रो बालआश्रमलाई

दमक ,३० कार्तिक । यहाँस्थित शुभकामना बचत तथा ऋण सहकारीले देउँसीभैलीबाट संकलन गरेको रकम स्थानीय हाम्रो बाल आश्रमलाई प्रदान गरेको छ । दीपावालीमा सहकारीले निर्माणाधिन आश्रममा सहयोग पुरयाँउन आफना शेयर सदस्यहरुका घरमा देउसीभैली खेलेको...

थापालाई फिर्ता बोलाएर इजरायलको राजदूतमा सिफारिस भईन प्रधानमन्त्री ओलीकी ‘साली’ !

काठमाडौँ । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर इजरायलका लागि राजदूत सिफारिस गरेको छ अञ्जान शाक्यलाई । राप्रपाका नेता थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्...

सगुन सांगीतिक साँझ सम्पन्न

लखनपुर,२९ कार्तिक । झापाको कमल गाँउपालिका ५ मंगलवारेमा बुधबार सगुन सांगीतिक साँझको आयोजना गरिएको छ ।सगुन युवा क्लवले बर्सेनी दीपावलीका अवसरमा आयोजना गरिआएको सगुन साँझ यसवर्ष पनि भव्य रुपले सम्पन्न भएको क्लवका अध्यक्ष देवेन्द्र...

छिन्ताङ्ग हत्या काण्डको सम्झनामा सहिद स्मृती सभा सम्पन्न

धनकुटा । स्मृती सभा छिन्ताङ्ग हत्या काण्डमा मारीएका ब्याक्तिहरुको सम्झनामा धनकुटाको छिन्ताङ्ग आज सहिद स्मृती सभा गरीएको छ । २०३६ सालमा घटेको छिन्ताङ्ग हत्याकाण्डका सहिदहरुको सम्झनामा ४० औ स्मृती सभा गरिएको हो । कार्यक्रममा सहिदको सालिकमा...

मंसिर १ देखि दमकमा कर सप्ताह मनाईदै

दमक,२८ कार्तिक । आगामी मंसिर १ गतेदेखि दमकमा राष्ट्रिय कर सप्ताह मनाउने तय गरिएको छ । कर सम्बन्धी सर्वसाधारणहरुमा उत्प्रेरणा दिने उद्देश्यले मंसिर १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरि कर सप्ताह मनाउन लागिएको...

नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्काशित भए मन्त्रीबाट आउट सोडारी !

काठमाडौं। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट पदमुक्त गरिएका दीर्घराज सोडारीलाई नेपाल कम्युनिष्ट पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ। नेकपाको मंगलबार बसेको प्रदेश कमिटी बैठकले सोडारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट...

अन्ततःयो मितिबाट खुल्दैछ नयाँ लाइसेन्सको आवेदन

काठमाडौँ। केहि समयदेखि बन्द रहेको सवारी चालक अनुमति पत्रको आवेदन मंसिर ७ गतेदेखि फेरि खुल्ने भएको छ। यातायात व्यवस्था विभागले दसैँ लगाएतका बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल...

मजदुरले दिए ट्राफिकलाई दराज

दमक,२८ कार्तिक । नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ट्राफिक प्रहरी कार्यालय दमकलाई कार्यालयीय प्रयोजनका लागि एक थान स्टिल दराज प्रदान गरेको छ । समितिले बुधबार ट्राफिक कार्यालयमा आयोजित कार्यक्रममा...

शान्तिनगरको ऐतिहासिक ठुटेबर मेला मङ्शीर ४ गते देखि लाग्दै ।

शान्तिनगर । झापाको बुद्धशान्ति–६ स्थित ठुटेबर परिषरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला मङ्शीर ४गते मङ्गलबारदेखि ८ गते ५ दिनसम्म लाग्ने भएको छ । प्रत्येक वर्षको कात्तिक पूर्णिमा र...

शुक्रवारदेखि दमक साप्ताहिक वन्द हुने

दमक,२८ कार्तिक । चाडपर्वमा खुल्ला रहेको दमकको वजार आगामी शुक्रबारदेखि साप्ताहिक रुपमा एक दिन वन्द हुने भएको छ । साताको शुक्रवार बन्दहुदै आएको दमकको वजार आगामी शुक्रवारदेखि पुनः साप्ताहिक रुपमा एक दिन बन्द हुने...