छोराछोरीहरु प्रति, अभिभावकको भूमिका कस्तो हुनुपर्छ ?

रमेश ढकाल

रमेश ढकाल

हिजोआज छोराछोरीहरुलाई हुर्काउने बढाउने क्रममा प्राय अधिकांश अभिभावकहरुको एउटै विचार रहने गरेको पाईन्छ यानी “हाम्रा छोराछोरीहरुलाई ति तमाम कुराहरु प्राप्त हुन सकुन जुन हिजो हामीलाई प्राप्त हुन सकेन।” त्यसैले हामी हाम्रा छोराछोरीहरुका हरेक साना-ठुला चाहनाहरु पुरा गर्नका लागि सधैं प्रयत्नशील रहन्छौँ। जुन स्वभाविक पनि हो। तर यहाँ ध्यान दिनु पर्ने एउटा महत्वपूर्ण कुरा के हो भने यहीं क्रममा कतै हामी बाट केही कुराहरु ओभरलुक्ड् (नजरअन्दाज) त भैराखेका छैनन् ?

हिजोआज हामी हाम्रा नानीबाबुहरुलाई सकेसम्म धेरै भन्दा धेरै भौतिक या शारीरिक सुखसुविधा उपलब्ध गराएर सम्पन्न रुपमा हुर्काउने कोशीश गरिराखेका हुन्छौँ। यसरी हुर्काउदै गर्दा उनिहरु भित्र भोली एउटा सफल जीवन यापन गर्नका लागि आवश्यक अनुभव, ज्ञान र परिपक्वताको विकास कुन स्तर भैराखेको छ भन्ने कुरालाई भने उति महत्वका साथ हेरिराखेको हुँदैनौँ। आफ्ना नानीबाबुहरुलाई सुखसुविधा नदिने भन्ने हैन, दिनु पर्छ। तर यो सन्तुलित मात्रामा हुनुपर्छ भन्ने कुरामा भने अभिभावकहरु सचेत रहन आवश्यक छ।

प्राचीन कालमा त्यतिखेरका राजा महाराजाहरुले आफ्ना बच्चाहरुलाई शिक्षा लिनका लागि दरवारको सुखसयाल भन्दा टाढा आश्रम/गुरुकुलमा राखेर पढाउने गरेका थुप्रै कथाहरु हामीले सुनेका छौँ। आश्रममा बसेर पढ्दा, त्यहाँ ठुला ठुला राजामहाराजाका बच्चा राजकुमारहरुले पनि जंगल बाट आगो बाल्नका लागि दाउरा खोजेर ल्याउने, नदी बाट पानी ल्याउने, खान पकाउने, आफ्ना बस्त्र आँफै सफा गर्ने, आफ्ना गुरुजनहरुको सेवा गर्ने लगायतका थुप्रै कामहरु स्वयम गर्नु पर्ने हुन्थ्यो। यसो गर्नाले त्यहाँ राजकुमारहरुलाइ दरवारको सुखसयाल भन्दा बाहिरको वातावरणमा बस्ने अभ्यास त हुन्थ्यो नै यो संगसंगै उनिहरु भित्र भोली जीवनमा आइपर्न सक्ने हरेक प्रकारका उतारचढाव तथा कठिनाइहरुलाई सहन गर्ने सक्ने क्षमता/शक्तिको पनि बिकास हुन्थ्यो। फलस्वरूप उनिहरु गुरुकुल बाट फर्कदा बौद्धिक रुपमा मात्र हैन भावनात्मक र शारीरिक रूपमा पनि उत्तिकै सबल बनेर फर्कन्थे।

अंग्रेजीमा एउटा भनाइ छ “डोन्ट रेज योर किड्स टु ह्याव मोर देन यु ह्याड, रेज देम् टु बि मोर देन यु वएर।” यसको आशय, हिजो म संग जे जे थिएन त्यो सबै मेरा बच्चाहरुलाई दिनसकु भन्दा पनि म भित्र जे जस्ता क्षमता/शक्तिकोहरुको कमि छन्/थिए, ति सबै मेरा बच्चाहरुलाई दिन सकु अथवा मेरा बच्चाहरु म भन्दा अधिक क्षमतावान/शक्तिशाली बन्न सकुन्। म भित्र रहे/भएका दुर्वलताहरु मेरा बच्चाहरुमा भने नरहोस्/नआवस् भन्ने हो।

अब अहिले खास गरेर तराइ तिर गर्मिको मौसम छ। यो मौसममा हाम्रा छोरा छोरी त फेन/एसी नचलाईकन सुत्नै सक्दैनन् भनेर धेरै मातापिताले भन्ने गरेको हामीले सुनेको हुनु पर्छ। यसै गरेर जाडोको मौसमका समयमा हाम्रा छोराछोरीलाई नुहाउनका लागि तातो पानी, कोठामा हिटर, आदि नभै हुँदै हुँदैन भनेर भनेको पनि हामीले सुनेका छौँ।

यस्ता कुराहरु यतिमै टुङ्गिदैनन्, हिजोआज हाम्रा नानीबाबुहरुले खाने नस्ता/खाना देखि लिएर उनिहरुले लगाउने लताकपडाका बिषयामा पनि हाम्राले त खाली यस्तै मात्र खानु भन्छन्, हाम्राले त खाली यस्तै मात्र लगाउनु भन्छन्, हाम्रालाई त यो/त्यो नभै हुँदै हुँदैन आदि भनेर थुप्रै आभिभावकहरुले कुराहरु गर्ने गरेको हामीले सुनेका छौँ।

हुँदा हुँदै अब त बच्चा जन्मेर एक सालको पनि पुगेको हुँदैन, उसलाई खान खुवाउन होस् या केही समय भुल्याउनका लागि मात्र पनि किन नहोस्। त्यो सानो नानीको अगाडि मोबाइल खोलेर राखिदिने गरेको हामीले देखेका छौँ। यो अभ्यासलाई केही दिन निरंतर राख्ने हो भने, त्यो नानीलाई त्यो विशेष समयमा मोबाइल हेर्ने बानी बस्छ, लत लाग्छ। त्यस पछी मेरो नानीलाई त खाना खुवाउनका लागि यसो नगरि हुँदै हुँदैन अथवा एकछिन भुल्याउनका लागि यस्तो गर्नै पर्छ, उस्तो गर्नै पर्छ भनेर मातापिताहरुले भन्ने अवस्था आउछ।

यही बिषयमा केन्द्रित रहेर यो लेखको बाँकी अंशमा एउटा प्रेरणादायक तथ्य यहाँहरु संग शेयर गर्ने प्रयास गरेको छु। आशा छ, यो यहाँहरु सबैका लागि उपयोगी सिद्ध हुनेछ।

एउटा नगरमा एक रिटायर्ड लाहुरेबा र एक युवा शिक्षकको परिवार वल्लोपल्लो घर छिमेकीका रुपमा बस्तै आएका हुन्छन्। यि दुबै छिमेकीले आ-आफ्नो घर छेउको थोरै जमिनमा विभिन्न प्रजातिका राम्रा राम्रा फूलबिरुवाहरु रोपेर सुन्दर बगैचाको निर्माण गरेका हुन्छन्। आफ्नो बगैचाको स्याहार गर्ने क्रममा युवा शिक्षक भने बजारमा पाइने विभिन्न प्रकारका माटोलाई उर्वर तथा मिलिलो बनाउने रासायनिक मलको पनि प्रयोग गर्ने गर्दा रहेछन्। फुलबिरुवामा पानी पनि नियमित रूपमा बिहान बेलुका नै हाल्ने गर्दा रहेछन्। जबकि लाहुरेबाले भने युवा शिक्षकले झै आफ्नो बगैचामा रासायनिक मलको प्रयोग गर्दा रहेनछन्। बरु कहिलेकाँही आफ्नै एउटा सानो गाइ मार्फत बन्नेगरेको प्राङ्गारिक मल छर्कने गर्दा रहेछन्। फुलबिरुवामा पानी पनि बेलुकी पख दिनको एकपटक मात्र हाल्ने गर्दा रहेछन्। युवा शिक्षक र लाहुरेबाका बिच बगैचाको देखभाल तथा स्याहारमा हुने यिनै भिन्नताका कारणले गर्दा होला, युवा शिक्षकको बगैचा लाहुरेबाको भन्दा अलिक हराभरा देखिदो रहेछ। उनको बगैचाका फुलहरु पनि लाहुरेबाको बगैचामा भन्दा अलिक ढकमक्क संग फुललेका जस्ता देखिदा रहेछन्।

दिनहरु बित्तै जाँदा, एकदिन राती निक्कै ठुलो हावा पानी आउछ। भोलिपल्ट बिहान उठेर हेर्दा ति युवा शिक्षकले देख्छन्, आफ्नो बगैचाका प्राय सबै फुलबिरुवाहरु तल लत्रिएका छन्। कतिपय फुलबिरुवाहरु त जरैसंग उखेलिएका पनि छन्। केही ठाडो अडिएका फुलबिरुवाहरु पनि कुनै सग्लो देखिदैनन्। यतिकैमा उनका आँखा छिमेकी लाहुरेबाको बगैचामा पर्छ। देख्छन्, बगैचामा राती आएको त्यत्रो ठुलो हावा पानीको खासै त्यस्तो केही असर परेको/गरेको हुँदैन। बगैचाका प्राय सबै फुलबिरुवाहरु सग्लै र सुरक्षित नै देखिन्छन्। वास्तबमा लाहुरेबाको बगैचा राती परेको पानीले पखालिएर होला संधै देखिने गरेको भन्दा पनि अझ धेरै सुन्दर र हराभरा देखिदै गरेको हुन्छ। यो देखेर ति युवा शिक्षक छक्क पर्छन्। उनका मनमा अनेकौं तर्कहरु खेल्न थाल्छन्। तर यस्तो हुनको कुनै कारण भने पत्ता लगाउन सक्दैनन्। केही सिप नलागे पछि, उनले यो कुरा लाहुरेबा संग नै सोधेर स्पस्ट हुने निर्णय गर्दै लाहुरेबा संग सोध्न पुग्छन्।

लाहुरेबा भन्छन्, मास्टर बाबु, तपाईंले आफ्नो बगैचामा रहेका फुलबिरुवाहरुलाई धेरै नै लाडप्यार दिएर हुर्काउनु भयो। उनिहररुलाई जमिन भित्र आफ्नो जराहरु फैलाउदै बलियो भएर उभिन, हुर्कन, फुल्न, फक्रन आवश्यक पर्ने हरेक पदार्थहरु रेडीमेड अवस्थामा नै तपाईं आँफैले नियमित रूपमा उनिहरुलाई उपलब्ध गराई दिनु भयो। जसले गर्दा उनिहरुलाई हुर्कन, फुल्न, फक्रनका लागि आवश्यक पर्ने पदार्थहरु खोज्नका लागि आफ्ना जराहरुलाई जमिन भित्र धेरै फैलाई राख्नु पर्ने आवश्यकता कहिल्यै परेन अथवा त्यो अवसर नै पाएनन्। यसको नतिजा स्वरुप आज तपाईंले देखी राख्नु भएको छ, तपाईंको बगैचामा रहेका प्राय सबै फुलबिरुवाहरु सोतर बनेर जमिनमा ढलेको अवस्थामा छन्। यदि तपाईंले यिनिहरुलाई सहज ढंगले बाँच्नका लागि आवश्यक पर्ने कुराहरु मात्र उपलब्ध गराई दिएर उनिहरुलाई हुर्कन, फुल्न, फक्रनका लागि आवश्यक पर्ने अतिरिक्त कुराहरु प्राप्त गर्नका लागि चै आफ्ना जराहरु लाई जमिन भित्र गहिरो संग फैलाउने मौका दिनुभएको भए आज उनिहरु जमिनमा बलियो संग उभिएका हुनेथिए। उनिहरुलाई सामान्य हावाहुरी पानीले हल्लाउन सक्ने थिएन। आज उनिहरु यसरी लडेका हुँदैन थिए, तहनहस भएका हुँदैन थिए।

यो कथा सुन्दा यहाँहरुलाई यस्तो त लाग्दै छैन कतै आज हामी अभिभावकहरु हाम्रा नानीबाबुहरुलाई माथिको कथामा ति युवा शिक्षकले आफ्नो बगैचाका फुलबिरुवाहरुलाई गरे झै आवश्यकअता भन्दा धेरै लाडप्यार गरेर/दिएर त हुर्काइ राखेका छैनौँ? कतै हामीले गर्ने वा दिनेगरेको अतिरिक्त लाडप्यारले हाम्रा नानीबाबुहरुलाई आफ्नै खुट्टा बलियो संग उभिन बाट बन्चित त गरिराखेको छैन?

यस्तो अवस्थामा, अभिभावकहरुले दुइवटा महत्वपूर्ण कुरामा ध्यान दिनु पर्ने हुन्छ। पहिलो यदि हामीले हाम्रा नानीबाबुहरुलाई आवश्यकता भन्दा धेरै नियन्त्रण तथा बचाउ गरेर हुर्काउन खोजेको खण्डमा पनि उनिहरु आफ्नै खुट्टामा बलियो संग उभिन आवश्यक अनुभव, ज्ञान र परिपक्वता हासिल गर्न बाट बन्चित हुन सक्छन्। दोश्रो यदि हामीले हाम्रा नानीबाबुहरुलाई पूर्ण रुपमा स्वतन्त्र छोडिदियौँ तथा उनिहरुलाई आवश्यक वा उचित मार्ग दर्शन गरेनौँ भने पनि परिपक्वताको अभावका कारण उनिहरुले गलत निर्णय लिन सक्ने डर उत्तिकै प्रबल हुन्छ।

यसैले आफ्ना नानीबाबुहरु प्रति अभिभावकहरुको लाडप्यार तथा हेविचार र नियन्त्रण गर्ने शैली एकदमै सन्तुलित हुन आवश्यक छ। ताकि भोलि गएर उनिहरु भित्र एउटा सफल जीवन जिउनका लागि आवश्यक पर्ने सबै प्रकारका अनुभव, ज्ञान र परिपक्वताको राम्रो संग विकास हुन सकोस्। अर्थात हाम्रा नानीबाबुहरु बौद्धिक, भावनात्मक र शारीरिक रूपमा उत्तिकै सक्षम र सबल बनेर हुर्कन सकुन्। फलस्वरुप हाम्रा नानीबाबुहरु भोलि उनिहरुको जीवनमा आइपर्न सक्ने हरेक प्रकारका उतारचढाव तथा कठिनाइहरुलाई सहज रुपमा सामना गर्न सक्षम बन्ने छन्।

भद्रपुर-झापा (हाल दोहा-कतार)

यी पनि हेर्नुहोस, लेखकका अन्य लेखहरु

औकात भन्दा माथि उठ्ने संकल्प

भ्रष्टाचार रोक्न असल नियत र नियमको खाँचो

बुध, भदौ २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

विचार/ब्लग बाट अन्य

भारतसगको ५० को मैत्री तथा शान्ति सन्धि यथावत, मोदी सरकार दङ्ग ओली सरकारका दाँतमा ढुंगा !

डिराज कोइराला भारतीय कृपाबाट बहुदल र गणतन्त्र भित्र्याएर सत्ता कब्जा गर्ने उद्देश्य लिएका यो देशका तात्कालिन अराष्ट्रियतत्व अर्थात टेररिष्टहरूले भारतलाई खुशी राख्नकालागि परराष्ट्र मन्त्रालयको जैसी कोठामा र नारायणहिटी राजदरवारको लाल बाकसमा सुरक्षित रहेको तथाकथित २...

हाम्रो सोच, शरीर र स्वास्थ्य

कुनै विशेष अवसर वा घटनाहरुलाई छोडेर हाम्रो सामान्य दिनचर्यामा के कस्ता अवस्थारपरिस्थितिमा हामी भित्र सुख वा दुस्खको अनुभूति हुने गर्छरु अर्थात हामी कुन अवस्थामा सुखको अनुभुति गर्ने गर्छौ अनि कुन अवस्थामा दुस्खकोरु यस्ता प्रश्नहरुको...

डिएसपी साहेव, नाका निगरानी किन सुस्त, कि सेटिङ्ग भयो ?

खगेन्द्र घिमिरे करिब दश वर्ष भएछ मैले पत्रकारीता गरेको । अझ पूर्वी नाका काँकरभिट्टाको बारेमै केन्द्रित भएर लेख्न थालेको पनि पाँच वर्ष नाघेछ । यो बीचमा प्रहरी प्रशासनमा धेरै प्रमुखहरु फेरिए । सबैले नाकामा हुने...

विद्यार्थी संगठनमा उमेर हदको प्रश्न

निशेष राई सत्यरुप बिगत लामो समयदेखि राजनितीक क्रान्तिको मुलधारमा रहेर आम नागरिकको आवाज बोल्दै अएका विद्यार्थी संगठनहरु पछिल्लो समय निक्कै आलोचित बन्दै गएका छन् । चाहे नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु, अखिल क्रान्तिकारी होस् या...

सरकार हैन संस्कार परिवर्तनको खाँचोे

राणा शासन, राजतन्त्र, प्रजातन्त्र हुँदै आज हामी सङ्घीय लोकतान्त्रिक शासन प्रणालीमा आएका छौँ। ’जनताको, जनताद्वारा र जनताकै हितका लागि बनाइएको शासन प्रणालीलाई लोकतन्त्र भनिन्छ’ भनेर अब्राहम लिङ्कनले भनेका थिए’रे। खैर, यहाँ सम्म आइपुग्नलाई हाम्रा...

बुढी आमाका आशा

संसारका सारा सुखको सुरुवात र समाप्ति आमाको मायामा हुन्छ भन्ने कुरालाई हामीले सुनेका मात्र छैनौँ, धेरैले अनुभव पनि गरेका छौँ। आमा अर्थात हाम्रो जननी, सृष्टिकर्ता। विभिन्न कवि, लेखक, साहित्यकारहरुले आमाको गरिमाका बिषयमा थुप्रै कुरा...

सर्वेन्द्रको रहस्यमय मौनता र खरेलको सम्झना !

सूर्य बस्याल मंगलबार पोखरामा फेरि एउटा बालिकाको बलात्कारपछि हत्या भयो । अब सायदै कुनै यस्तो बार नहोला, जुन दिन नेपालमा बलात्कार र हत्या नभएको होस । देशनै हल्लाएको कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको हत्या...

पाकिस्तानी पीएमका पहलहरु प्रेरणादायक

-रमेश ढकाल पाकिस्तान तेहरिक-ए-इंसाफ (पीटीआई) पार्टीका प्रमुख तथा राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान इमरान खानको नेतृत्वमा गठन भएको पाकिस्तानको नयाँ सरकारको जग हाम्रो देशको दुई तिहाई बहुमत सहितको सरकारको तुलनामा निक्कै नै कम्जोर होला।...

के अचेल मनाउने जस्तै हो त तीजको वास्तविक रुप ?

सविता सापकोटा नेपाली नारीहरुको महान चाड तीज । तीजसँगै माईती गाउँ आउने चेली । सासूको रुखो वचन, नन्दको होच्याउने प्रबृत्ति, जेठानीको हेपाहा बोली, यस्तै पीर मर्का फुकाउने जमघट बन्दै आएको छ तीज । “ आफूलाई...

म एक सञ्चारकर्मी, राज्यको चौथो अंगको विल्ला भिरेको पहरेदार, रोटि बिनाको खेतालो

केशव राज भण्डारी भन्न पनि लाज भएर आउँछ समाज वदल्ने प्रयासमा हिँडेको म एक पत्रकार । दिनभरी थोरै विकाइमा धेरै मिहेनत लगाएर आफ्नै सञ्चारमाध्यम लाइ चित्त वुझाउन नसकेको थाकेको ज्यानमा थोत्रो झोला भिरेर हिडेको म...