दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्याक्रिङ् सिस्टम अब झापामा ।

हाम्रो दमक

बिर्तामोड । सवारी साधन कहाँ र कस्तो अवस्थामा डुडिरहेका छन् त्यो घरमै बसी– वसी निगरानी गर्न सकिने भएको छ । सूचना र प्रविधिको उच्चतम प्रयोग गर्दै सेटेलाइट प्रविधिद्वारा आफ्ना सवारी, सहित उद्योग, व्यवसाय, शिक्षा क्षेत्रमा डिजिटल प्रविधिद्वारा निगरानी गर्न सकिने भएको हो । पाँच वर्ष अघि टेलिमेटिक टेक प्रालिले भित्र्याएको जीपीएस ट्याक्रिङ् सिस्टमबाट सर्वसाधारणले जुनसुकै वेला आफ्नो सवारी साधन तथा उद्योग, व्यवसाय, शिक्षा क्षेत्रमा घरमै वसी वसी निगरानी गर्न सकिने भएको हो ।

यो सिस्टम जडान गरेपछि मोवाइल नेर्टवर्कको माध्यमबाट सवारी साधन र परिवारको स्थितिलाई समेत इन्टरनेट मार्फत संसारको जुनसुकै स्थानबाट हेर्न मिल्ने कम्पनीका कार्यकारी निर्देशक आतिस गैरेले बताए । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै कम्पनीले आफ्नो प्रविधिको विषयमा जानकारी गराएको छ । पूर्वका साधनमा यो प्रविधि जडान गर्ने उद्धेश्यले पूर्वाञ्चल सप्लार्यस इन्टरनेशनल प्रालि छिट्टै सञ्चालनमा ल्याउने गैरेको भनाई छ । सवारी दुर्घटनामा परी दैनिक मानिसको मृत्यु हुने गरेको भन्दै सवारीको गति नियन्त्रण , इञ्जिनको अवस्था, लगायतका विषयमा यो सिस्टम जडान गरेपछि अगाडि नै जानकारी हुने भएपछि दुर्घटना न्यूनीकरणमा यो विधि सहयोगी बन्न सक्ने उनको भनाई छ ।

यो सिस्टम जडान गर्दा सवारी साधनको स्थान , गति समयको निगरानी गर्न सकिने , सवारीको उच्च गतिलाई नियन्त्रण गर्न सहयोग गर्ने, सवारी साधनको एक वर्ष सम्मको गतिविधि हेर्न मिल्ने, निश्चित परिधि भन्दा वाहिर सवारी साधन गए सूचना प्राप्त गर्न सकिने , सवारी साधनको सर्भिसिङ, जाँचपास तथा लाइसेन्स नवीकरण गर्ने समयको जानकारी दिने, सवारीमा तेलको परिमाण वारे जानकारी दिने , इञ्जिनमा देखिने समस्या वारे जानकारी दिने, चालकको सवारी चलाउँदाको आचरण समेत यो प्रविधिबाट थाहा पाउन सकिने कम्पनीका केशव दाहालले बताए । सम्पूर्ण विवरणहरु गेप्य रुपमा राख्न सकिने पनि उहाले बताउनुभयो ।

यो प्रवधि विद्यालय, उद्योगधन्दा , व्यवसायमा समेत जडान गरे सवै विषयमा जानकारी लिन सकिने पत्रकार सम्मेलनमा जनाइएको छ । पत्रकार सम्मेलनमा उक्त कम्पनिका प्रतिनिधि भीम भट्टराई पुष्प भट्टराई लगायतको सहभागीता रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन सञ्चारकर्मी सागर रिजालले गर्नुभएको थियो ।

सोम, भदौ १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

दुर्घटनाका घाईते सहचालकले उपचार पाएनन

‘दमक ,१० माघ । १० महिना अघि काठमाडौंको पेप्सीकोलामा बस दुर्घट्नामा परी सख्त घाईते भएका सहचालक तेह्रथुमको आठराई गाउँपालिका वडा नं २ खाब्लालुङका २६ बर्षिय मनकुमार लकान्द्री उपचार अभावमा भौतारिरहेका छन् । अन्नपूर्ण यातायातको बा...

समाजद्धारा पीडित परिवारलाई सहयोग

शिवसताक्षी,९ माघ । गत कार्तिक ३० गते कुवेतमा हृदयघात भई कुवेतमा निधन भएका झापा, शिवसताक्षी ९ माइधारका ३७ वर्षिय विष्णुकुमार घिमीरेको परिवारलाई झापाली समाज कुवेतले नगद रु १ लाख ५० हजार ५ सय रुपैया...

दमकमा शुक्रवार लिम्बुवान बहस हुदै

दमक, ९ माघ । लिम्बु विद्यार्थी मञ्चले दमकमा माघ ११ गते शुक्रवार लिम्बुवान सम्बन्धी बहस गर्ने भएको छ । लिम्बुवान प्राप्तिको आन्दोलनलाई सघाँउ पुरयाँउन उद्देश्यले लिम्बुवान सम्बन्धी बहस सहित अन्तरकृया गर्ने भएको मञ्चका केन्द्रीय अध्यक्ष...

उत्कृष्ठ विद्यार्थीलाई स्वर्णलक्ष्मीको सम्मान

दमक,९ माघ  । दमक – ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत २ जना उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । दमक –२ स्थित हिमालय नमुना माविको ६३ औं बार्षिकोत्सव कार्यक्रमका बीच...

दमकमा छोराको कुटपिटबाट बाबुको मृत्यु

दमक, ९ माघ । झापाको दमकमा छोराको कुटपीटबाट बाबुको मृत्यु भएको छ । दमक–  ६ स्थित रातो पुल बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपाने वीच घरायसी विषयमा बुधबार दिउँसो झगडा हुदाँ छोराको कुटपीटबाट ५८...

दमकमा बाह् दिने पाँचौ फूडफेस्टिवल हुने

दमक,९ माघ । दमकमा यहि फागुन १ गतेदेखि १२ गतेसम्म पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव २०७५ हुने भएको छ । खाद्य परिकारहरुसहित स्थानीय क्षेत्रको व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्ष समेत फेस्टिवललाई निरन्तरता...

वान्तवाको स्मृतिमा विद्यालयमा प्रवेशद्धार

दमक, ९ माघ। झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयका जग्गादाता समेत रहेका पूर्वअध्यक्ष सन्तकुमार वान्तवाको स्मृतिमा उनका परिवारले विद्यालयमा प्रवेशद्धार निर्माण गरिदिएका छन् । कमल ६ बस्ने स्व.वान्तवाको धर्मपत्नी कृष्णकुमारीसहित छोराहरु कमल,गणेश र...

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले भारति र धराबासी सम्मानित हुँदै

विर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनौट गरेको छ । कोषले यसबर्ष झापा घर भई काठमाडौं बस्दै आएकी श्रष्टा अर्चना...

बुद्धशान्तिको होक्सेमा १७ औं चरणमा स्कन्द पुराण लाग्दै

बुधबारे । आनन्देश्वर शिव मन्दिर तथा गुरुकुल संस्कृत पाठशाला बुद्धशान्ति–१ होक्सेको ४८ औं वार्षिकोत्सवको अवसर पारेर विश्व शान्तिको कामना सहित सञ्चालनमा आइरहेको गुरुकुल पाठशालाको स्तरउन्नती, भवन निर्माण तथा मन्दिर घेराबारा गर्ने उद्देश्यले स्कन्द महापुराण...

बुद्धशान्तिमा हात्ती धपाउन साइरन गाडीसहित गस्ती

बुद्धशान्ति । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ ।  विगत एक महिनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन...