दमकमा बृहत रथ यात्रा निकालियो (फोटो फिचर )

हाम्रो दमक

दमक,१८ भदौ / झापाको दमकमा आज बृहत रथ यात्रा निकालिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिगतका बर्षहरुदेखि निकालिंदै आएको रथ यात्रालाई यस बर्ष पनि निरन्तरता दिईएको हो । दिउँसो १ बजे राधा माधव समितिको राधेराधे मन्दिरबाट निकालिएको रथ यात्रामा नगरबासीको ठुलो उपस्थिति रहेको थियो ।

दमकको मुख्य चौकबाट शुरु भई रथयात्रा फर्निचरलाईन ,शंखधर साख्वा चौक, भृकुटीचौक ,फाल्गुनन्द चौक,नगरपालिका,बसपार्कबाट पुनः मुख्य चौकमै आएर बिषर्जन भएको थियो । रथ यात्रालाई बिभिन्न चौकमा नगरबासीले भव्य स्वागत गरेका थिए ।

आ आफ्नो घर अगाडी आकर्षक रंगोली बनाएर पुष्प बृष्टी गर्दै राधाकृष्णको रथलाई नगरबासीले स्वागत गरेका थिए । दमकमा भएको लायन्स क्लबहरुको पहलमा बिभिन्न ठाउँमा पानी बितरणको व्यवस्था मिलाईएको थियो भने रोटरी क्लब अफ दमकले रथ यात्रा अगाडी बढेपछि सरसफाईको काम गरको थियो ।

रथ यात्रामा झिँगु समाज दमक, स्वर्गिक मार्ग संघ दमक, श्री कृष्ण प्रणामी समुदाय दमक, लगायतका बिभिन्न धार्मिक संघसंस्थाहरुको उपस्थिति रहेको थियो ।

उता झापाको दक्षिणी क्षेत्रमा पनि विगत वर्षहरु भैmँ यस वर्ष पनि श्री कृष्ण जन्माष्टमी धुमधाम सँग मनाइएको छ । दक्षिणी क्षेत्रका गौरादह, ग्वालडुब्बा, गौरिगञ्ज र खजुरगाछीका साथै अन्य चोकहरुमा भगवान श्रीकृष्णको मन्दिर बनाई मूर्ति स्थापना गरी पूजा अर्चना गरेका छन् । गएराती भजन किर्तन गरी जाग्राम बसेका भक्तजनहरु आज सोमवार मनोरञ्जनात्मक खेलहरु समेत आयोजना गरिएका छन् ।

त्यसैगरी गौरादहमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा राधाकृष्णको रथ यात्रा निकालिएको छ । श्रीकृष्ण रथयात्रा व्यवस्थापन तदर्थ समितिले रथ यात्रा निकालेको हो । गौरादहमा रहेको राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्राले गौरादह क्षेत्रको परिक्रमा गरेको थियो । त्यसैगरी गौरीगञ्ज गाउँपालिकाको गौरीगञ्ज, खजुरगाछीमा पनि विभिन्न मनोरञ्जनात्मक खेलहरुसहित श्रीकृष्ण जन्माष्टमी धुमधामसंग मनाइएको छ ।

 

सोम, भदौ १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दुर्घटनाका घाईते सहचालकले उपचार पाएनन

‘दमक ,१० माघ । १० महिना अघि काठमाडौंको पेप्सीकोलामा बस दुर्घट्नामा परी सख्त घाईते भएका सहचालक तेह्रथुमको आठराई गाउँपालिका वडा नं २ खाब्लालुङका २६ बर्षिय मनकुमार लकान्द्री उपचार अभावमा भौतारिरहेका छन् । अन्नपूर्ण यातायातको बा...

समाजद्धारा पीडित परिवारलाई सहयोग

शिवसताक्षी,९ माघ । गत कार्तिक ३० गते कुवेतमा हृदयघात भई कुवेतमा निधन भएका झापा, शिवसताक्षी ९ माइधारका ३७ वर्षिय विष्णुकुमार घिमीरेको परिवारलाई झापाली समाज कुवेतले नगद रु १ लाख ५० हजार ५ सय रुपैया...

दमकमा शुक्रवार लिम्बुवान बहस हुदै

दमक, ९ माघ । लिम्बु विद्यार्थी मञ्चले दमकमा माघ ११ गते शुक्रवार लिम्बुवान सम्बन्धी बहस गर्ने भएको छ । लिम्बुवान प्राप्तिको आन्दोलनलाई सघाँउ पुरयाँउन उद्देश्यले लिम्बुवान सम्बन्धी बहस सहित अन्तरकृया गर्ने भएको मञ्चका केन्द्रीय अध्यक्ष...

उत्कृष्ठ विद्यार्थीलाई स्वर्णलक्ष्मीको सम्मान

दमक,९ माघ  । दमक – ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत २ जना उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । दमक –२ स्थित हिमालय नमुना माविको ६३ औं बार्षिकोत्सव कार्यक्रमका बीच...

दमकमा छोराको कुटपिटबाट बाबुको मृत्यु

दमक, ९ माघ । झापाको दमकमा छोराको कुटपीटबाट बाबुको मृत्यु भएको छ । दमक–  ६ स्थित रातो पुल बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपाने वीच घरायसी विषयमा बुधबार दिउँसो झगडा हुदाँ छोराको कुटपीटबाट ५८...

दमकमा बाह् दिने पाँचौ फूडफेस्टिवल हुने

दमक,९ माघ । दमकमा यहि फागुन १ गतेदेखि १२ गतेसम्म पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव २०७५ हुने भएको छ । खाद्य परिकारहरुसहित स्थानीय क्षेत्रको व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्ष समेत फेस्टिवललाई निरन्तरता...

वान्तवाको स्मृतिमा विद्यालयमा प्रवेशद्धार

दमक, ९ माघ। झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयका जग्गादाता समेत रहेका पूर्वअध्यक्ष सन्तकुमार वान्तवाको स्मृतिमा उनका परिवारले विद्यालयमा प्रवेशद्धार निर्माण गरिदिएका छन् । कमल ६ बस्ने स्व.वान्तवाको धर्मपत्नी कृष्णकुमारीसहित छोराहरु कमल,गणेश र...

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले भारति र धराबासी सम्मानित हुँदै

विर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनौट गरेको छ । कोषले यसबर्ष झापा घर भई काठमाडौं बस्दै आएकी श्रष्टा अर्चना...

बुद्धशान्तिको होक्सेमा १७ औं चरणमा स्कन्द पुराण लाग्दै

बुधबारे । आनन्देश्वर शिव मन्दिर तथा गुरुकुल संस्कृत पाठशाला बुद्धशान्ति–१ होक्सेको ४८ औं वार्षिकोत्सवको अवसर पारेर विश्व शान्तिको कामना सहित सञ्चालनमा आइरहेको गुरुकुल पाठशालाको स्तरउन्नती, भवन निर्माण तथा मन्दिर घेराबारा गर्ने उद्देश्यले स्कन्द महापुराण...

बुद्धशान्तिमा हात्ती धपाउन साइरन गाडीसहित गस्ती

बुद्धशान्ति । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ ।  विगत एक महिनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन...