बाल सुबोधिनीद्धारा ७० लाख बढीको सामाजिक परिक्षण सार्बजनिक

हाम्रो दमक

दुहागढी । झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयले सोमबार सामाजिक परीक्षण सार्वजानिक गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रधानाध्यापक विश्व थापाले ७० लाख २३ हजार ६ सय ८६ रुपैयाँ बराबरको आर्थिक बर्ष २०७४/२०७५ को सामाजिक परीक्षण प्रस्तुत गरेका थिए ।

भेलाले सामाजिक परीक्षण सर्वसम्मतबाट अनुमोदन गरेको छ । मेचीनगर नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष शंकर प्रसाद पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगरपरिषद सदस्य लाल महमद मिया, सुबोधिनी आमा समूहकी अध्यक्ष लिला ठकुरी, शिक्षक अभिभावक संघका अध्यक्ष ताज मदिन मिया, बाल क्लबकी अध्यक्ष निशा भुजेल लगायतले मन्तव्य राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत व्यवस्थापन समितिकी सदस्य कृष्णकुमारी सुवेदीले गरेकी थिइन ।

सोम, भदौ १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

पूर्व विद्यार्थी समाजको अध्यक्षमा पौड्याल

शान्तिनगर । झापाको बुद्धशान्तिस्थित शान्ति आदर्श माविमा पूर्व विद्यार्थी समाज गठन गरिएको छ । पूर्व विद्यार्थीको भेलाले शिवकुमार पौड्यालको अध्यक्षतामा पूर्व विद्यार्थी समाज गठन गरेको हो । पौड्याल सो विद्यालयका पूर्व विद्यार्थीका साथै पूर्व प्रधानाध्यापक...

 पत्रकार महासंघको हस्ताक्षर अभियान

झापा, ३ असार । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघले आजबाट देशब्यापी हस्ताक्षर संकलन अभियान सुरु भएको छ । महासंघले तेस्रो चरणको आन्दोलन अन्तर्गत मिटिया काउन्सिल विधेयक फिर्ता गर्न माग...

अन्तत: गुठी विधेयक फिर्ता

काठमाडौं ,३असार । सरकारले विवादस्पद गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी विधेयक स्थगन गरिएको जानकारी दिएकी हुन्। गुठी विधेयकलाई लिएर...

आदिवासी जनजातिलाई खाद्य प्रशोधन तालिम

दमक,३ असार । नेपाल आदिबासी जनजाति महासंघ दमक नगर समन्वय समितिले आयोजना गरेको ५ दिने खाद्य प्रशोधन सम्बन्धी तालिम मंगलवार समापन भएको छ ।दमक नगरका १० वटै वडाका आदिबासी जनजाति समुदायलाई लक्षित गरि आयोजना...

टिफरको ठक्करवाट बालकको मृत्यु

गौरादह,२ असार । टिफरको ठक्करवाट झापाको गौरादहमा सोमबार एक जना बालकको ज्यान गएको छ ।  यसरी ज्यान जानेमा सुनसरीको तरहरा घर हाल गौरादह ७ स्थित आफन्तका घरमा बस्दैआएका १० बर्षिय ओमराज गिरी रहेको इलाका...

प्रदेश एकको ४२ अर्व २० करोड वजेट सार्वजनिक

विराटनगर,१ असार । प्रदेश एक सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्गवोले...

स्वर्णलक्ष्मी शाकोसद्धारा अग्नीपीडित दुई सदस्यलाई राहत

दमक,१ असार । आगोलागी पीडित आफना दुई जना शेयर सदस्य परिवारलाई दमक ८ को स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले नगद राहत प्रदान गरेको छ ।  दमक ५ स्थित आगलागी पीडित अमित किराना पसलका...

इष्टुको प्रदेश समिति चयन

दमक,३२ जेठ । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्रदेश नं. १ प्रदेश कार्यसमिति चयन गरेको छ ।  शिक्षकहरुको पेशागत हकहितमा आवाज उठाउदै आएको इस्टुले यादव अधिकारीको अध्यक्षतामा...

पाडाजुंगीमा कामना बैकको शाखा विस्तार

दमक,३१ जेठ । कामना सेवा विकास बैंकले झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा ८८ औं शाखा विस्तार गरेको छ । विहीवार एक कार्यक्रमका बीच शाखाको बैंकका सञ्चालक विश्वेश्वर सुवेदी, सीईओ प्रविण बस्नेत र बैंकका...

जेसीज तालिम केन्द्रमा ३० लाख बढीका काम

दमक,३० जेठ । दमक जेसीजको एक वर्ष अघि निर्माणाधिन सामुदायिक तालिम केन्द्र भवनमा हालसम्म ३० लाख बढीको काम भएको छ । दमक ८ मा विभिन्न दाताहरुले उपलव्ध गराएको ४ कठ्ठा जमीनमा निर्माणाधिन सुविधासम्पन्न तालिम...