तीज बिशेष कार्यक्रममा जेष्ठ आमाहरुलाई सम्मान ।

हाम्रो दमक

शान्तिनगर । रातो साडी, रातो चुरा र हरियो पोतेमा सजिएका महिलाहरु सोमबार तीजको गीतमा छम्छमी नाच्दै थिए । कोही रमाईलो गफ–गाफमा ब्यस्त । अन्य दिन भन्दा महिलाहरुको अनुहारमा चमक पनि बेग्लै थियो । उनीहरुले आप्mनो सस्कृति एवम् परम्पराप्रति माया दर्शाए । दिनहुँ घर–धन्दाको काममा ब्यस्त रहने महिलाहरु एक दिन भएपनि रमाईलो गर्दै दुख बिर्सदैँ, आपसी सद्भाव र मेलमिलापको सन्देश छरिरहेका थिए ।

बिना भेदभाब समाबेशी ढंगले तीज मिलन कार्यक्रममा महिलाहरुको सहभागिता उत्साह–पुर्वक थियो । झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाई शिवालय मन्दिर परिषरमा सात नम्बर महिला संजाल मुल समितिले आयोजना गरेको तीज मिलन कार्यक्रममा देखिएको दृष्य हो ।

तीजको मौकामा माइतीले चेलीलाई बोलाएर दर खुवाउने चलन अहिले पनि टोल, समाज, बिभिन्न सामाजिक संघ÷संस्था, क्षेत्रिय संगठन, पेसागत संगठन, बिभिन्न राजनीतिक दल हुदै कर्पोरेट हाउससम्म आईपुगेको छ । यो दर ख्वाउने र खाने कुरामा मात्र सिमित छैन्, आपसी प्रेम, सद्भाव, एवम् भाईचारा बढाउने अनि आपसमा रमाउने एउटा दरिलो माध्यम समेत साबित भएको छ ।

सात नम्बर वडा महिला संजाल मुल समितिकी अध्यक्ष बिमला गड्तौलाको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भूर्तेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा ७ नम्बर वडाध्यक्ष मात्रिका प्रसाद पौडेलको बिशेष आतिथ्य र राष्ट्रिय बिजय माबिका पूर्व प्रधानाध्यापक गीता ढुङगानाको बिशेष आतिथ्य रहेको थियो ।

सो कार्यक्रममा स्थानीय जनप्रतिनीधि, बिभिन्न सामाजिक संघ–संस्थाका प्रतिनीधि, राजनीतिक दलका प्रतिनीधि, बुद्धिजीबि, पत्रकार लगायतको उपस्थिती रहेको थियो । सो कार्यक्रममा देशमा जल्दोबल्दो रुपमा देखिएको महिला बलात्कारको बारेमा चेतनामुलक गीत र ‘चमेलीको बेदना’ नामक नाटक प्रस्तुत गरेका थिए । उनीहरुले यस्ता काम गर्नेलाई कडा कार्वाही गर्नुपर्ने र यस्ता घट्ना हुन नदिन चेतनामुलक कार्यक्रम संचालन सरकारी पक्षबाटै हुनुपर्ने माग समेत गरेका छन् । सात नम्बर वडाका १२ वटा महिला समुहले सहभागिता जनाएको सो कार्यक्रममा १२ वटै टोलीले आ–आप्mनो प्रस्तुती राखेका थिए ।

सोही कार्यक्रममा ७ नम्बर वडाका १२ वटा आमा समुहका जेष्ठ आमाहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा रत्नमाया निरौला, पबित्रा आचार्य, कमला दुलाल, कलिमाया गेलाल, दिवाकर गड्तौला, शकिला लिम्बु, तुलसा पोख्रेल, टिका पोख्रेल, गुल्जारो गुप्ता, भद्रमाया गेलाल, कमला भट्टराई, शंखमाया राई रहेका थिए । उनीहरुलाई प्रमुख अतिथी भूर्तेल लगायतले अबिर र दोसल्ला ओडाएर सम्मान गरेकी थिईन् ।

संजालकी सदस्य निर्मला गड्तौलाले स्वागत तथा लिटल स्टार बालक्लबले स्वागत नृत्य प्रस्तुत गरेको सो कार्यक्रममा वडा महिला सदस्य रीतादेबी बराल, रमिता घिमिरे, बिशेष अतिथी ढुङगाना, बिशिष्ट अतिथी ७ नम्बर वडाध्यक्ष पौडेल, प्रमुख अतिथी भूर्तेल लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन साबित्रा आचार्य(निरौला) र निर्मला चौलागाईले संयुक्त रुपमा गरेका थिए ।

सोम, भदौ १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

युनिटी युवा क्लब बर्ने धारागोला भ्यूटावर गोलकपको क्वाटर फाइनलमा ।

शान्तिनगर । युनिटी युवा क्लब बर्ने झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । मंगलबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा खुदुनाबारी युवा क्लब अर्जुनधारालाई २/१ गोल...

चारआली युवा क्लब क्वाटर फाइनलमा प्रबेश ।

शान्तिनगर । प्रतिभा युवा क्लब चारआली झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल कप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । सोमबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे युवा क्लबलाई...

भौगोलीक सुचना प्रणाली सम्बन्धी तालिम सम्पन्न

बिर्तामोड । भौगोलीक सुचना प्रणाली सम्बन्धी  तिन दिने तालिम झापाको बिर्तामोडमा सम्पन्न भएको छ  । वातावरण संरक्षण मच नेपालले आयोजना गरिएको तालिममा झापाका  विभिन्न क्षेत्रबाट आएका बिद्याथीहरुको सहभागिता रहेको थियो । तालिममा कसरी भौगोलीक...

दमक क्याम्पमा लागेको ताला अझै खुलेन

दमक | दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले क्याम्पसमा आइतबार लगाएको तालाबन्दिलाई सोमबार पनि जारी राखेका छन् । उनिहरुले शुक्रबार प्रशासनलाई ४८ घण्टाको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए तर मागको सुनुवाई नभएको भन्दै...

गम्भिर रोग लागेका बिरामीलाई सहयोग

गौरादह,८असोज / झापाको गौरादह नगरपालिकाले नगर भित्रका तिनजना बिपन्न परिवारका बिरामीलाई रु ६१ हजार सहयोग उपलब्ध गराएको छ । बबिना ताजपुरियालाई सहयोग प्रदान गरिदै गौरादह – १ डिठ्ठाचौक निवासी शरिरमा रगत उत्पादन गर्न नसक्ने रोग...

दमकमा रात्रीकालिन बजार शुरु

दमक,८ असोज  /झापाको दमक–६ स्थित नमुना बजारमा आजदेखि रात्रीकालिन वजार सञ्चालनमा आएको छ । आज एक कार्यक्रमबीच नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालिन बजार शुरुवात भएको घोषणा गरे । घोषणा कार्यक्रममा दमक उद्योग वाणिज्य संघ,...

सुर्यदर्शन सहकारीको कारोवार १ अर्ब १२ करोड बढी

दमक,८ असोज / दमक – ६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सोमबार आफ्नो नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रमका वीच सुर्यदर्शन सहकारीले आफ्नो साधारणसभा सम्पन्न...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...

दमकमा यातायात तथा ट्राफिक व्यवस्थापन गरिँदै

दमक् ,७ असोज / दमक क्षेत्रमा यातायात तथा पार्किङ व्यवस्थापन समिति गठन भएको छ । दमक नगरपालिकाले दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई यातायात तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक काम गर्ने अधिकार प्रत्यायोजन गरेसंगै...

‘ विहेको जन्ति र मलामी एकै क्षण बन्यो’

– विष्णु सुब्बा चुलाचुली,७ असोज / घरमा नातीको विहेको रौनक सकिएकै थिएन । रंगीचंगी माहोलमा निम्तालुहरु रमाउँदै थिए । त्यो रमाइलो क्षण केहि समय मात्र रहन पुग्यो । परिवारका ज्येष्ठ सदस्य ८३ बर्षिय हजुरवुवा...