चलचित्र ‘रोज’ २२ गते बाट देशब्यापी रूपमा प्रदर्शन हुँदै

हाम्रो दमक

बिर्तामोड । मोफसल टुरमा रहेको चलचित्र ‘रोज’को टिमले अहिले विभिन्न शहरमा पत्रकार सम्मेलन र कन्सर्टको आयोजना गरिरहेको छ । झापाको बिर्तामोडमा आयोजना भएको कन्सर्टमा नायक प्रदिप खड्काको गज्जबका फ्यान देखिए । २ बजे सुरु भएको कन्सर्टमा आइपुगेका प्रदिपले यूवतीहरुलाई गुलाबको फूल बाँडेका थिए ।

नायक प्रदीप खड्का, नायिका मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दास, हाँस्य कलाकार दिनेश काफ्ले, नवगायिका प्रज्ञा श्रेष्ठ लगायतको टिमले सोमबार बिर्तामोडमा कन्सर्ट सम्पन्न गरेको छ । नायक खड्कालाई भेट्न आएका युवा युवतीहरुलाई उनले स्टेजबाटै थुप्रै गुलाबको फूल, चलचित्रको नाम लेखिएको टिसर्ट बाँडेका थिए ।प्रदिपले कन्सर्टमा दर्शकको उल्लेख्य साथ पाएको भन्दै खुशी जनाए ।

आज (सोमबार) झापाको बिर्तामोडमा कन्सर्ट सकेलगत्तै मोफसलको कन्सर्ट सकिने चलचित्र निर्माण नियन्त्रक बुद्धिलाल मगरले जानकारी दिए । बुद्धिका अनुसार काठमाडौंमा मंगलबार दुई ठाउँमा कन्सर्ट गरेसँगै देशब्यापी कन्सर्ट सकिनेछ । उद्धव पौडेलको प्रस्तुतीमा निरक पौडेलले निर्देशन गरेको यो चलचित्र आउँदो भाद्र २२ गते बाट देशब्यापी रूपमा प्रदर्शन हुँदैछ ।

सोम, भदौ १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले भारति र धराबासी सम्मानित हुँदै

विर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनौट गरेको छ । कोषले यसबर्ष झापा घर भई काठमाडौं बस्दै आएकी श्रष्टा अर्चना...

कोषद्धारा साहित्य तथा पत्रकारिता पुरस्कारको छनौट

विर्तामोड ८ माघ । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनौट गरेको छ । कोषले यसबर्ष झापा घर भई काठमाडौं बस्दै आएकी श्रष्टा...

चलचित्र ‘समर लव’ माघ २५ देखि देशभर प्रदर्शन हुदै

बिर्तामोड । साहित्यकार सुविन भट्टराईको उपन्यास ‘समर लव’मा आधारित चलचित्र ‘समर लव’ यहि माघ २५ देखि देशभर प्रदर्शन हुदैछ । चलचित्र निर्माण पक्षले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रका बारेमा जानकारी दिएको हो...

बिपुल क्षेत्रीको बिर्तामोडमा हुने कन्सर्टको तयारी अन्तिम चरणमा

विर्तामोड । यूवा ढुकढुकी गायक बिपुल क्षेत्रीको आगामी माघ १२ गते शनिबारका दिन बिर्तामोडमा हुने कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । सिन्डिकेट, जुनकिरी असार, देउराली डाँडा जस्ता गित गाएर दर्शकश्रोताको मनमस्तिष्कमा बस्न सफल गायक क्षेत्री...

बिर्तामोडमा ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम

 झापा, माघ ६ । लेट्स रन नेपाल र लेखक भगवती ढुंगेलको संयुक्त आयोजनामा बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच साहित्यकार तथा लेखक भगवती ढुंगेलको दोस्रो कृति ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपन्यास...

गायक सबिन लिम्बुको “मन मिलेपछि” सार्वजनिक (भिडियो सहित)

माघ ६, काठमाडौं । चलचित्र गायनमा ब्यस्त प्रतिभाशाली गायक सबिन लिम्बुको नयाँ गीत ‘मन मिलेपछि’  बोलको नयाँ गीतको भिडियो सहित लेटेस्ट नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।   नेपालको कुलेखानी लगायत विभिन्न मनमोहक स्थानमा...

‘गैंडा टाइम्स’ कदमको दोस्रो कदम

दमक ,२५ पुस । नाटकको लागि कृयाशील कदम थिएटर दमकले माघ १० देखि १४ गतेसम्म दमकमा आफ्नो दोस्रो प्रस्तुतिको रूपमा ‘गैंडा टाइम्स’ नाटक मञ्चन गर्ने भएको छ । कदमले ‘गैंडा टाइम्स’ को ब्यानर सार्वजनिक गर्दै...

गायिका निशुको अर्को कोशेली बजारमा

बुद्धशान्ति । गायिका निशु ढकालको गीत म कहाँ थिएँ यस्तो सार्बजनिक भएको छ । सार्वजनिक गीतमा नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको छ। गायिका ढकालको गजल आइतबार सार्वजनिक भएको हो। झापा बुद्धशान्तिकी गायिका...

पोखरेलको ‘कति राम्री’ [भिडियो सहित]

विदेशमा रही नेपाली गीत संगीतलाई माया गर्ने कलाकार हुन इश्वोर पोखरेल, जसले अस्ट्रेलियामा रहेर पनि बेला बेलामा नेपाली गीतमा आफ्नो स्वर दिएर नेपाली सांगीतिक दुनियामा आफ्नो अलग पहिचान बनाउदै आएका छन्। भर्खरै उनले एक नारायण...

गायक खरेलको ‘त्यही नाता तोडेउ’ गीत सार्बजनिक (भिडियो सहित)

बिर्तामोड । गायक चन्द्र शेखर खरेलको त्यही नाता तोडेउ गीत सार्बजनिक भएको छ । गीत रचनामा पोख्त गीतकार हरि प्रसाद चुडालले रचना गरेको उक्त गीतको संयोजन पनि चुडालले गर्नुभएको हो । युवापुस्तामाझ निकै लोकप्रिय अनि...