१२ लाख बढि भारतीय नोट सहित पूर्वी नाकाबाट नेपाली पक्राउ

हाम्रो दमक

काँकडभिट्टा । पूर्वी नेपालको नाका काँकडभिट्टाबाट भारतीय रुपैयाँ १२ लाख ८० हजार सहित आज बिहान एक नेपाली युवा पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल ,नेपाल गुल्म, राजश्व तथा भन्सार गस्ती सुरक्षा झापा न ८ गुल्म काँकडभिट्टा र भन्सार टोलीले चेकपोईन्टमा चेकजाचको क्रममा भारतबाट नेपाल तर्फ ल्याउदै गर्दा ललितपुरका ३२ वर्षीय रविन्द्र बज्राचार्यको साथबाट सो रकम बरामद गरेको हो ।

चेकजाचको क्रममा शङ्का लागेर चेकजाच गर्दा उनको साथबाट भारतीय नोट ५०,१००,२०० का नोट सहित ठुलो मात्रमा रकम बरामद गरिएको गुल्मका डिएसपी राजेश घिमिरेले जानकारी दिनु भयो । बरामद गरिएको नोट भन्सार सँगको सहकार्यमा आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग काठमाडौँ पठाइएको घिमिरेले बताउनुभयो । झोलामा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा एक्सरे मेसिनबाट चेकजाचको क्रममा यो रकम बरामद गरिएको हो ।

पछिल्लो समय झापा र भारतको पश्चिम बङ्गाल सीमावर्ती बजार क्षेत्रमा विभिन्न आपराधिक घटनाहरू बढ्न थालेको पाइएको छ। काँकडभिट्टा नाकादेखि ७ किलोमिटर उत्तरमा रहेको भारतीय नक्सलबाडी बजार क्षेत्रबाट भारतीय सशस्त्र प्रहरी बल एसएसबीले केही दिनअघि मात्र नेपाली नक्कली नोटसहित एक व्यक्तिलाई पक्राउ गरेको घटना सेलाउन नपाउँदै आज भारतीय नोट सहित नाकाबाट एक जना पक्राउ परेका हुन ।

सोम, भदौ १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

नेपालकै सबैभन्दा ठुलो नुडल्स प्लान्ट झापाबाट ‘मगमग’ चाउचाउको उत्पादन शुरु

झापा | मनसा थाई फुडस् प्रालिले मेची अञ्चलमानै पहिलो पटक ठुलो लगानीमा झापामा ‘मगमग’ चाउचाउ उद्योग सञ्चालनमा ल्याएको छ । मेचीनगर १४ स्थित दुवागढीमा एकसय करोडको लागानीमा अत्याधुनिक प्रविधीको प्रयोग गरि उद्योग सञ्चालनमा ल्याएको प्रालिले...

युनिटी युवा क्लब बर्ने धारागोला भ्यूटावर गोलकपको क्वाटर फाइनलमा ।

शान्तिनगर । युनिटी युवा क्लब बर्ने झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । मंगलबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा खुदुनाबारी युवा क्लब अर्जुनधारालाई २/१ गोल...

चारआली युवा क्लब क्वाटर फाइनलमा प्रबेश ।

शान्तिनगर । प्रतिभा युवा क्लब चारआली झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल कप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । सोमबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे युवा क्लबलाई...

दमक क्याम्पमा लागेको ताला अझै खुलेन

दमक | दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले क्याम्पसमा आइतबार लगाएको तालाबन्दिलाई सोमबार पनि जारी राखेका छन् । उनिहरुले शुक्रबार प्रशासनलाई ४८ घण्टाको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए तर मागको सुनुवाई नभएको भन्दै...

गम्भिर रोग लागेका बिरामीलाई सहयोग

गौरादह,८असोज / झापाको गौरादह नगरपालिकाले नगर भित्रका तिनजना बिपन्न परिवारका बिरामीलाई रु ६१ हजार सहयोग उपलब्ध गराएको छ । बबिना ताजपुरियालाई सहयोग प्रदान गरिदै गौरादह – १ डिठ्ठाचौक निवासी शरिरमा रगत उत्पादन गर्न नसक्ने रोग...

दमकमा रात्रीकालिन बजार शुरु

दमक,८ असोज  /झापाको दमक–६ स्थित नमुना बजारमा आजदेखि रात्रीकालिन वजार सञ्चालनमा आएको छ । आज एक कार्यक्रमबीच नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालिन बजार शुरुवात भएको घोषणा गरे । घोषणा कार्यक्रममा दमक उद्योग वाणिज्य संघ,...

सुर्यदर्शन सहकारीको कारोवार १ अर्ब १२ करोड बढी

दमक,८ असोज / दमक – ६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सोमबार आफ्नो नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रमका वीच सुर्यदर्शन सहकारीले आफ्नो साधारणसभा सम्पन्न...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...

दमकमा यातायात तथा ट्राफिक व्यवस्थापन गरिँदै

दमक् ,७ असोज / दमक क्षेत्रमा यातायात तथा पार्किङ व्यवस्थापन समिति गठन भएको छ । दमक नगरपालिकाले दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई यातायात तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक काम गर्ने अधिकार प्रत्यायोजन गरेसंगै...

रिङालुङको आफनै लगानीमा सडक स्तरन्नति

दमक,७ असोज /  झापाको शिवसताक्षी नगरपालिका वडानम्बर ११ स्थित गुम्बाडाँडादेखि माथिल्लो गाँउ जोडने सड्क स्थानीय एक जना सामाजिक युवा व्यक्तित्वले स्तरन्नति गरिदिएका छन् । बर्षाका कारण सो सडक जीर्णसंगै आवतजावतमा नै समस्या भएपछि युवा संघ...