चुम्लुङ दिवसमा सम्मान तथा पुरस्कार वितरण

हाम्रो दमक

मेचीनगर । किरात याक्थुङ चुम्लुङ मेचीनगर समितिको ३० औँ स्थापना दिबस बिविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । आइतबार किरात याक्थुङ चुम्लुङ मेचीनगर समितिले मेचीनगर–८ इटाभट्टामा लिम्वु सस्कृति झल्कने नृत्य सहित विविध सास्कृतिक कार्यक्रमको आयोजना गरि आफ्नो स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा लिम्वु समुदाय अन्तरगत सामुदायिक विद्यालयवाट उत्कृट अङ्क ल्याएका छात्र तथा छात्रालाई नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा छात्रतर्फवाट बलभद्र जनता माबिका सनम थेवे लिम्वु र छात्रातर्फवाट काँकरभिट्टा माविका सीता लिम्वु रहेका छन् ।

त्यसैगरि आधारभुत लिम्वु लिपि शिक्षण गराउने विभिन्न व्याक्तिलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा मेचीनगर–५ का असलकुमार माङ्मु र सुजाता सम्बाहाम्फे मेचीनगर–६ का हस्त आङ्देम्बे साथै, मेचीनगर–७ का रमना साम्सोहाङ्गे र राजेन्द्र इधिङ्गो रहेका छन् ।

सो अवसरमा वडास्तरिय चेलाङ प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा वडा नम्वर–१३ प्रथम भएको थियो । दोस्रो वडा नम्वर ५ र तेस्रो वडा नम्वर ११ घोषित भए । विजेतालाई क्रमश छ ५ हजार, ३ हजार र २ हजार नगद राशि प्रदान गरिएको किरात याक्थुङ चुम्लुङ मेचीनगरका सचिव विरु वेघाले जानकारी दिए ।

किरात याक्थुङ चुम्लुङ मेचीनगरका अध्यक्ष दिलिपजङ्ग आङदेम्वेको सभापतित्व तथा किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष कमल तिगेलाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा मेचीनगर समितिका पूर्व अध्यक्ष हर्क फ्याक, किरात याक्थुङ चुम्लुङ पूर्व जिल्ला अध्यक्ष भरत आङ्देन्बे, किरात याक्थुङ चुम्लुङ पूर्व केन्द्रिय पार्षद भिम इजम मेचीनगर–८ का वडाध्यक्ष बिकेन्द्र धिमाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

किरात याक्थुङ चुम्लुङ मेचीनगरका उपाध्यक्ष धनप्रसाद केरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन समितिका मेचीनगर सचिव विरहादुर वेगा (विरु)ले गरेका थिए । कार्यक्रममा सहभागि हुनका लागि मेचीनगरका लिम्बू समुदायका व्यक्तिहरु आफ्नो संकस्कृति झल्कने भेषभुषासहित सहभागि भएका थिए ।

सोम, भदौ १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

धर्म/सस्कृति बाट अन्य

झापामा साकेला समापन

दमक,२५ जेठ । किरात राई यायोक्खाले उभौलीका अवसरमा मनाउदै आएको जिल्लाव्यापी साकेला सिली ( नाच) कार्यक्रम यसवर्ष समापन भएको छ । कमल गाँउपालिका ५ स्थित सितापुरी रहेको साकेला थानमा आज जिल्लास्तरिय भव्य कार्यक्रम गरि...

राधा माधवको विवाद मिलाउन कार्यदल

दमक,२२ जेठ । दमकको राधा माधव सेवा समितिको बिबाद मिलाउन वडाध्यक्ष पशुपति राज गौतमका अध्यक्षतामा ९ सदस्सीय समिति गठन गरिएको छ । आज नगरपालिकामा भएको छलफल पछि बिबाद समाधानको लागी सुझाव दिन भन्दै समिति...

जगद्गुरु, जन्मस्थल र यस क्षेत्रको संम्भावना

बुद्धशान्ति । अनन्तश्री विभूषित जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्री ले नेपाल राष्ट्रका धार्मिक निधिहरुको वेद पुराणका प्रमाणका आधारमा आदिगंगा सप्तकौशिकी प्राचीन हरिद्वार वराहक्षेत्र मोहिनीरुप विष्णुले अमृतघटको तर (छाली) बाट स्थापनागरेको रुद्रक्षारण्यको पिण्डेश्वर महादेव र...

महायज्ञमा २८ लाख बढि आम्दानी

बुधबारे । झापाको मेचीनगर –१२ सहरेडाँगीमा रहेको माधव संस्कृत विद्याश्रम एवम् माधवेश्वर शिव पाञ्चायन मन्दिरमा गत चैत्र २ देखि १० चैतसम्म भएको श्रीमद् आनन्द रामायण धन धान्याञ्चल नवाह ज्ञान महायज्ञको आय व्यय सार्वजानिक गरिएको...

तपाईंकी श्रीमति बाँचिरहेकि छिन् है भनेर सुनाइदिनु

जतिवेला उनको प्रेम सम्बन्ध चल्दै थियो त्यतिवेला उनले आफ्ना प्रेमीलाई पटक–पटक भनिन् ‘तपाईं ठूलो जातको हुनुहुन्छ, म सानो जातको, हामीलाई परिवार–समाजले स्विकार गर्न सक्दैन ।’ उनले जति पटक जातकै आधारमा हामी विवाह गर्न सक्दैनौं भनिन्...

अर्जुनधारा धाममा निःशुल्क रात्रीकालीन भोजन खान पाईने

बिर्तामोड। पूर्वको पशुपति नाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीहरुका लागि रात्रीकालीन निःशुल्क भोजन सुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रीकालीन भोजन सुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए । उनले...

क्रिश्चियन धर्मगुरुले भने नेपाल हिन्दु राष्ट्र नै हुनुपर्छ

सुनसरी | विभिन्न धर्मका गुरुहरुले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताएका छन् । सुनसरीको इटहरीमा सोमबार विभिन्न सम्प्रदायका धर्म गुरुहरुले एकै थलोमा उभिएर हिन्दु राष्ट्र घोषणागर्न माग गरेका हुन । इटहरीमा आयोजना हुने धर्म सभाका...

भगवान् बुद्धको २५६३ औं बुद्ध जयन्ती मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज (शनिबार) देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई...

साकेला उभौली शनिवारदेखि मनाईदै

दमक,३ जेठ । किरात राईहरुले झापामा शनिवारदेखि ११ दिनसम्म साकेला उभौली मनाउदै छन् । किरात राई यायोक्खाले जिल्लाका विभिन्न २२ स्थानका सधैका बर्ष झै यसवर्ष पनि साकेला उभौली भव्य रुपमा मनाउने तय गरेका हुन्...

मैनाचुलीमा फाल्गुनन्दको मन्दिर र पत्थरको शालिक निर्माण

चुलाचुली, २९ बैशाख । ईलामको चुलाचुलीमा रहेको मैनाचुलीमा किरात समूदायका महागुरु फाल्गुनन्दको मन्दिर र पत्थरको शालिक निर्माण  गरिएको छ । गाउँपालिकाको ९ लाख रुपैयाँको लागतमा निर्मीत मन्दिरसहित शालिकको इलाम इलाम क्षेत्र नं २ ख...