कांग्रेस झापाका रिक्त पदाधिकारी तथा सदस्य मनोनयन

हाम्रो दमक

दमक,१७ भदौ /नेपाली कांग्रेस झापाले जिल्ला कार्यसमितिमा रिक्त पदाधिकारी तथा सदस्यहरुको मनोनयन गरेको छ । जिल्ला समितिको शनिवार बिर्तामोडमा बसेको बैठकले जिल्ला समितिको सचिव सहित अन्य पदाधिकारी र सदस्यहरुको मनोनयन गरेको हो ।
पार्टीका जिल्ला सभापति उद्धव थापाको अध्यक्षतामा बसेको बैठकले पार्टीको बिधानको धारा १० उपधारा २ क को ३ बमोजिम जिल्ला कार्यसमिति सचिवमा ताराबिर कटुवाल र सह सचिवमा राजेन्द्र भण्डारीलाई चयन गरेको हो ।

त्यस्तै बिधानको उपधारा २ ख को ७ को ख बमोजिम रिक्त रहेको जिल्ला कार्यसमिति सदस्यहरुमा टकबहादुर सुब्बा(भरत), तेजप्रसाद चम्लागाईं, लोकराज ढकाल, राजेन्द्र रिजाल, सिताराम खड्का, दिपम तामाङ, उमाकान्त आचार्यलाई मनोनयन गरेको छ । त्यस्तै अल्पसंख्यक समुदायबाट वडाराम हेमरम र दयानन्द गोस्वामी, आदिवासीबाट फुलवत्ति राजवंशी, जनजाती बाट हुकुमसिंह राई र दलित बाट सुन्दरा ल्वागुनलाई चयन गरेको जिल्ला सचिव प्रेम सम्बाहाम्फेले जानकारी दिए ।

त्यस्तै जिल्ला कार्यसमितिको आमन्त्रित सदस्यहरुमा शिवप्रसाद गिरी, सुर्य ढुंगाना, अनुप कार्की, रेवतीरमण नेपाल, उखारुलाल गणेश, बेदनिधि भट्टराई, पुण्यप्रसाद ओझा, लीलाप्रसाद ढकाल, शेरबहादुर थापा, सन्तोष मेन्याङवो, रामप्रसाद दुलाल, जगन्नाथ राजवंशी, पे्रमबहादुर बस्नेत, बद्रिबहादुर कार्की, दिपिन्द्र थापा, प्रमेत यादव, पिताम्बर दाहाल, शेरबहादुर भट्टराई, हरिकुमार सुवेदी, घनेन्द्रराज योङया र राजनबहादुर ढुंगानालाई चयन गरेको छ ।

बैठकले कृष्णप्रसाद सिटौला, विश्वप्रकाश शर्मा, केशबकुमार बुढाथोकी, सरिता प्रसाईं, नरेन्द्र बिक्रम नेम्माङ, गिरिराज कुमारी प्रसाई, सुधिरकुमार शिवाकोटी, डिल्ली सिटौला, पुर्णानन्द शर्मा, जितबहादुर पुरी, अम्बिकाप्रसाद रिजाल, गोपालकुमार बस्नेत, भक्तिप्रसाद सिटौला, महेन्द्रा सुब्बा, सुरेश सुब्बा, बिरबहादुर प्रसाईं, उदयलाल यादव, प्रेम राई, भारतेन्दुकुमार मल्लिक, कृष्णप्रसाद मिश्र, केदारमणी ढकाल, लिलक सिटौला, विश्वदिप लिङदेन, टेकबहादुर खजुम र भुपाल बस्नेतलाई सल्लाहकारमा चयन गरेको छ ।

आइत, भदौ १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

पूर्व विद्यार्थी समाजको अध्यक्षमा पौड्याल

शान्तिनगर । झापाको बुद्धशान्तिस्थित शान्ति आदर्श माविमा पूर्व विद्यार्थी समाज गठन गरिएको छ । पूर्व विद्यार्थीको भेलाले शिवकुमार पौड्यालको अध्यक्षतामा पूर्व विद्यार्थी समाज गठन गरेको हो । पौड्याल सो विद्यालयका पूर्व विद्यार्थीका साथै पूर्व प्रधानाध्यापक...

कांग्रेसद्धारा १८३ नेतामाथि अनुशासनको कारवाही

    काठमाडौं ,३ असार । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र संघीय संसदका वागी उम्मेदवार ता उनीहरुका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ । साथै पार्टीमा गएर उमेदवार बनेकाहरुको नाम पनि पार्टीको अभिलेखबाट हटाउने अनुशासन...

 पत्रकार महासंघको हस्ताक्षर अभियान

झापा, ३ असार । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघले आजबाट देशब्यापी हस्ताक्षर संकलन अभियान सुरु भएको छ । महासंघले तेस्रो चरणको आन्दोलन अन्तर्गत मिटिया काउन्सिल विधेयक फिर्ता गर्न माग...

अन्तत: गुठी विधेयक फिर्ता

काठमाडौं ,३असार । सरकारले विवादस्पद गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी विधेयक स्थगन गरिएको जानकारी दिएकी हुन्। गुठी विधेयकलाई लिएर...

आदिवासी जनजातिलाई खाद्य प्रशोधन तालिम

दमक,३ असार । नेपाल आदिबासी जनजाति महासंघ दमक नगर समन्वय समितिले आयोजना गरेको ५ दिने खाद्य प्रशोधन सम्बन्धी तालिम मंगलवार समापन भएको छ ।दमक नगरका १० वटै वडाका आदिबासी जनजाति समुदायलाई लक्षित गरि आयोजना...

टिफरको ठक्करवाट बालकको मृत्यु

गौरादह,२ असार । टिफरको ठक्करवाट झापाको गौरादहमा सोमबार एक जना बालकको ज्यान गएको छ ।  यसरी ज्यान जानेमा सुनसरीको तरहरा घर हाल गौरादह ७ स्थित आफन्तका घरमा बस्दैआएका १० बर्षिय ओमराज गिरी रहेको इलाका...

डिएसपीको कुर्सीमा बस्ने भारतीय नागरिक जेल चलान

विर्तामोड ,२ असार । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) को कुर्सीमा बसेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी पुर्पक्षका लागि जेल चलान भएका छन् । भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोडमा...

‘देशमा स्वस्थ्य राजनीतिको खडेरी छ   ’

दमक,१ असार । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले एक,दुई दशक भित्र देशमा नौलो किसिमको परिवर्तन हुनसक्ने वताएका छन् । समय अनुसार देशमा नसोचिएको परिवर्तन हुदैआएको वताउदै उनले अव छिटटै नौलो परिवर्तन आउने...

जात्रीमा दमकमा सार्वजनिक विदाँ

दमक,१ असार । दमक नगरपालिकाले धिमाल जातिको महान पर्व सिरिजात ( जात्री पर्व )को अवसरमा भोलि एक दिनका लागि विदाँ दिएको छ । नगरपालिकाका कार्यवहाक प्रमुख बोधराज न्यौपानेले आज सूचना निकालेर भोलि सोमबार नगर क्षेत्र...

स्वर्णलक्ष्मी शाकोसद्धारा अग्नीपीडित दुई सदस्यलाई राहत

दमक,१ असार । आगोलागी पीडित आफना दुई जना शेयर सदस्य परिवारलाई दमक ८ को स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले नगद राहत प्रदान गरेको छ ।  दमक ५ स्थित आगलागी पीडित अमित किराना पसलका...