म एक सञ्चारकर्मी, राज्यको चौथो अंगको विल्ला भिरेको पहरेदार, रोटि बिनाको खेतालो

केशव राज भण्डारी

केशव राज भण्डारी

भन्न पनि लाज भएर आउँछ समाज वदल्ने प्रयासमा हिँडेको म एक पत्रकार । दिनभरी थोरै विकाइमा धेरै मिहेनत लगाएर आफ्नै सञ्चारमाध्यम लाइ चित्त वुझाउन नसकेको थाकेको ज्यानमा थोत्रो झोला भिरेर हिडेको म एक कामदार ।

ससुरालीमा ज्वाइ त पत्रकार पोत नाम कमाएको म, बेलुका कोठामा पुग्दा श्रीमतीले आज चामल सकिएको छ भन्दा एउटा विस्कुट र तातोपानिमा रातकटाउने लाचारी पति, उफ समाजमा देखिएका कु दृश्य एक कप चिया देखि सानातिना वन्दि खाम हुदै, भटभटेका लागि केहि इन्धन अनि एक प्याक भोड्का र सेकुवामा विकेको मेरो पेशा देखि आजित म, कसरी समाज सुधारको वाटो सम्हाल्न सकुँला, ति सारा दृश्यहरुले वारम्वार घोचिरहने चिहाइरहने मेरो सोचाइमा साथ नदिने मेरौ भुत्ते सञ्चार माध्यमको म एक सिपाहि ।

श्रीमतिले पाँचठाउँ च्यातिएको कुर्ता सम्हाल्दै दिन भरि अमिलो मनका साथ कुरिरहेकी हुन्छीन, निरास भएर घर पुगेको मलाइ उनको आवश्यकता वताउने हिम्मत पनि जुटाउन नसक्ने अरु लाई न्याय दिलाउन हिडेको म वाटै पिडित वनेकी जिवन संगिनीको पति म, श्रीमती लाइ एक आङ राम्रो कपडाको लागि तलवको पर्खाइमा ३ महिना कटाउने म, विवस सञ्चारकर्मी । खराव सँस्कारलाइ सदैव सुधारका लागि पहल गर्ने मलाइ जिन्दगीमा कसै सँग पनि डर लागेन । केवल डर लाग्यो त्यो छोरीको स्कुलले ३ महिनामा पठाउने स्कुल फि सँग ।

ससुरालीमा ज्वाइ त पत्रकार पोत नाम कमाएको म, बेलुका कोठामा पुग्दा श्रीमतीले आज चामल सकिएको छ भन्दा एउटा विस्कुट र तातोपानिमा रातकटाउने लाचारी पति

घर वाहाल समयमा दिन नसकि घरवेटिले वारम्वार तारिक लगाएर घर छाड्न दिएको म्याद लाइ तामेलमा राख्दै भोलि वादमा दिनभरी मनमा ब्यथा भए पनि आफ्नो स्वाभिमानमा उभिएर वाँचेको म । धेरैले सोच्ने गर्छन कसैको रस पिलामा नविक्ने ठुलो पहुँच भएको मान्छे, हरेक कार्यालयका हाकिम सँग हात मिलाउछ, मन्त्रि सँग सिधा उभिएर अन्तरवार्ता लिन्छ । यो सत्य होला तर दृष्टी गुमाएको समाजका लागि सदैव दृष्टिका लागि अपिल गर्ने म आज त्यहि समाजले जन्माएका आफुलाइ पत्रकारको संघ्या दिदै हिँड्ने टिकाउ हैन विकाउ केहि मित्रहरुका कारण हर ठाउँ हर क्षेत्रमा सिर नीहुराएर हिड्न विवस म सञ्चारकर्मी । राजनितीको खोल आढेर खुलेआम नोटमा चिप्लेटि खेल्ने तिनै सञ्चारकर्मीहरु सँग गाँस वास कपास अमिल्दो म हरेक सभा सम्हेलनमा भेडाको वथान भित्र अल्मलिएको हुन्छु ।

मेरो मानस पटलले पटक्कै मान्दैनकी धेरै वाटाहरुमा अलमलमा परे पनि नजानेको वाटो हिँडौँ । साँच्चै दोधारमा हुर्किएको मेरो विचार वदल्ने धेरै साथहरु नपाएको भने होइन तर समाजको ठुलो अभिभारा वोकेको म ति साथहरु नस्विकार्दा आज एक्लै हिँडेको छु । तर मलाइ प्रवाह छैन म आफ्नै स्वाभिमानमा वाँचेको छु । अभावै अभावमा सिर्जिएको म एउटा सञ्चारकर्मीको ठुलो दलदलमा फसेको छु नत कसैले सहयोग गरेर उद्धारनै गर्न सक्छ नत आफैँ छुट्न सक्छु । मेरो समाजका हरेक विषय र शीर्षकलाइ नजिकबाट नियाल्ने गर्छु ति शोसणमा परेका अर्ध मुर्छित लासहरु यत्र तत्र केहि चेतना भएर पनि नभए जस्ता लाचारहरुका भिडमा म निरिह सञ्चारकर्मी अनि मेरै नजिकको सञ्चार माध्यम ।

आज म भुत्ते हतियार वोकेर टुलुटुलु हेरीरहन्छु यि आफ्नै अनि ति सञ्चारकर्मी, सञ्चार माध्यम र नकारात्मक समाजका दृश्यहरु ………….

बुध, भदौ १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

विचार/ब्लग बाट अन्य

भारतसगको ५० को मैत्री तथा शान्ति सन्धि यथावत, मोदी सरकार दङ्ग ओली सरकारका दाँतमा ढुंगा !

डिराज कोइराला भारतीय कृपाबाट बहुदल र गणतन्त्र भित्र्याएर सत्ता कब्जा गर्ने उद्देश्य लिएका यो देशका तात्कालिन अराष्ट्रियतत्व अर्थात टेररिष्टहरूले भारतलाई खुशी राख्नकालागि परराष्ट्र मन्त्रालयको जैसी कोठामा र नारायणहिटी राजदरवारको लाल बाकसमा सुरक्षित रहेको तथाकथित २...

हाम्रो सोच, शरीर र स्वास्थ्य

कुनै विशेष अवसर वा घटनाहरुलाई छोडेर हाम्रो सामान्य दिनचर्यामा के कस्ता अवस्थारपरिस्थितिमा हामी भित्र सुख वा दुस्खको अनुभूति हुने गर्छरु अर्थात हामी कुन अवस्थामा सुखको अनुभुति गर्ने गर्छौ अनि कुन अवस्थामा दुस्खकोरु यस्ता प्रश्नहरुको...

डिएसपी साहेव, नाका निगरानी किन सुस्त, कि सेटिङ्ग भयो ?

खगेन्द्र घिमिरे करिब दश वर्ष भएछ मैले पत्रकारीता गरेको । अझ पूर्वी नाका काँकरभिट्टाको बारेमै केन्द्रित भएर लेख्न थालेको पनि पाँच वर्ष नाघेछ । यो बीचमा प्रहरी प्रशासनमा धेरै प्रमुखहरु फेरिए । सबैले नाकामा हुने...

विद्यार्थी संगठनमा उमेर हदको प्रश्न

निशेष राई सत्यरुप बिगत लामो समयदेखि राजनितीक क्रान्तिको मुलधारमा रहेर आम नागरिकको आवाज बोल्दै अएका विद्यार्थी संगठनहरु पछिल्लो समय निक्कै आलोचित बन्दै गएका छन् । चाहे नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु, अखिल क्रान्तिकारी होस् या...

सरकार हैन संस्कार परिवर्तनको खाँचोे

राणा शासन, राजतन्त्र, प्रजातन्त्र हुँदै आज हामी सङ्घीय लोकतान्त्रिक शासन प्रणालीमा आएका छौँ। ’जनताको, जनताद्वारा र जनताकै हितका लागि बनाइएको शासन प्रणालीलाई लोकतन्त्र भनिन्छ’ भनेर अब्राहम लिङ्कनले भनेका थिए’रे। खैर, यहाँ सम्म आइपुग्नलाई हाम्रा...

बुढी आमाका आशा

संसारका सारा सुखको सुरुवात र समाप्ति आमाको मायामा हुन्छ भन्ने कुरालाई हामीले सुनेका मात्र छैनौँ, धेरैले अनुभव पनि गरेका छौँ। आमा अर्थात हाम्रो जननी, सृष्टिकर्ता। विभिन्न कवि, लेखक, साहित्यकारहरुले आमाको गरिमाका बिषयमा थुप्रै कुरा...

सर्वेन्द्रको रहस्यमय मौनता र खरेलको सम्झना !

सूर्य बस्याल मंगलबार पोखरामा फेरि एउटा बालिकाको बलात्कारपछि हत्या भयो । अब सायदै कुनै यस्तो बार नहोला, जुन दिन नेपालमा बलात्कार र हत्या नभएको होस । देशनै हल्लाएको कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको हत्या...

पाकिस्तानी पीएमका पहलहरु प्रेरणादायक

-रमेश ढकाल पाकिस्तान तेहरिक-ए-इंसाफ (पीटीआई) पार्टीका प्रमुख तथा राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान इमरान खानको नेतृत्वमा गठन भएको पाकिस्तानको नयाँ सरकारको जग हाम्रो देशको दुई तिहाई बहुमत सहितको सरकारको तुलनामा निक्कै नै कम्जोर होला।...

के अचेल मनाउने जस्तै हो त तीजको वास्तविक रुप ?

सविता सापकोटा नेपाली नारीहरुको महान चाड तीज । तीजसँगै माईती गाउँ आउने चेली । सासूको रुखो वचन, नन्दको होच्याउने प्रबृत्ति, जेठानीको हेपाहा बोली, यस्तै पीर मर्का फुकाउने जमघट बन्दै आएको छ तीज । “ आफूलाई...

छोराछोरीहरु प्रति, अभिभावकको भूमिका कस्तो हुनुपर्छ ?

रमेश ढकाल हिजोआज छोराछोरीहरुलाई हुर्काउने बढाउने क्रममा प्राय अधिकांश अभिभावकहरुको एउटै विचार रहने गरेको पाईन्छ यानी “हाम्रा छोराछोरीहरुलाई ति तमाम कुराहरु प्राप्त हुन सकुन जुन हिजो हामीलाई प्राप्त हुन सकेन।” त्यसैले हामी हाम्रा छोराछोरीहरुका...