गरे के हुन्न, ब्यवसायिक बंगुरपालनमा सफल झापा तोपगाछीका सञ्जिब कुमार राई

हाम्रो दमक

केशवराज भण्डारी, झापा

महेन्द्र राजमार्ग अन्तर्गत कमल गाउ“पालिका वडा नं. ४ मा पर्ने चुलाचुली मोड बाट २ किलोमिटर दक्षिण झरे पछि ब्यवस्थित बंगुरपालन फार्म युवा उद्यमी सञ्जिवकुमार राइले सञ्चालन गरेको कुलुङ बंगुर फर्ममा पुगिन्छ । युवा जोस जागरले सञ्चालित ब्यवसायिक बंगुर पालनका लागि गतिलो उदाहरण पेश गर्नु भएका राइको शाहस र हिम्मतले जो कोहिलाई मोहित पार्न सक्छ । ऐले ब्यवसायिक बंगुर पालनको सोच बनाएका उद्यमीहरुका लागि एउटा प्रेरणाको श्रोत बनेको यस फर्ममा दैनिक जसो सरदर ५ देखि ७ जना सम्म कृषकको आवागमन हुने गरेको छ ।

झापा जिल्ला साविक तोपगाछी गा.वि.स. वडा नं. ५ हाल कमल गाउपालिका वडा नं. ४ मा जन्मनु भएका ४६ वर्षिय युवा उद्यमी सञ्जि कुमार राइ नेपालकै पुिर्व क्षेत्रका एक उदाहरणीय कृषि ब्यवसायी हुनुहुन्छ । सुरुवातको स्थिथीती अत्यन्तै नाजुक आर्थिक अवस्थाको सामना गर्नु भएका राइ विगत केहि वर्ष यता ठुलो मिहेनतका साथ सफल कृषक वन्न प्रयत्नसिल हुनुहुन्छ । पारिवारिक अवस्थाका कारण सुरुवातको समयमा दुःख पिडा संग रुमलिदै आफ्नो कृषक पेशालाइ निडर रुपमा अगाडि वढाउनु भएका राइ अथक प्रयास वाट आज समाज अनि राष्ट्रकै नमुना कृषकको रुपमा परिचित हुनुहुन्छ ।

कुलुङ बंगुर फर्म नामक फर्मको विधिवत रुपमा २०६१ साल वाट सुरु भए पश्चात अलि फरक ढंग वाट बंगुर पालनको थालनि गर्नु भएका राइ आज बंगर पालनका क्षेत्रमा एक विषेषज्ञको रुपमा समेत परिचित हुनुहुन्छ । करिव २६ कठ्ठा क्षेत्रफनमा फैलिएको यो बंगुर फर्म भित्र हा“स पालन पनि रहेको देख्न सकिन्छ । सुरुको लगानि रु ५५० रहेको यो बंगुर फर्मको हालको संरचना तथा यहा ब्यवस्थित रुपमा पालिएका बंगुरको लागत आकलन गर्न समेत निक्कै मुस्किल पर्ने देखिन्छ । यस फर्ममा रहेका वंगुरका जात हरुमा हेम्पसायर, ल्यान्द्रइज, योर्कसायर, ड्युरो लगायतका रहेका छन् । करिव ४ करोड लगानि भइकेको यो कुलुङ बंगुर फर्म भित्र वंगुरको हर्रा जात वाट क्रस गरीएको भनिएको वंदेलको समेत पालन गरिएको छ ।

राज्यले डेढ लाखभन्दा बढीको संख्यामा रहेका साना तथा घरेलु उद्योगहरूलाई पनि ५ प्रतिशत ब्याजदरमा ऋण पाउने व्यवस्था गर्ने, प्रत्येक निर्वाचन क्षेत्रमा एउटा औद्योगिक ग्रामको स्थापना गर्ने, साना तथा घरेलु उद्योगहरूलाई नयाँ प्रविधियुक्त बनाउन सहयोग गर्दै काउन्सिलिङको व्यवस्था गर्नसके साना तथा घरेलु त्यसै गरि यस्ता कुलुङ बंगुर फर्म जस्ता ठुला फर्म तथा उद्योगहरूले ठूलो राहत पाउनेछन् । आजको सन्दर्भमा औद्योगिक उत्पादन बढाउने, निर्यात बढाउने र रोजगारी बढाउने क्षमता भएका यी साना, मझौला तथा घरेलु उद्योगहरूलाई राज्यले स्तरीकरण गरेर सहयोग गर्न जरुरी छ ।

कृषि उपज तथा पशु पालनका क्षेत्रमा प्रविधिको विकास भए संगै कृतिम गर्भाधानको पनि विकास भइरहेको छ । यहि कुलुङ वंगुर फर्म हो जस्ले बंगुरको नस्ल सुधार तथा गुणस्तरिय पाठा पाठी उत्पादनका लागि ए.आइ प्रविधि अर्थात कृतिम गर्भाधान गराउने ल्यावको नेपालको पुर्वि क्षेत्रमा पहिलो पटक विकास गरी प्रविधिको क्षेत्रमा समेत निक्कै फड्को मारिरहेकोे छ ।

यसरि गाउ“–गाउ“ अर्थात ठाउ“–ठाउ“मा प्रविधि युक्त तवरले सञ्चालन गरेका कृषि फर्महरुको सवै क्षेत्रमा सफलता हात नपरिरहेको अवस्थामा यो वंगुर फर्म बंगुर पालक कृषक तथा पाल्न चाहने किसानका लागि एउटा अध्ययन केन्द्रको रुपमा लिन सकिने संभावना प्रचुर रहेको छ । कृतिम गर्भाधान (ए.आइ प्रविधि ) यस फर्ममा भित्रिए सँगै फर्म वाट सेवा पुग्ने ठाउ“का सम्पुर्ण कृषक लाइ अव भाले बंगुर पाल्नु पर्ने झन्झट बेहोर्ने समस्या पनि निराकरण भएको छ । नेपाल अधिराज्य भर यहा उत्पादन भएका पाठा पाठि निर्यात हुने हुदा राज्यमा नस्ल सुधार भएका तथा उन्नत जातका बंगुरको सहजता समेत बनिरहेकोे छ ।

यस बंगुर फर्ममा ७ जनाले प्रत्यक्ष रोजगारी गरीरहेका छन् भने यहा पालिएका बंगुरहरु निक्कै राम्ररी फस्टाएका देखिन्छन् । यो फर्म अवलोकन गर्न आउने जो कोही यहा“को भौतिक संरचना देखेर आश्चार्य पर्नु कुनै नौलो कुरा होइन । आधुनिक तवरले निर्माण गरिएका बंगुरका खोरहरुले निक्कै आकर्षक तथा मनमोहक दृश्याअलोकन गर्दाको मजानै फरक हुन्छ ।

कुलुङ बंगुर फर्ममा हाल माउ बंगुरलाइ वढि प्राथमिकता दिइएको छ । जस्ले गर्दा देशमा गुणस्तरीय बंगुर उत्पादन तथा गुणस्तरिय पाठा पाठि प्राप्त गर्ने श्रोत वनेको छ । हाल यस फर्ममा १३५ वटा उन्नत जातका वंगुर तथा क्रस विटका बंदेल समेत रहेका छन् । वर्षमा करिव १८ सय देखि २५ सय सम्म उन्नत पाठा पाठि उत्पादन हुने गरेको कुलुङ बंगुर फर्ममा मासिक खर्च ७ लाख ५० हजार रहने गरेको छ । सुरुवातको अवस्थामा कृषि विकास बैंक मार्फत सानो तिनो ऋण सहयोग पाए पनि फर्म विकसित हुदै गएकाले कृषि विकास वैंकले गर्ने लगानिले नभ्याउने भए पछि अन्य निजि बैंक मार्फत कारोवार गर्ने गर्नु भएका राइ लाइ सुरुको कृषि विकास बैंकको सहयोग लिनको लागि ठुलो संघर्ष गर्नु परेको अनुभव छ । तर ऐले भने ऋण दिने बैंकको होडवाजिनै चलेको छ । बैदेसिक रोजगारीका लागि जो कोहि बिदेसिन लाग्यो भने विग्रीयोस यात सप्रियोस आखा“ चिम्लिएर ऋण प्रवाह गर्ने हाम्रो समाजका संपन्न तथा समाजमा प्रभुत्व जमाएका ब्यक्तिहरुले कृषिमा लगानि गर्ने भनेपछि कुरा सुन्नै नमान्ने तितो यथार्थताका थुप्रै दृष्टान्त हाम्रो सामु यथावत छन् ।

सरकारी सेवा सुविधा समेत वास्तविक किसानले पाउन नसक्दा विकराल वन्नलागेको कृषि क्षेत्र सरकारी क्षेत्रवाट गरेको लगानि भन्दा ब्यत्तीगत रुपमा सञ्चालन गरेका कृषि तथा पशु फर्महरु बास्तवीक वनेको देखिन्छ । केहि समय भारतले लगाएको नाकाबन्दिको असर खेप्नु भएका राइको बंगुरपालन ब्यवसाय विगत ५ वर्ष देखि उत्तिकै रफ्तारमा अगाडि वढेको छ । यसै सन्दर्भमा समय रपरिस्थितिको गतिमा अगाडी वढ्ने क्रममा ब्यवसायिक कृषि उद्यमी सन्जिव कुमार राई चाडै बंगुरको मासुका परिकारहरु प्याकेजिङ्ग गरेर वजारमा ल्याउने तयारीमा समेत जुट्नु भएको छ ।

कृÈि उत्पादन प्रण्ाँलीलाई आधुनिक, सघन, प्रतिष्पर्धी एवं व्यवसायीमुखी बनाउन आवश्यक पर्ने उद्यमशिलता, व्यवसाय प्रवद्र्धन, बजार विकास (भौतिक संरचना तथा बजार सूचना) सम्बन्धी नीति र आन्तरिक बजार तथा निर्यात प्रवद्र्धनमा जोड दिएर नेपालको कृषि जगत लाइ मजवुत वनाउने हो भने कृषि जगतमा नेपालले नया क्रान्ति ल्याउने निश्चित छ । कृषि क्षेत्र अन्य क्षेत्र भन्दा कठिन तथा गहन विषय पनि हो । यस कारण यस क्षेत्रमा नया सोच नया विचार तथा नया प्रविधि भित्रियाएर ब्यवसाइक रुपमा यसको समुचित विकास गर्नु जरुरी छ ।

राज्यले बंगुर पालन, गाइ पालन, भैसि, कुखुरा, माछा, तथा बेमौसमी तरकारी लगायतका उत्पादन क्षेत्रका ४०–५० वटा नमुना योजनाहरू बजेटले घोषणा गरी यसमा साझेदारी सहकारी मार्फत उत्पादन गर्ने किसानलाई अनुदान दिने व्यवस्था गर्नुपर्छ । त्यसै प्रकारले सरकारले प्रदान गरेको ५ प्रतिशतको सस्तो ऋण गाउँघरमा रहेका कृषि सहकारी बैंक तथा लघुवित्त संस्थाहरू र गाउँघरमा रहेका सहकारी संस्थाहरू समेतका माध्यमबाट वास्तविक किसानले यो सुविधा पाउने व्यवस्था हुनुपर्छ । यसको साथै गाउँघरमा गरिबीको रेखामुनि रहेका जनसमुदाय, ग्रामीण महिला, सुकुम्वासी, कमैया, हलियालाई आबद्ध गरी गाउँमा हुने कृषि उत्पादन कार्यमा संलग्न गराउने सहकारीलाई व्यवसाय सुरु गर्न सरकारले बिउ पुजी अनुदान दिने घोषणा गर्नुपर्छ । यसले गाउँघरमा रोजगारी बढाउँछ अनि त्यस सग सगै उत्पादनमा पनि बृद्धि हुन्छ । समग्र अर्थतन्त्रमा नया गति दिन्छ । नेपालले कृषि उत्पादन बढाउने, गाउँघरमा रोजगारी बढाउने सबै उपायहरूको अवलम्बन गर्न जरुरी छ ।

बुध, भदौ १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

क्यान्सरपीडित एनोजलाई १० लाख बढि सहयोग हस्तान्तरण

बिर्तामोड । १७ बर्षिय क्यान्सरपीडित एनोज राईको सहयोगार्थ सामाजिक स्वयम्सेवक नेपाल मिसन झापाको सक्रियतामा अभियानबाट उठेको १० लाख बढी रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ । इलाम माइ-नगरपालिका ९ का एनोजलाई बचाउ अभियान अन्र्तगत सामाजिक...

माङहिमलाई सहयोग हस्तान्तरण

कमल ,११ बैशाख । झापाको कमल ७ स्थित मेमेङ टोलमा निर्माणाधिन किरात युमा माङ्हिमको भवन निर्माणका लागि ६८ हजार बढी सहयोग उपलब्ध गराइएको छ । माङ्हिमलाई सहयोग हस्तान्तरण गर्दै अभियानकर्मी केरुङ् युकेमा बदै आएकी कमल ७...

संसफो झापाको नेतृत्व चयन

दमक,११ बैशाख । सत्तारुढ संघीय समावादी फोरम नेपाल ( संसफो )झापा जिल्ला समन्वय समितिको अध्यक्षमा दिपेनवाला राई चुनिएका छन् ।जिल्लाको दमक नगरीमा हिजो सम्पन्न जिल्ला समन्वय समितिको प्रथम अधिबेशनबाट राईको अध्यक्षतामा सर्वसम्मत ४५ सदस्यीय...

सवारी दुर्घटनामा एक जनाको मृत्यु ,४ घाईते

दमक,१० बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाउँपालिकामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार...

नेकपाका झापा इञ्चार्ज बिर्तामोडमा पक्राउ

बिर्तामोड,१० बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला इञ्चार्ज सौगात कटुवाल सोमबार साँझ पक्राउ परेका छन् । प्रहरीले जिल्ला इञ्चार्ज कटुवालसहित अर्जुन चौहानलाई बिर्तामोड १ को बिर्तामोड आँखा अस्पताल नजिकैबाट पक्राउ गरेको हो...

हलेसी कृषि सहकारी सञ्चालनमा

दमक,१० बैशाख। यहाँस्थित हलेसी कृषि सहकारी संस्था नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमका वीच सहकारीको औपचारिक रुपमा शुभारम्भ गरिएको अध्यक्ष प्रविण चाम्लिङले जानकारी दिए । दमक ७ राधाकृष्ण मन्दिर क्षेत्रमा स्थापना...

स्थानीय सरकारलाई अधिकार माग्दै अपाङ्गता भएका ब्यक्तिहरु

बुद्धशान्ति । अपाङ्ग भएका ब्यक्तिहरुको छाता संगठन बेरोजगार संघर्ष समिति झापाले झापाका १५ वटै स्थानीय तहमा आउँदो नीति तथा कार्यक्रममा अपाङ्गताको सवालहरु समावेश गर्न माग गरेका छन् । पहिलो चरणको अन्तिम कार्यक्रम अनुरुप शुक्रवार...

मेचीनगर गोल्डकपको उद्घाटनमा आयोजक र दाउफिन्स भिड्ने

बिर्तामोड । अफ्रिकन टोली दाउफिन्स एफसी क्यामरुनले मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भिड्ने पक्का भएको छ । प्रतियोगिता वैशाख १२ गते काँकरभिट्टा माविको खेल मैदानमा उद्घाटन हुनेछ । आयोजकले...

नेकपा झापाको अध्यक्षमा पाठक र सचिवमा साङपाङ

दमक,९ बैशाख । त्तत्कालीन नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको झापा जिल्ला अध्यक्षमा चिन्तन पाठक चयन भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि...

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

पाँचथर, ९ वैशाख गते । ट्याक्टर दुर्घटना हुँदा पाँचथरको तुम्बेवा गाउँपालिका १ जरायोटार किरुवा सामुदायिक वनमा आज ट्याक्टरका सहचालकको मृत्यु भएको छ । यासोक मौवा कच्चि सडक खण्डमा यासोकबाट मौवा तर्फ जाँदै गरेको मे...