झापा दमककी सेड्रिंना अभिनित चलचित्र ‘नाइ नभन्नु ल–५’ भदौ ८ बाट

हाम्रो दमक

नेपाली कथानक चलचित्र ‘नाइ नभन्नु ल–५’ यहि भदौ ८ गतेबाट देशभर एक साथ प्रर्दशनमा आउने भएको छ ।

झापा दमककी सेड्रिंना शर्मा अभिनित चलचित्र ‘नाइ नभन्नु ल–५’ आउदो भदौ ८ गतेदेखि देशभरका १ सय ३० भन्दा बढि हलहरुमा एक साथ प्रदर्शनमा आउने भएको हो । प्रेमकथामा आधारित चलचित्र ‘नाइ नभन्नु ल–५’प्रर्दशनमा आउनु अघिनै यसको ट्रेलर युट्युवमा २७ लाख बढि दर्शकहरुले रुचाई सकेका छन । यो चलचित्रलाई माता पाथिभरा फिल्म्स प्रालीले वितरण गर्ने प्रालीका संचालक चैतन्य बरालले बताए।

विक्रम पराजुली, बिकाश कोइराला समेत संचालन रहेको माता पाथिभाराका पूर्वाञ्चल संयोजक बरालका अनुसार चलचित्रले राम्रो व्यापार गर्नेमा ढुक्क छन् । चलचित्रलाई विकाशराज आचार्यले निर्देशन गरेकाहुन् ।

यस अघिका सृखलाबाट राम्रो सफलता हासिल गरिसकेका निर्देशक आयार्यले यो चलचित्रले स्वदेश तथा विदेशसम्म पनि पूर्वाञ्चलको धार्मीक तथा प्राकृतिक पर्यटनमा राम्रो सहयोग गर्ने बताए । झापा दमकमा रहेको पाथिभरा मन्दिर र दमक चलचित्र मन्दिर दुबैमा चलचित्र प्रर्दशनमा आउने संचालक बरालले जानकारी दिए ।

चलचित्रमा झापाका बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मासँगै अभिनेत्री स्वस्तिमा खड्का र अभिषेक नेपालको अभिनय रहेको छ । यसैगरि यो चलचित्रमा दिलिप रायमाझी, प्रियंका कार्की, निरुता सिंह, केकी अधिकारी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङले समेत अभिनय गरेका छन । चलचित्रमा वसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जिसीले सम्पादन गरेका छन्।

चलचित्रको ट्रेलर यस्तो रहेको छ 

बुध, भदौ ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कलिउड बाट अन्य

चलचित्र ‘रोज’ २२ गते बाट देशब्यापी रूपमा प्रदर्शन हुँदै

बिर्तामोड । मोफसल टुरमा रहेको चलचित्र ‘रोज’को टिमले अहिले विभिन्न शहरमा पत्रकार सम्मेलन र कन्सर्टको आयोजना गरिरहेको छ । झापाको बिर्तामोडमा आयोजना भएको कन्सर्टमा नायक प्रदिप खड्काको गज्जबका फ्यान देखिए । २ बजे सुरु...

‘नाइ नभन्नु ल–५’ को एक हप्ताको ब्यापार ३ करोड भन्दा धेरै

यहि भदौ ८ गतेदेखि प्रर्दशनमा आएको नेपाली कथानक चलचित्र ‘नाइ नभन्नु ल–५’ आजसम्ममा ३ करोड माथिको व्यापार गरेको छ । बालकलाकारमा झापा दमककी सेड्रिंना शर्मा अभिनित चलचित्र ‘नाइ नभन्नु ल–५’ आउदो यहि भदौ ८ गतेदेखि...

झापा बुद्धशान्तिका वाङ्गचु लेप्चाको गित सार्वजानिक (भिडियो सहित )

शान्तिनगर । लोपुन्मुख लेप्चा जातिका प्रथम कथाकार झापा बुद्धशान्ति ७ का वाङ्गचु लेप्चा (सुमन) को शव्दमा रचित गित सार्वजानिक गरिएको छ । काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरि गितकार वाङ्गचु लेप्चाको “यो जिन्दगी घुमाउरो बाटो जस्तो...

चलचित्र ब्लाक भदौ १ गते रिलिज हुदै ।

बिर्तामोड । पछिल्लो पुस्ताकि चर्चित अभिनेत्री आचल शर्मा र अभिनेता आकाश श्रेष्ठद्धारा अभिनित नेपाली कथानक चलचित्र ब्लाक भदौ १ गतेबाट रिलिज हुने भएको छ । उक्त चलचित्रको प्रचार प्रसार सुरु गर्न सोमबार झापा आइपुगेका...

‘ब्राण्ड एम्बेस्डर’ बनिन् साम्राज्ञी

झापा | पछिल्लो पुस्तामा सर्वाधिक रुचाइएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ को ‘ब्राण्ड एम्बेस्डर’ का रुपमा नियूक्त भएकी छिन् । उनलाई एक बर्षका लागि एजुकेशन एण्ड माइग्रेसन कर्नरले नियूक्त गरेको हो...

दमकको पाथिभरा चलचित्र मन्दिरमा एकै दिन मंगल र ‘गाजा बाजा’ कस्ले मार्लाबाजी

नगेन्द्रमणि न्यौपाने, दमक केहि दिन अघि सम्मपनि नयाँ नेपाली चलचित्र हेर्नलाई लामो समय कुनुपर्ने हुन्थ्यो । तर पछिल्ला दिनमा आएर नेपाली चलचित्रको निर्माण हुने क्रम बढेसंगै अहिले चलचित्र प्रर्दशनकालागि वितरकहरुलाई हल व्यावस्थापन गर्न हम्मे हम्मे...

फागुन २५ गतेदेखि देशैभरि ‘मंगलम’

दमक,१३ फागुन /  फागुन २५ गतेदेखि देशैभरि छविराज ओझाको ‘मंगलम ’नेपाली फिल्म प्रर्दशनमा आउने भएको छ । आइतबार फिल्मी यूनिटले दमकमा पत्रकार सम्मेलन गरि फागुन २५ गतेदेखि मंगलम आउने जनाएको हो । फिल्मका निर्माता ओझाले...

आजबाट नेपाली चलचित्रमा ‘बक्स अफिस’ लागु

काठमाडौँ, १ फागुन | सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चलचित्रसम्बन्धी कारोवारलाई व्यवस्थित र पारदर्शी बनाउन लागू भएको विद्युतीय टिकेटिङ प्रणाली (बक्स अफिस)ले चलचित्र उद्योगलाई थप व्यावसायिक बनाउने बताउनुभएको छ । नेपाल चलचित्र विकास बोर्डको सक्रियतामा...

देशकालागी क्रान्ति गरेका, क्रान्ति बराईली अब ‘क्रिमिनल’ बन्दै ।

दमक । झट्ट हेर्दा साउथ हिरो महेश बावु जास्तो देखिने यी हुन् झापा दमकका नायक क्रान्ति बराईली । लामो समय देशको क्रान्तिमा बिताएका बराईली माओवादी ‘जनयुद्ध’ ताका लामो समय सम्म जंगलमा बिताए, लडाकुका हुदा...

‘नाइ नभन्नु ल ५’ को नायिकामा दमककी चेली सेड्रिना शर्मा अनुबन्धित, को हुन् उनि ?

दमक | नेपाली चलचित्रको क्षेत्रमा पछिल्लो समय निकै चर्चा कमाउन सफल नेपाली कथानक चलचित्र ‘नाइ नभन्नु ल’ ले प्रर्दशकहरुको अत्याधिक माया र समर्थन पाएपछि पाँचौ संस्करणको ‘नाइ नभन्नु ल ५’ निर्माण हुने भएको छ...