बिर्तामोड मिडटाउन रोटरी र रोट्रयाक्टमा पदस्थापन र हस्तान्तरण सम्पन्न

हाम्रो दमक

बिर्तामोड | ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने अन्तरस्ट्रिय नाराका साथ बिर्तामोड रोटरी र रोट्रयाक्ट मिडटाउनमा पदस्थापन र हस्तान्तरण सम्पन्न कार्यक्रम सम्पन्न भएको छ।

जस अन्तर्गत ‘रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको पाँचौ, रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनको चौथो र इन्ट्राक क्लव अफ देवभूमि’को दोश्रो पदस्थापन कार्यक्रम संयुक्त रुपमा सोमबार सम्पन्न भएको हो ।

रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको अध्यक्ष पदमा शुभ कुमाई पाठक, रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनको अध्यक्षमा सन्नी गोयल र इन्ट्राक क्लव अफ देवभूमिका अध्यक्षमा देव शर्मा चयन भएका छन्।

कार्यक्रममा उच्च मनोबल सहित स्थापना भएको क्लबले छोटो समयमै समाजमा उदाहरणका रुपमा प्रस्तुत भएको भन्दै डिष्ट्रिक गभर्नर (डिजी) चिन्तामणी भटराईले प्रशंशा गरेका थिए।

कार्यक्रमका प्रमुख अथिति डिस्ट्रिक गर्भनर चिन्ता मणि भट्टराईले २०१८/१९ का अध्यक्ष शुभ कुमाई पाठक लाई माइन्यूट, चार्टर प्रमाणपत्र, कोलार माला लगायत रोटरी सामाग्रीका साथ पद तथा जिम्मेवारी हस्तान्तरण गरेका थिए । जिम्मेवारी हस्तान्तरण पश्चात स्वीकारोक्ती मन्तव्यका साथ अध्यक्ष पाठकले आफ्नो टिमको परिचय र पदस्थापना गराइन् ।

त्यस्तै गरी कार्यक्रममा रोट्रयाक्ट क्लव बिर्तामोड मिडटाउनका सस्थापक अध्यक्ष शरद जोशीले वर्ष २०१८/१९ का अध्यक्ष सन्नी गोयललाई माइन्यूट, चार्टर प्रमाणपत्र, कोलार माला लगायत रोट्रयाक्ट सामाग्रीका साथ पद तथा जिम्मेवारी हस्तान्तरण गरेका थिए । जिम्मेवारी हस्तान्तरण पश्चात स्वीकारोक्ती मन्तव्यका साथ अध्यक्ष गोयलले आफ्नो टिमको परिचय र पदस्थापना गराएका थिए ।

इन्ट्राक क्लव अफ देवभूमिका अध्यक्षमा देव शर्मालाई भने रोट्रयाक्ट क्लव बिर्तामोड मिडटाउनकि वर्ष २०१७-१८ कि अध्यक्ष प्रियंका शर्माले माइन्यूट, चार्टर प्रमाणपत्र, कोलार माला लगायत इन्ट्राक सामाग्रीका साथ पद तथा जिम्मेवारी हस्तान्तरण गरेकी थिइन् । जिम्मेवारी हस्तान्तरण पश्चात स्वीकारोक्ती मन्तव्यका साथ अध्यक्ष देव शर्माले आफ्नो टिमको परिचय र पदस्थापन गराएका थिए ।

कार्यक्रममा बिशिस्ट अथिति डिस्ट्रिक गर्भनर रोटारियन चिन्ता मणि भट्टराई, प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख धुर्ब कुमार शिवाकोटी,पि. डि. जी दिपेन्द्र राज श्रेष्ठ, ए.जी किशोर पराजुली डि.आर. सी.सी मेम्बर शरद जोशी लगायत रहेका थिए।
कार्यक्रमको संचालन रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका सचिव दिनेश पोखेरलले गरेका थिए भने स्वागत मन्तब्य रोटरी क्लव अफ बिर्तामोड मिडटाउनकै दोस्रो उपाध्यक्ष दिपेन्द्र पोखरेलले गरेका थिए ।

मङ्ल, भदौ ५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...

युइईमा फूटबल प्रतियोगीता हुने

युएई, ४ फागुन । युएईमा एनआरएनए कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी फेब्रुवरी २२ (फागुन १० गते ) हुने भएको छ । यो युएईका नेपाली समुदायमा ठूलो धनराशीको फुटबल प्रतियोगिता हो । “नेपालीका लागि नेपाली...

दमकको मिशाल वजारमा यङ्गफेस फूटवेयर

दमक ,४ फागुन । दमकको मिशाल वजारमा स्थानीय एक युवाले विदेशी व्राण्डका जुत्ताचप्पल पसल सञ्चालनमा ल्याएका छन् ।गैरआवासीय फूटवेयर कलेक्सनको उद्घाटन गर्दे दमक उवासंघका अध्यक्ष ढकाल नेपाल संघ ( एनआरएन ं) चीनका सचिव समेत रहेका युवा...

खुट्टो काट्नुपरेका बालकलाई अमेरिकाबाट एकलाख

दमक,४ फागुन । अमेरिकाको ओहयो एक्रोनबाट पुनर्वास भएका भुटानी शरणार्थीहरुले भाँच्चिएर खुट्टो काट्नु परेका झापा, दमकका एकजना बालकको उपचारको लागि १ लाख ७ हजार सहयोग गरेका छन् । ओहायोबाट नेपाल आएका उत्तम रसाइली, रनमाया गजमेर,...