छात्र बृत्ति सहितको प्राविधिक शिक्षा झापाको हल्दिवारीमा

केशवराज भण्डारी

झापा | प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने तथ्य लाइ मध्यनजर गर्दै झापा हल्दिवारी गाउँपालीकाले गाउँपालिका क्षेत्र भित्रका प्रत्येक वडा वाट २–२ जनाका दरले १० जना विपन्न तथा अति विपन्न साथै लक्षित समुदायका एस इ इ उत्रिण विद्यार्थीलाइ आवास सहितको निशुल्क प्राविधिक शिक्षा प्रदान गर्ने भएको छ ।

झापाकै कमल गाउँपालिका वडा नं. ७ मा रहेको श्री सरस्वती माद्यमीक विद्यालयमा आवास सहितको खर्च पुर्ण रुपमा हल्दिवारी गाउँपालिकाले ब्यहोर्ने गरी पशु विज्ञान तर्फ विधामा १८ महिने प्राविधिक शिक्षा प्रदान गरिने गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत शन्तोस घिमिरेले वताउनु भयो । सो कार्यक्रम वापत आर्थिक वर्ष २०७५/०७६ का लागि विनियोजन भएको बजेट मार्फत प्राविधिक शिक्षा प्रोत्साहन छात्रबृती कोष बाट खर्च गर्ने गरी रु २० लाख रुपैया ब्यवस्थापन गरिएको पनि अधिकृत घिमिरेले जानकारी गराउनु भयो ।

गाउँपापालिका क्षेत्र वाट छनौट भएका १० जना बिद्यार्थी मध्ये ५ जना विद्यार्थीलाइ पशु शिक्षा तर्फ र वाँकि ५ जनालाई माछा तर्फको विषयमा अध्यापन गराइने बताइएको छ । १८ महिने प्राविधिक शिक्षाका लागि आवश्यक रकम र १ सेट पोशाक खर्च बापतको रकमसोझै विद्यालयको खातामा जम्मा गरिने विद्यालय र गाउँपालिका बिच भएको सामझदारी पत्रमा उल्लेख गरीएको छ । प्रत्येक चौमासिकमा विद्यालयको खातामै दाखिला गरिने गाउँपालिका प्रमूख रविन्द्र प्रसाद लिंदेनले जानकारी गराउनु भयो ।

हल्दिबारी गाउँपालिका क्षेत्रका हरेक बडाका २–२ जना विद्यार्थी छनौटका लागि सम्पुर्ण वडाहरुमा फारम खुल्ला गरीएको छ । फर्म संकलन भए पछि विद्यार्थिका सम्पुर्ण पक्षको अध्ययन पश्चात गाउँपालीका भरी वाट १० जना बिद्यार्थी छनौट गरीने गाउँपालिकाका उपाध्यक्ष डम्बर बहादुर गिरीले जानकारी दिनु भयो । स्थानिय निकायले गरेको प्राविधिक शिक्षामा पुर्ण छात्रबृत्ति सहितको कार्यक्रम संभवत देसकै पहिलो हुन सक्ने देखिएको छ । यसको समुच्चित सदुपयोग हुन सके गाउँपालिकाकै विकासमा सहयोग पुग्ने देखिएको छ ।

मङ्ल, भदौ ५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

बिज्ञान/प्रविधि बाट अन्य

युनिटी युवा क्लब बर्ने धारागोला भ्यूटावर गोलकपको क्वाटर फाइनलमा ।

शान्तिनगर । युनिटी युवा क्लब बर्ने झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । मंगलबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा खुदुनाबारी युवा क्लब अर्जुनधारालाई २/१ गोल...

चारआली युवा क्लब क्वाटर फाइनलमा प्रबेश ।

शान्तिनगर । प्रतिभा युवा क्लब चारआली झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल कप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । सोमबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे युवा क्लबलाई...

दमक क्याम्पमा लागेको ताला अझै खुलेन

दमक | दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले क्याम्पसमा आइतबार लगाएको तालाबन्दिलाई सोमबार पनि जारी राखेका छन् । उनिहरुले शुक्रबार प्रशासनलाई ४८ घण्टाको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए तर मागको सुनुवाई नभएको भन्दै...

गम्भिर रोग लागेका बिरामीलाई सहयोग

गौरादह,८असोज / झापाको गौरादह नगरपालिकाले नगर भित्रका तिनजना बिपन्न परिवारका बिरामीलाई रु ६१ हजार सहयोग उपलब्ध गराएको छ । बबिना ताजपुरियालाई सहयोग प्रदान गरिदै गौरादह – १ डिठ्ठाचौक निवासी शरिरमा रगत उत्पादन गर्न नसक्ने रोग...

दमकमा रात्रीकालिन बजार शुरु

दमक,८ असोज  /झापाको दमक–६ स्थित नमुना बजारमा आजदेखि रात्रीकालिन वजार सञ्चालनमा आएको छ । आज एक कार्यक्रमबीच नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालिन बजार शुरुवात भएको घोषणा गरे । घोषणा कार्यक्रममा दमक उद्योग वाणिज्य संघ,...

सुर्यदर्शन सहकारीको कारोवार १ अर्ब १२ करोड बढी

दमक,८ असोज / दमक – ६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सोमबार आफ्नो नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रमका वीच सुर्यदर्शन सहकारीले आफ्नो साधारणसभा सम्पन्न...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...

दमकमा यातायात तथा ट्राफिक व्यवस्थापन गरिँदै

दमक् ,७ असोज / दमक क्षेत्रमा यातायात तथा पार्किङ व्यवस्थापन समिति गठन भएको छ । दमक नगरपालिकाले दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई यातायात तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक काम गर्ने अधिकार प्रत्यायोजन गरेसंगै...

रिङालुङको आफनै लगानीमा सडक स्तरन्नति

दमक,७ असोज /  झापाको शिवसताक्षी नगरपालिका वडानम्बर ११ स्थित गुम्बाडाँडादेखि माथिल्लो गाँउ जोडने सड्क स्थानीय एक जना सामाजिक युवा व्यक्तित्वले स्तरन्नति गरिदिएका छन् । बर्षाका कारण सो सडक जीर्णसंगै आवतजावतमा नै समस्या भएपछि युवा संघ...

‘मेरो टिभी’ जडानमा नयाँ योजना

दमक,७ असोज / जागृति नेशनल केवल नेटवर्क दमकले ‘मेरो टिभी’ जडानमा नयाँ योजना ल्याएको छ । चाडपर्व लक्षित बिशेष छुटका बारे जानकारीका लागी आज दमकमा र्याली समेत निकालिएको नेटवर्कले जनाएकोछ । टिभीमा डिजिटल सेटअप बक्स...