दमकमा कांग्रेसले शिक्षा नियमावली जलायो

हाम्रो दमक

दमक,३१ साउन / झापाको दमक नगरपालिकाले जारी गरेको शिक्षा नियमावली नेपाली कांग्रेसले जलाएको छ ।
आफ्ना आसेपासेलाई मात्रै खुसी पार्ने उद्देश्यले शिक्षा नियमावली ल्याएको भन्दै कांग्रेसले विहिबार नगरपालिका घेराउ गर्दे सो नियमावलीको पुस्तिका जलाएको हो ।


कांग्रेसका नेता कार्यकर्तासहितको एक टोलीले नगरपालिकामा पुगेर ज्ञापनपत्र बुझाउनुका साथै शिक्षा नियमावली जलाएका हुन् । शिक्षा नियमावलीले बिद्यार्थी र अभिभावकमैत्री नभएको भन्दै कांग्रेसले पटक पटक नियमावली खारेजीको माग गर्दे आएको छ ।
कांग्रेसले उठाएका माग पूरा गर्ने तर्फ नगरपालिकाले चासो नदिएपछि सार्वजनिकस्थलमानै नियमावली जलाउनु परेको कांग्रेस नेतृ तथा संघीय संसद सदस्य महेन्द्रकुमारी सुब्बाले बताइन् ।

दमक नगरपालिकाले ६ महिना अघि शिक्षा नियमावली जारी गरेको थियो । कांग्रेसले सो नियमावली जारी गर्ना साथ विरोध जनाउदै आएको थियो । नगरपालिकाले विरोधका बाबजुद नियमावली कार्यान्वयन गर्न समेत सकेको छैन् । त्यस्तै, त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धा विचाराधिन छ ।
सांसद सुब्बाले प्रदेश सरकारले कानुन बनाउनु भन्दा पहिलानै दमक नगरपालिकाले बिभिन्न ऐन र नियमावली बनाउँदै कार्यान्वयन प्रक्रियामा लैजाने कुरा कानुन सम्मत नभएको भन्दै खारेजीको माग गरिन् । उनले भनिन्,–‘ सत्ता र शक्तिका भरमा जनता मार नीतिको विरुद्ध कांग्रेस सधै आन्दोलित हुने छ ।’

दमक नगरपालिकाले ६ महिना अघि शिक्षा नियमावली जारी गरेको थियो । कांग्रेसले सो नियमावली जारी गर्ना साथ विरोध जनाउदै आएको थियो । नगरपालिकाले विरोधका बाबजुद नियमावली कार्यान्वयन गर्न समेत सकेको छैन् । त्यस्तै, त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धा विचाराधिन छ ।

घेराउपछि आयोजित कोणसभामा कांग्रेस नगर सभापति रोशन विष्टले आफुहरु विकासको बिरोधी नभएको तर नागरिकलाई कुनै सुविधानै नदिई कर मात्रै असुल्ने पक्षमा समर्थन नरहने चेतावनी दिए । जनताको अधिकार रक्षाको लागी कांग्रेस सधैं खबरदारीको पक्षमा उभिने उनको भनाई थियो ।

त्यसैगरी नगरपालिकाले अवैज्ञानिक तरिकाले कर बृद्धि गरेका कारण नगरवासी पीडित भएको भन्दै त्यसलाई कार्यान्वयन गर्न नदिने समेत कांग्रेसले चेतावनी दिएको छ । कांग्रेसले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ,–‘ नगरपालिकाले स्थानीय सरकारको नाममा मनपरी गर्ने छुट कसैलाई छैन्, । जनतालाई जर्वजस्ती अधिकारको नाममा लाद्ने कार्य स्वीकार्य छैन् ।’ कांग्रेसले बुझाएको सो ज्ञापनपत्रमा शिक्षा नियमावली,भूमि आयोगको खारेजीसहित कर र विकास निर्माणमा मनोमानी रोक्न माग गरिएको उल्लेख छ ।

नगरपालिका घेराउ गर्न कांग्रेस महासमिति सदस्य शेरवहादुर भट्टराई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी,महाधिबेशन प्रतिनिधिहरु रेगिना भट्टराई प्रसाई, सत्यनारायण चौधरी,पूर्व सांसद विश्वदिप लिङदेनलगायतका नेता,कार्यकर्ताहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

बिहि, भदौ १, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

झापामा ३३ वटा अवैध मदिरा पसल वन्द

दमक ,४ फागुन । झापालाई मदिरा नियन्त्रित घोषणा गरिएपछि त्यसको प्रभावकारी देखिदैं गएको छ । प्रहरी प्रशासन, व्यवसायी, राज नीतिक दल तथा स्थानीय सरकारहरुको सहमतिमा माघ १ गते देखि जिल्लालाई मदिरा नियन्त्रित घोषणा गरिएको...

झिलझिलेमा इन्जिनियरिङ कलेज बन्ने

झिलझिले,  ४ फागुन। झापाको शिवसताक्षी नगरपालिका ११ स्थित झिलझिलेमा इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । झिलझिलेमा रहेको गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयले इन्जिनियरिङ कलेज स्थापना गर्न लागेको हो । शिलान्यास गर्दे...

दमकमा पर्यटन महोत्सव शुरु

दमक ,१ फागुन । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेशको पर्यटन प्रवद्र्धनका लागि संस्थागत संरचना विकासलाई प्राथमिकता दिईने बताएका छन् । दमकमा बुधबारदेखि आयोजना भएको पाँचौ फूडफेष्टिबल तथा सांस्कृतिक पर्यटन...

दमकको खानेपानी देशकै उत्कृष्ठ

दमक, २९ माघ ।यहाँस्थित दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशकै उत्कृष्ठ खानेपानी संस्थाका रुपमा छनौट भएको छ । आयोजनाको उद्घाटन गर्दे प्रम केपी ओली ( फोटो फायल ) नगर विकास कोषले ऋण लगानी गरेका देशभरिका...

झापाको माइपश्चिममा नै रंगशाला बनाउन माग

दमक, २८ माघ । झापाको दमक नगरपालिका, कमल गाँउपालिका र शिवसतासी नगरपालिकाका खेलकुदसंग सम्बद्ध संस्था तथा खेलाडी हरुले कमल गाँउपालिकाको लखनपुरमा नै सुविधासम्पन्न रंगशाला वनाउन माग गरेका छन् । प्रस्तावित रंगशालालाई अन्यत्र सार्न लागिएको चर्चा...

दमकमा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा

दमक,२७ माघ । होटल व्यवसायी संघको आयोजनामा दमकमा शुरु हुन लागेको पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । यहि फागुन १ गतेदेखि १२ गतेसम्म दमकमा हुन लागेको...

पूर्व राजदम्पत्ती शाह दमकमा

दमक,२३ माघ । पूर्व राजदम्पत्ती आज अपरान्ह झापाको दमक आएका छन् । एक महिने लामो बसाईको कार्यक्रम लिएर पूर्व राजा ज्ञानेन्द्रसहित पूर्व रानी कोमल शाह अपरान्ह ४ बजे तिर दमक आएका हुन् । राष्ट्रिय प्रजातन्त्र...

गौरीगञ्जको कुन्जीवारीमा बम फेला,गाँउले त्रसित

गौरीगञ्ज ,२३ माघ । झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित न्यू युनिभर्सल एकाडेमीलाई लक्षित गर्दै अज्ञात समूहले बम राखेको सूचना दिएपछि अहिले त्यस क्षेत्रको जनजीवन आतकिंत बनेको छ । बाँस झ्याङमा बम जस्तो देखिने शकांस्पद बस्तु विद्यालयको उत्तर...

माघ २६ गते दमकमा मिनी म्याराथन

दमक,२३ माघ ।     झापाको दमकमा यहि माघ २६ गते मिनी म्याराथन प्रतियोगिता हुनेभएको छ । दमक रन समूहले आफनो तेश्रो बार्षिकोत्सवका अवसर पारेर मिनी म्याराथनको आयोजना गर्ने भएको हो । स्वास्थ्यका लागि दौडसहित...

प्रदेशस्तरिय वृहत बाल महोत्सव समापन

दमक,२१ माघ । झापाको दमकमा गत माघ १७ गते देखि शुरु भएको प्रदेशस्तरिय पाँच दिने वृहत बाल महोत्सव सोमबार समापन भएको छ ।वालमैत्री स्थानीय सरकार, हामी सवैको साझा सरोकार भन्ने नारासहित दमक नगरपालिकाको आयोजनामा सञ्चालित...