टिमाई खोलामा बढ्यो तस्करी, प्रहरीकै मिलेमत्तोको आशंका, स्थानीय आक्रोशित

हाम्रो दमक

बिर्तामोड । सरकारले वर्षाको समयमा असार एक गतेदेखि भदौ मसान्तसम्म नदीजन्य वस्तु निकासीमा रोक लगाएपनि झापाको बुद्धशान्ति गाँउपालिकामा रहेको टिमाई खोलामा भने नदीजन्य वस्तु ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी नरोकिएको स्थानियले बताएका छन् ।

टिमाई खोलाबाट प्राकृतिक स्रोतको चरमदोहन भईरहेको भन्दै स्थानिय आक्रोशित समेत भएका छन् । नदीबाट चरम रुपमा उत्खनन् भएका कारण पिउने पानीको मुहान सुक्दै गएको, नहर र पैनीका मुहान उठाउन समस्या भएको र बस्ती समेत जोखिममा परेको भन्दै स्थानिय आक्रोशित भएका हुन् । उनीहरुले नदिजन्य वस्तुको उत्खनन्मा प्रहरीको संलग्नता रहेको दाबी गरेका छन् ।

उक्त नदिबाट नदिजन्य वस्तुहरुको चरम दोहन भएको सुचना पाएपछि केहीदिन अघिमात्रै प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रदेश सांसद गोपाल बुढाथोकी लगायतको टोलि स्थलगत अनुगमनमा गएका थिए । स्थलगत अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दाहालले अवैध तरिकाले प्राकृतिक सम्पदाको दोहन गर्ने छुट कसैलाई नभएको भन्दै दोषीलाई कानुनको दायरामा ल्याउने बताए ।

प्राकृतिक वस्तुहरुको उत्खनन् भइरहदा स्थानियलाई प्रत्यक्ष असर हुने भएकाले सचेत भई राज्यलाई जानकारी दिन उनले आग्रह गरेका छन् । त्यस्तै प्रदेश सांसद बुढाथोकीले उत्खनन्का कारणले त्यस क्षेत्रमा भयावह स्थिती आउने बताए । नियम उल्लंघन गर्नेहरुलाई कानूनी प्रक्रियामा ल्याउने र सार्बजनिक अपराध सम्बन्धि मुद्धा चल्न सक्ने बताए । सबैले नियमको पालना गर्नु पर्छ र नियमनकारी निकायले पनि नियमानुसार कारवाही गर्दछ उनले भने ।

यता गाउँपालिकाका प्रमुख रमेश कुमार भुजेलले स्पष्ट रुपमा यि अधिकार स्थानिय तहलाई आइनसकेको बताए । उनले नदिबाट उत्खनन् गरेर विभिन्न स्थानमा राखेको सामाग्रीहरु स्थानिय तहको जिम्मामा राखिने पनि जनाए ।

नदिजन्य वस्तु उत्खनन् गर्नका लागि भएका वैज्ञानिक अध्ययनअनुसार उत्खनन् नगरी जथाभावी उत्खनन् र निकासी भइरहेको सहभागीले बताएका थिए । ढुवानी व्यवसायी, उत्खनन्मा संलग्न व्यवसायी र प्रशासनको व्याक्तिगत स्वार्थका कारण नदिजन्य वस्तुको दोहन अनियन्त्रित रुपमा भइरहेको भन्दै स्थलगत अनुगमनमा अएका सहभागीले चिन्ता व्यक्त गरेका छन् ।

स्थानीय प्राकृतिक श्रोतमाथिको पहिलो अधिकार स्थानीयकै हुने तर स्थानीय बजारमा अभाव श्रृजना गरी उपभोक्तालाई ठग्ने र दोस्रो बजारमा बिक्री वितरण गरेर दोहोरो नाफा कमाउने प्रवृत्तिको रहेको पाइएको छ । त्यति मात्र होईन कि यस्ता काममा राजनीति गर्ने परम्परा पनि हाम्रो समाजमा रहेको स्थानीयको भनाई छ । राजनीतिक आग्रह पूर्वाग्रहले पनि अनेक समस्या आउने गरेका छन् । यस तर्फ पनि छानविन गर्न स्थानीयले माग गरे ।

वातावरणलाई विशेष ध्यान दिनुपर्ने,वस्तिको जोखिम, पिउने पानीको मुहान सुक्दै जानु, खेतीबालीमा लगाउने पानीको मुहान, वातावरण्ीाय अस्वच्छता, व्यक्तिगत सम्पतिको हानी नोक्सानी आदि कुरामा ध्यान नदिएको स्थानियले आरोप लगाए । प्रहरीको मिलेमतोमा नदीजन्य वस्तुको अवैध दोहन तथा चोरी निकासी भइरहेको भन्दै यसलाई छानबिन गर्न स्थानियले आग्रह गरेका छन् । स्थानियले नदिजन्य वस्तु रोक्न आग्रह गरेको तर अटेर गरि निरन्तर उत्खनन् भएको स्थानियले आरोप लगाएका छन् । सोही ठाँउमा रहेको सशस्त्र प्रहरीले पैसा लिने गरेको स्रोतको दाबी छ । तस्करीमा जनपद प्रहरीको पनि सेटिङ रहेको बताइएको छ ।

जथाभाबी रूपमा नदीको उत्खनन् गरिँदा आसपासका बासिन्दा भने बर्षायाममा हुने बाढी कटानको जोखिममा पर्ने भन्दै चिन्तित भएका छन् । नदीमा धेरै गहिरो गरी जथाभाबी उत्खनन् गरिदैछ, यसले गर्दा हाम्रो खेतीयोग्य जग्गामा समेत पानीको श्रोत सुक्दै गएको उनीहरुको भनाई छ । यसैबिच पैनीका प्रतिनिधिहरु, स्थानिय लगायतले जिल्ला प्रशासन गएर उक्त नदिबाट नदिजन्य सामाग्रीहरु निकाल्न निशेद गर्न भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

बुध, साउन ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

सर्वेन्द्रको रहस्यमय मौनता र खरेलको सम्झना !

सूर्य बस्याल मंगलबार पोखरामा फेरि एउटा बालिकाको बलात्कारपछि हत्या भयो । अब सायदै कुनै यस्तो बार नहोला, जुन दिन नेपालमा बलात्कार र हत्या नभएको होस । देशनै हल्लाएको कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको हत्या...

युनिटी युवा क्लब बर्ने धारागोला भ्यूटावर गोलकपको क्वाटर फाइनलमा ।

शान्तिनगर । युनिटी युवा क्लब बर्ने झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । मंगलबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा खुदुनाबारी युवा क्लब अर्जुनधारालाई २/१ गोल...

चारआली युवा क्लब क्वाटर फाइनलमा प्रबेश ।

शान्तिनगर । प्रतिभा युवा क्लब चारआली झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल कप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । सोमबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे युवा क्लबलाई...

दमक क्याम्पमा लागेको ताला अझै खुलेन

दमक | दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले क्याम्पसमा आइतबार लगाएको तालाबन्दिलाई सोमबार पनि जारी राखेका छन् । उनिहरुले शुक्रबार प्रशासनलाई ४८ घण्टाको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए तर मागको सुनुवाई नभएको भन्दै...

तीन दिन देखि दमकको खानेपानीमा ‘लेदो’

दमक,८ असोज / झापाको दमकका दुई वटा वडामा तीन दिन देखि आइरनयुक्त पानी वितरण हुदैआएको पाईएको छ । खानेपानीको ट्यांकीमा जडित भल्वको समस्याका कारण तीनदिन देखि वितरित पानीमा लेदोसहितको फोहोर पाइएको हो । स्वच्छ पानी...

गम्भिर रोग लागेका बिरामीलाई सहयोग

गौरादह,८असोज / झापाको गौरादह नगरपालिकाले नगर भित्रका तिनजना बिपन्न परिवारका बिरामीलाई रु ६१ हजार सहयोग उपलब्ध गराएको छ । बबिना ताजपुरियालाई सहयोग प्रदान गरिदै गौरादह – १ डिठ्ठाचौक निवासी शरिरमा रगत उत्पादन गर्न नसक्ने रोग...

दमकमा रात्रीकालिन बजार शुरु

दमक,८ असोज  /झापाको दमक–६ स्थित नमुना बजारमा आजदेखि रात्रीकालिन वजार सञ्चालनमा आएको छ । आज एक कार्यक्रमबीच नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालिन बजार शुरुवात भएको घोषणा गरे । घोषणा कार्यक्रममा दमक उद्योग वाणिज्य संघ,...

सुर्यदर्शन सहकारीको कारोवार १ अर्ब १२ करोड बढी

दमक,८ असोज / दमक – ६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सोमबार आफ्नो नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रमका वीच सुर्यदर्शन सहकारीले आफ्नो साधारणसभा सम्पन्न...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...

दमकमा यातायात तथा ट्राफिक व्यवस्थापन गरिँदै

दमक् ,७ असोज / दमक क्षेत्रमा यातायात तथा पार्किङ व्यवस्थापन समिति गठन भएको छ । दमक नगरपालिकाले दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई यातायात तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक काम गर्ने अधिकार प्रत्यायोजन गरेसंगै...