चैतको खडेरीमा पनि नसुक्ने साउनेपानी कुवा मध्य साउनमा सुक्छ

बुद्धशान्ति–६ को टिमाई खोला किनार अग्लो र बाटो पनि नपुगेको भित्रीभागमा रहेको साउने पानीमा एउटा ठुलो अनौठो ढुङ्गा रहेको छ ।

नबिना कुइकेल

नबिना कुइकेल

शान्तिनगर । वर्षै भरी पानी भरीभराउ हुन्छ तर साउन महिना शुरु भएपछी पानी अली कम हुदै जाने र मध्य साउनमा दुइ,तिन दिन पानी सुक्ने पानीले जलामयहुने मध्य बर्खा साउनमा कुवामा पानी सुक्छ भन्दा पत्यार नलाग्न सक्छ, तर झापाको पूर्वोत्तर बुद्धशान्ति गाँउपालिका– ६ बाबरीटारमा अवस्थित साउने पानीको कुवामा चैतको खडेरीमा पनि नसुक्ने पानी मध्ये बर्खाको साउनमा भने सुक्ने गर्छ । भौगोलिक बनावटको लगभग ३४० मिटर उचाइमा रहेको उक्त साउनेपानीको कुवामा साउन महिना बाहेक अरु महिनामा ९अथात वर्षै भरी० पानी भरीभराउ हुन्छ तर साउन महिना शुरु भएपछी पानी अली कम हुदै जाने र मध्य साउनमा दुइ,तिन दिन पानी सुक्ने र बिस्तारै साउन महिनाको अन्तिम तिर पहिलाको जति नै पानी भरभराउ हुने स्थानीयले बताएका छन् ।

बुद्धशान्ति–६ को टिमाई खोला किनार अग्लो र बाटो पनि नपुगेको भित्रीभागमा रहेको साउने पानीमा एउटा ठुलो अनौठो ढुङ्गा रहेको छ । त्यसलाई त्यहाँका स्थानिय बासिन्दाले देबीको थान मानेर सिंहदेवीको रुपमा पुजा गर्ने गर्दै आएका छन् । त्यस देबीलाई पुजा गर्ने गरेकाले देबीको शक्तीले त्यहाँ सधैं पानी रहने गरेको स्थानिय सुकमाया लिम्बुले बताईन । हिन्दु परम्परा अन्तर्गत महिलाहरु साउन छल्न माइत जाने प्रचलन जस्तै देव पनी साउन छल्न आफनो माइत जाने गरेको र त्यस समयमा त्यो कुवामा पानी सुक्ने गरेको मान्यता रहेको बताउँछन स्थानिय हर्क सुब्बा ।

उक्त साउने पानी रहेको स्थान भन्दा अली होचो भागमा लिम्बु जातीको बसोबास रहेको छ ।त्यहाँ करीब २१ परिवार बसोबास गर्दै आएका छन् । ति परिवारले त्यही कुवाको पानी दैनिक जीवनमा प्रयोग गर्छन । करीब चार फुड मात्र गहिरो उक्त कुवाको पानीले करीब नौ विगाह जमिनमा सिचाई समेत गर्ने गरेको स्थानिय कुसुमबीर लिम्बुले बताए । उनी भन्छन् “ पानी यहाँ आईपुग्दैन हामी त्यही कुवाको पानीले धान रोप्छौ,सब्जीहरुमा पनी त्यही पानी लगाएछौ।“ प्रकृति पूजक लिम्बु जातीले अहिले त्यस क्षेत्रको स्ंरक्षण गरीरहेको साउने पानी संरक्षण समितीका अध्यक्ष कुलबहादुर लिम्बुले बताए ।

विस १९१७ सालमा साउने पानी छ भन्ने थाहा भएको तर पहिलो देखिनै रहि आएको स्थानिय डिल्लीराम कुईकेलले बताए । “पहिले साउन १० बाट मात्र पानी उम्रने र्गथ्यो र भदौ १०–१५ मा सुक्ने र्गथ्यो” उनी भन्छन “त्यसलाई ब्यावस्थापन गर्न बिस २०२३ सालको बैशाखे पुर्णिमाको दिन त्यहाँ आसपासका स्थानिय १०–१५ जना भेला भएर रुद्रि, चण्डि पाठ गरी कुवा खन्न् शूरु गरियो, करिब २० फूट खनियो तर पानी देखिएन चिसोपना मात्रै देखियो पून अर्को बर्ष बैशाखे पूर्णिमामा पूजापाठ गरियो र बाखं्राको पाठो भोग लगाइयो अनि कुवा खन्न शूरु गरियो , लगभग ३–४ फूट मात्र खन्दा पानी निस्कियो र त्यो पानि अहिले सम्म सुकेको छैन ।“ विसं २०२३ सालतिर कुवाको वरीपरी एउटा नाग खेलिरहने गरेको उनले बताए ।

हाल बर्षमा एक पटक बैशाखे पुर्णिमामा त्यस क्षेत्रमा पुजा गर्ने गरेको र पुजा गर्दा निखुर एक रङको पाठी भोग लगाई पुजा गर्ने गरेको स्थानिय प्रेम लिम्बुले बताए । परापुर्वाकाल फेरे बुढाको पालादेखी गरीआएको र अहिलेसम्म आफुहरुले त्यसलाई निरन्तरता दिदै आएको उनले बताए । यदी त्यसलाई पुजा नगरे वा नमाने पानी सुक्ने र अन्य हानी नोक्सानी हुने जनविश्वास रही आएको छ ।

बुद्धशान्तीको एक धार्मीक अनी पर्यटकीयस्थल हुने सम्भावना बोकेको साउने पानी कसैले पनी पहल नगरेर ओझेलमा परेको गुनासो पोख्छिन साउने पानी संरक्षण समितीकी सचिव सम्झना लिम्बु । प्रसस्त सम्भावना हुँदा पनी सबैको नजरबाट लुकेको यस क्षेत्रमा संबन्धित निकायको ध्यान जान जरुरी रहेको स्थानीयको भनाई छ ।

मङ्ल, साउन २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

झापामा ३३ वटा अवैध मदिरा पसल वन्द

दमक ,४ फागुन । झापालाई मदिरा नियन्त्रित घोषणा गरिएपछि त्यसको प्रभावकारी देखिदैं गएको छ । प्रहरी प्रशासन, व्यवसायी, राज नीतिक दल तथा स्थानीय सरकारहरुको सहमतिमा माघ १ गते देखि जिल्लालाई मदिरा नियन्त्रित घोषणा गरिएको...

झिलझिलेमा इन्जिनियरिङ कलेज बन्ने

झिलझिले,  ४ फागुन। झापाको शिवसताक्षी नगरपालिका ११ स्थित झिलझिलेमा इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । झिलझिलेमा रहेको गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयले इन्जिनियरिङ कलेज स्थापना गर्न लागेको हो । शिलान्यास गर्दे...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...

खुट्टो काट्नुपरेका बालकलाई अमेरिकाबाट एकलाख

दमक,४ फागुन । अमेरिकाको ओहयो एक्रोनबाट पुनर्वास भएका भुटानी शरणार्थीहरुले भाँच्चिएर खुट्टो काट्नु परेका झापा, दमकका एकजना बालकको उपचारको लागि १ लाख ७ हजार सहयोग गरेका छन् । ओहायोबाट नेपाल आएका उत्तम रसाइली, रनमाया गजमेर,...

घर निर्माणमा जापानीज विद्यार्थीहरुद्धारा श्रमदान

गौरीगञ्ज ,३ फागुन ।   झापाको गौरीगञ्ज गाउँपालिकाका वार्ड नं ६ दमाई डाँडाका दलबहादुर नेपालीको घर निर्माणमा जापानीज विद्यार्थी हरूले श्रमदान गरेका छन् । गौरीगञ्ज गाउँपालिका र ह्याविटेड संस्थामार्फत सहारा नेपालको संयुक्त लगानीमा विपन्न तथा दलित...

दमकमा नगर प्रहरीलाई तालिम शुरु

दमक ,२ फागुन । दमक नगर प्रहरीलाई क्षमताशील वनाउन उद्देश्यले बुधबारदेखि यहाँ एक महिने तालिम शुरु गरिएको छ । नगर प्रहरीको दैनिक कार्यसम्पादनमा सघाँउ पुरयाँउन नगरपालिकासहित इलाका प्रहरी कार्यालय दमकले तालिम सञ्चालन गरेको हो...