जेसीजको आयोजनामा चौधरीको स्मृतिमा अक्षयकोष

हाम्रो दमक

बिर्तामोड,२७ साउन । समाजसेवी तथा राजनीतिज्ञ स्व. काशीलाल चौधरीको स्मृतिमा अक्षयकोषको स्थापना गरिएको छ । अनारमनी पब्लिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने गरी अक्षयकोषको स्थापना गरिएको हो ।

 

वीरता जेसीजका दीर्घकालीन योजना सभापति तथा पूर्वअध्यक्ष राजकुमार पोखरेल र श्रीमती मिना पोखरेलले आफ्नो स्वर्गीय माता कृष्णकुमारी पोखरेलको पुण्य तिथिमा अक्षयकोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

अनारमनी पब्लिक क्याम्पस स्थापनामा संस्थापक सदस्य भई काशीलाल चौधरीले निर्वाह गरेको भूमिकाको कदर गर्दै उनको योगदान र नामलाई भावी पुस्ताको विस्मृतिमा जान नदिन अक्षयकोष स्थापना गरिएको बताइएको छ । आदिवासी नेता चौधरीले सामाजिक क्षेत्रमा समेत पुर्याएको योगदानको अक्षयकोषका लागि रकम हस्तान्तरण समारोहमा चर्चा गरियो ।
वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा पोखरेल, संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत र राष्ट्रिय सभाका पूर्वसांसद डिल्ली सिटौलाले संयुक्त रुपमा उक्त नगद हस्तान्तरण गरेका थिए । क्याम्पस व्यवस्थापन समितिका सदस्यहरु कृष्ण विमली, शिव खरेल र रुद्र सिटौलाले अक्षयकोषका लागि रकम बुझेका थिए । कार्यक्रममा स्व. काशीलाल चौधरीका परिवारबाट कृष्ण चौधरी, विष्णु चौधरी र अरुण चौधरीको आतिथ्य थियो ।

अक्षयकोषका संस्थापक पोखरेलले आगामी बर्ष कोषको रकम दोब्बर बनाइने प्रतिबद्धता जनाएका छन् । हुने खानेले मात्र होइन, हुँदा खानेले पनि आर्थिक अभावकै कारण उच्च शिक्षा हासिल गर्ने अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने सोच स्व. चौधरीको रहेको र त्यसैलाई साकार पार्न स्थापना गरिएको अक्षयकोषमार्फत गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने बताइएको छ । पोखरेलले यसअघि पनि विभिन्न सामाजिक व्यक्तित्वको स्मृतिमा उक्त क्याम्पसमा अक्षयकोषको स्थापना गरिदिएका छन् ।

आइत, साउन २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

आईसीयूका बिरामी बेहोसी अवस्थामै डिस्चार्ज

 झापा ,३० साउन / झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले आईसीयूमा उपचाररत एक बिरामीलाई अचेत अवस्थामै डिस्चार्ज दिएको छ । उपचार खर्च धेरै उठेको बारे आलोचना भएपछि अस्पतालले इलामको रोङ गाउँपालिका ४ का ३३ वर्षीय अरुण तामाङलाई...

रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स उपहार

दमक, ३० साउन / भारतले आफ्नो ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर रेडक्रस झापालाई दुईवटा एम्बुलेन्स दिएको छ । भारतीय स्वतन्त्रता दिवसको अवसरमा दुतावास मार्फत भारत सरकारले झापा रेडक्रसलाई दुई वटा एम्बुलेन्स उपलब्ध गराएको रेडक्रस...

झापामा खसीको मासुमा मूल्यबृद्धि

दमक,३० साउन / झापाका मासु व्यवसायीहरुले खसीको मासुको मूल्य बढाएका छन् । चाडपर्व नजिकिदै गर्दा व्यवसायीहरुले आफनो एकल निर्णयबाट प्रतिकेजीमा रु ५० रुपैया बृद्धि गरेका हुन् । झापा जिल्ला मासु व्यवसायी सघंका नाममा बुधबार स्थानीय...

फूयलको घरबाट अवैध सूर्ति बरामद

गौरादह,३० साउन / झापाको गौरादहमा अबैध रुपमा लुकाइछिपाई राखेको सूर्ति प्रहरीले बरामद गरेको छ । गौरादह नगरपालिका–१ स्थित पदम फुयँलको घरबाट प्रहरीले मंगलबार रु ८० हजार मूल्य बराबरको अवैध सूर्ति बरामद गरेको हो । विशेष...

बेपत्ता दुईजनाको शव फेला

मोरङ, ३० साउन । मोरङ जिल्लाको ग्रामथन गाउँपालिका–३ स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । प्रहरीका अनुसार खोलाले वगाएर वेपत्ता भएका मोङ, रंगेली नगरपालिका–२ बस्ने वर्ष ३५ को...

टिमाई खोलामा बढ्यो तस्करी, प्रहरीकै मिलेमत्तोको आशंका, स्थानीय आक्रोशित

बिर्तामोड । सरकारले वर्षाको समयमा असार एक गतेदेखि भदौ मसान्तसम्म नदीजन्य वस्तु निकासीमा रोक लगाएपनि झापाको बुद्धशान्ति गाँउपालिकामा रहेको टिमाई खोलामा भने नदीजन्य वस्तु ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी नरोकिएको स्थानियले बताएका छन्...

भद्रपुर–७ मा चुम्लुङको समिति

दमक,२९ साउन / किरात याक्थुङ चुम्लुङ भद्रपुर –७ मा वडा समिति विस्तार गरिएको छ । मंगलवार वडा भेलाले सुमन कन्दङ्वाको अध्यक्षतामा ११ सदस्यीय चुम्लुङको वडा समिति गठन गरिएको हो । गठित वडा समितिको उपाध्यक्षमा बम...

खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

उर्लाबारी, २९ साउन । मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको...

बुधमायाले दिइन् माङहिमलाई १० धुर जग्गा

दमक,२९ साउन /  झापाको कमल गाउँपालिका–७ मेमेङ टोलस्थित किरात युमा माङहिम ( मन्दिर )लाई स्थानीय बुधमाया लिम्बुले करिव रु ५ लाख मूल्य बराबरको १० धुर जग्गा दिएकी छन् । माङहिम निर्माणका लागि दाता लिम्बुले आफनो...

सिद्धकाली मन्दिर तोडफोड गरी मूर्तिहरु चोरी

संखुवासभा | संखुवासभाको चैनपुरमा रहेको चर्चित धार्मिक शक्तिपिठ सिद्धकालीको शीवको मन्दिर आईतबार राती तोडफोड गरिएको छ । शीव मन्दिरमा पूजा आरधना गर्न आएका भक्तजनले शिवको मुर्ति तोडफोड गरेर फ्याकिएको अवस्थामा देखेका थिए । मन्दिरको प्राङगणमा...