यौनहिंसा,वलात्कार विरुद्ध विद्यार्थी नेतृत्वको अभियान

हाम्रो दमक

विर्तामोड ,२७ साउन/ झापाका विद्यार्थी नेतृले यौनहिंसा,बलात्कार विरुद्ध स्थानीय तहमा ध्यानाकर्षण गराएका छन् । अनेरास्ववियु र युवा संघको महिला विभागले आइतवार जिल्लाको ४ वटा स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियु केन्द्रीय सदस्य निता घतानीले जानकारी दिइन् ।


बढ्दै गएको यौनहिंसा विरुद्ध सचेतना जगाउने उद्देश्यले सो ध्यानाकर्षण पत्र बुझाइएको उनले बताईन् । दुई संगठनको महिला विभागले अर्जुनधारा,मेचीनगर,विर्तामोड र कनकाई नगरपालिकालाई पहिलो चरणमा ध्यानाकर्षण पत्र बुझाएको निर्मला आचार्य–निरुले जानकारी दिइन् ।
ध्यानाकर्षण गराउँदै यौनहिंसामा संलग्न दोषीलाई कारवाहीका लागि कडा कानुन निर्माण गर्न,अनुसन्धानलाई द्रुत प्रणाली अपनाउन,महिला हिंसामुक्त स्थानीय तह घोषणा गर्न र महिला हिंसा सुनुवाई डेक्स स्थापना गर्न माग गरिएको अनेरास्ववियु महिला विभाग प्रमुख तनुजा दुलालले बताइन् ।
अभियान्ताको ध्यानाकर्षण पत्र बुझ्दै अर्जुनधाराको उपप्रमुख कमला आचार्यले यौनहिंसामा संलग्न दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिने बताएकी छन् । उनले दोषीलाई सार्वजनिक गरेर कारवाहीको अभ्यासको थालनी गर्ने जानकारी दिइन्। अन्तराष्ट्रिय युवा दिवसमा जिल्लाका अगुवा युवा नेतृत्वले झापामा यौनहिंसा विरुद्ध अभियान सञ्चालन गरेर मनाएका छन् । यो अभियान जिल्लाको सबै स्थानीय तह पुर्याइने युवा संघ केन्द्रीय लेखा आयोग सदस्य अनिता कन्दङवाले बताइन् ।

आइत, साउन २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

परिवर्तन हुँदै काठमाडौं उपत्यकाका सार्वजनिक सवारीका रूट

काठमाडौं । यातायात व्यवस्था विभागले अव्यवस्थित रूटका कारण जाम बढेको भन्दै काठमाडौं उपत्यकाको सवारी जाम नियन्त्रण गर्न हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी रूट परिमार्जन गर्ने तयारी गरेको छ। एसियाली विकास बैंकको सहयोगमा सञ्चालित काठमाडौं दिगो...

यस्ता आठ प्रकारका सामाजिक सुरक्षा भत्ता बाँढ्दै सरकार ! कस्ता कस्ता नागरिकले पाउँदैछन भत्ता ?

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष ०७५/७६ मा विभिन्न ८ वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। व्यवस्थापिका संसद्ले पास गरेको सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार यस्तो व्यवस्था हुन लागेको हो  । व्यवस्था...

सर्यो प्राचीन बजार ग्वाल्डुब्बा १०० मिटर पर

ग्वाल्डुब्बा | गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १०० मिटर पुर्व सरेको छ । नया बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ । बजार स्थलमा आवस्यक पर्ने बिजुली,  खानेपानी, सार्बजनिक...

सावधान ! बजारमा छ्याप छ्याप्ती नक्कली नोट, यसरी चिन्ने र बच्ने

काठमाडौं । नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन...

सन्थाल नृत्यमा शिवसताक्षी समूह प्रथम

लखनपुर,४ कातिक /  झापाको कमल गाँउपालिका–५ स्थित मंगलवारे वजारमा आयोजना गरिएको सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समूह प्रथम भएको छ । बडादशैको अवसरमा एकादशीका दिन शनिवार लाग्दै प्रतियोगितात्मक सन्थाल नृत्यमा प्रथम भएसंगै विजेता समूहले नगद...

खुकुरी प्रहार गरी हत्या

मोरङको पथरीशनिश्चरे–८ शुक्रबारेमा धारिलो हतियार प्रहार गरी एक जना व्यक्तिको हत्या भएको छ । शुक्रबार राती १० बजे स्थानिय २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या भएको हो । खड्काको हत्या गरेको अभियोगमा प्रहरीले...

३५ वर्षीया महिलाको हत्या

सप्तरी | सप्तरीको सदरमुकाम राजविराजमा एक महिलाको विभत्र्स हत्या भएको छ । वडा नं.६ स्थित जिल्ला प्रहरी कार्यालयमा दक्षिणतर्फ बाट जोडिएकै घरमा ३५ वर्षीया आशा देवको हत्या भएको हो । बिहान ९ बजेसम्म पनि घरको...

सडकमा परेका खाल्डाखुल्डीका कारण दैनिक दुर्घटनाको जोखिम बढ्दै

धरान | धरानका सडकमा परेका खाल्डाखुल्डीका कारण दिनप्रतिदिन दुर्घटनाको जोखिम बढ्दै गएको छ । खाल्डाखुल्डकै कारण दैनिकजसो साना तथा ठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । धरानका सडक जिर्ण बनेपछि तत्कालीन नगरप्रमुख स्व. तारा...

सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल

दमक | दशै शुरुभएसंगै दुई दिन देखि सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल बढेको छ । अष्टमी देखी दशमीको टिका लगाउने क्रम शुरु नभएसम्म सडक तथा शहर बजारहरु सुनसान बनेका थिए । यसवर्षको...

सजाय सुनाएको २९ वर्षपछि पक्राउ

खोटाङ १ कार्तिक | खोटाङमा कर्तव्य ज्यान मुद्दामा सजाय सुनाइएका अभियुक्त २९ वर्षपछि पक्राउ छन् । २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की असोज...