दमकमा एक वर्षमा ७ सय व्यवसाय थपिए

विष्णु सुब्बा

दमक,२५ साउन / झापाको दमकमा व्यवसायीक आर्कषण बन्दै गएको छ । पूर्वी पहाडदेखि ग्रामीण भेगका मानिसहरु रोजगारी र दमकमा बसाईसरेसंगै व्यापार ,व्यवसायमा दिनानुदिन आर्कषण बन्दै गएको हो ।
दमक उद्योग वाणिज्य संघका अनुसार दमकमा बर्सेनी व्यापार,व्यवसाय थपिने क्रम बढ्दै गएको छ । गएको एक आर्थिक बर्षमा मात्र दमकमा करिव ७ सय व्यवसाय थपिएका छन् ।

 

संघका कार्यालय प्रमुख निरज विष्टले गएको आर्थिक बर्ष २०७४/०७५ का अवधिमा विभिन्न किसिमका ६ सय ८२ वटा व्यवसायीक प्रतिष्ठान दर्ता भएको बताए । थपिएका फर्महरु अधिकांस होटल,किराना, रेडिमेड कपडा, व्यूटीपार्लर लगायतका व्यवसायहरु रहेका छन् । उनले थपिएका नयाँ व्यवसायीहरु दमक बाहिरका बढी भएको पाईएको जानकारी दिए । ‘ दमक बाहिरका व्यवसायीहरु थपिने क्रम उच्च छ’ विष्टले भने ,–‘ जिल्लाका अन्य शहरका वजारका तुलनामा दमकमा व्यवसायीक आर्कषण ह्वातै बढ्ेको छ ।’
सोसंगै दमकमा व्यवसायीक उद्योग,कलकारखना, प्रतिष्ठानहरुको संख्या २ हजार ९४ वटा पुगेको विष्टले जानकारी दिए । दर्ता भएका अधिकांस उद्योग,व्यवसाय मझौला प्रकृतिका छन् भने दर्ताविहीन साना व्यवसाय सञ्चालन गर्नेको संख्या झण्डै आधानै भएको अनुमान संघको छ ।

आर्थिक बर्ष २०७४/०७५ का अवधिमा विभिन्न किसिमका ६ सय ८२ वटा व्यवसायीक प्रतिष्ठान दर्ता भएको बताए । थपिएका फर्महरु अधिकांस होटल,किराना, रेडिमेड कपडा, व्यूटीपार्लर लगायतका व्यवसायहरु रहेका छन् ।

कार्यालयले ती फर्म दर्ता,नविकरणसंगै अन्य आम्दनीमार्फत गएको वर्ष कुल रु ९५ लाख ५६ हजार ३ सय ४१ संकलन गरेको छ ।
संघका अध्यक्ष राजेन्द्र ढकालले दमकमा व्यवसायीक आर्कषण दिनानुदिन बढ्दै गएको बताउँछन् । ‘दमक स्थापित व्यवसायीक केन्द्रका रुपमा विकास हुदै गएको छ’ अध्यक्ष ढकालले भने,–‘ दमक भौगोलिकसंगै पूर्वी पहाडको ग्रामीण क्षेत्रसंग जोड्दिै गएकाले पनि यस नगरीमा दिनानुदिन व्यवसाय गर्नेको संख्या अत्याधिक बढ्दै गएको छ ।’ उनी भन्छन् ,–‘ दमक नगरीमा साना,ठुला एक दर्जन बढी राष्ट्रिय महत्वका पूर्वाधारहरु बनिने क्रममा भएकाले पनि व्यापार,व्यवसायमा यो क्षेत्रले उच्च फड्को मार्देगएको छ ।’ व्यवसायसंगै बैक तथा वित्तिय संस्थाहरु समेत धमाधम थपिदै गएको अध्यक्ष ढकालले जनाएका छन् ।

दमकमा प्रादेशिक स्तरकै औद्योगिक करिडोर, विश्वकै अग्लो बुद्धको मूर्ति, प्रदेशकै ठुलो दमक सभागृह,दमक भ्यूटावरका कामहरु बनिने क्रममा भएकाले पनि यस क्षेत्रमा बसाईसंगै व्यवसायीक आर्कषण भएको हुन सक्ने दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताईन् । उनले भनिन् ,–‘ दमकमा बर्सेनी एक हजार नयाँ घर थपिदै छन्, यसले पनि दमक नगरीको बसाईसंगै व्यवसायीक अवस्था फेरिदै गएको छ ।’

पश्चिममा पूर्वी मोरङ, उत्तरमा इलामको चुलाचुली र दक्षिणमा गौरादह,गौरीगञ्जसहित पूर्वमा माइपश्चिमकै मुख्य वजारमा रुपमा दमक नगरी विस्तार हुदै गएको छ । दैनिक व्यापार,व्यवसायबाहेक दमकमा साप्ताहिक रुपमा बुधबारका दिन पशुहटिया लाग्दैआएको छ ।

                      व्यवसाय हित कोष प्रभावकारी वन्यो

यहाँस्थित दमक उद्योग वाणिज्य संघले व्यवसायीक हितका लागि शुरु गरेको कोष प्रभावकारी बन्दै गएको छ । संघले शुरु गरेको सो कोषको कार्यक्रम देशभरिका उद्योग,वाणिज्य संघमा नै नौलो भएको दावी छ । गतवर्ष देखि शुरु गरिएको सो हितकोष उद्देश्य अनुसार प्रभावकारी वन्दैगएको छ भने कोषमा हालसम्म रु ३४ लाख ७० रुपैया जम्मा भईसकेको संघले जनाएको छ ।
संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार कोषमा अघिल्ला वर्ष रु १५ लाख ५१ हजार ७० रुपैया र गएको आर्थिक बर्ष २०७४/०७५ मा १८ लाख ४९ हजार रुपैया जम्मा भएको छ । संघले अघिल्ला वर्षहरुमा स्थापना गरेको प्राकृतिक प्रकोप कोषलाई थप व्यवस्थित गरेर व्यवसायी हितकोषमा रुपान्तरण गरिएको थियो ।

अध्यक्ष ढकालले व्यवसायका क्रममा हुन सक्नने मानवीय तथा विपतजन्य आकस्स्मिक हुने घटनामा राहत पुर्याँउन सो कोष सञ्चालनमा ल्याईएको बताए । कोष खडा गर्न संघमा आवद्ध नयाँ तथा पूराना सदस्यहरुले आवद्धता तथा नविकरणका क्रममा एकमुष्ठ रु १ हजार जम्मा गरेको उनले जानकारी दिए । कोषको व्याजबाट हितकोष कार्यक्रम सञ्चालन गर्ने उद्देश्य भएको अध्यक्ष ढकाल बताँउछन् । उनले भने,–‘ दुई वर्ष भित्रमा कोषमा कम्तिमा ६० लाख रुपैया जम्मा गर्ने लक्ष्य राखेका छौं ।’
कोषमा प्रत्येक सदस्यले दुई वर्षसम्म हितकोष रकम जम्मा गर्नुपर्ने प्रावधान रहेको अध्यक्ष ढकालले जनाए । हितकोष सञ्चालनका लागि संघले छुट्टै नियमावली तयार गरेर कार्यक्रम शुरु गरिएको उनको भनाई छ ।

कोषले नियमावली तयार गरेर सदस्यहरुलाई राहतका रुपमा रु ५० हजारदेखि १ लाख सम्म सहयोग उपलब्ध गराउदै आएको संघका कार्यालय प्रमुख निरज विष्टले जानकारी दिए । त्यस कोषबाट लक्षित व्यवसायीलाई गएको वर्ष रु १ लाख ५९ हजार ३ सय २५ रुपैया सदस्यहरुलाई वितरण गरिएको थियो । कोष नियमावलीमा सदस्यको मृत्युभएमा विमा वापत १ लाख र प्राकृतिक विपतमा कम्तिमा ५० हजार रुपैया पीडित परिवारलाई दिइने व्यवस्था गरिएको कार्यालय प्रमुख विष्टले बताए । हितकोषमा हालसम्म करिव २ हजार १ सय व्यवसायी आवद्धता भएको संघले जनाएको छ ।

शनि, साउन २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

ट्याक्टर पल्टिदा दुईको मृत्यु

दमक,३० कार्तिक । पाँचथरको रविबाट अदुवा बोकेर झापाको दमक तर्फ आउँदै गरेको ट्याक्टर पल्टिदा दुई जनाको ज्यान गएको छ । दमक–रवि सडक अन्तर्गत इलामको माङ्गसेवुङ्ग गाँउपालिका वडा नम्बर –३ स्थित भञ्याङ्ग खण्डमा भएको ट्याक्टर...

देउँसीभैलीको रकम हाम्रो बालआश्रमलाई

दमक ,३० कार्तिक । यहाँस्थित शुभकामना बचत तथा ऋण सहकारीले देउँसीभैलीबाट संकलन गरेको रकम स्थानीय हाम्रो बाल आश्रमलाई प्रदान गरेको छ । दीपावालीमा सहकारीले निर्माणाधिन आश्रममा सहयोग पुरयाँउन आफना शेयर सदस्यहरुका घरमा देउसीभैली खेलेको...

थापालाई फिर्ता बोलाएर इजरायलको राजदूतमा सिफारिस भईन प्रधानमन्त्री ओलीकी ‘साली’ !

काठमाडौँ । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर इजरायलका लागि राजदूत सिफारिस गरेको छ अञ्जान शाक्यलाई । राप्रपाका नेता थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्...

एकसाथ फिर्ता बोलाईए दुई देशका राजदुत ! यी तीन जनालाई बनाईदैछ ३ देशका राजदुत

काठमाडौं । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । त्यस्तै दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाउने निर्णय भएको छ । राप्रपाका नेता समेत रहेका थापालाई तत्कालिन प्रचण्ड...

मन्त्रिपरिषद् बैठकले उल्टाएको थियो प्रचण्ड सरकारको निर्णय ! निर्णय ढिला सार्वजनिक गर्नुको यस्तो रहस्य

काठमाडौं। सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । राप्रपाका नेता समेत रहेका थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । तर, कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई फिर्ता बोलाउने...

आखिर के रहेछ त एक सातासम्म लुकाएर सार्वजनिक गरिएको मन्त्रिपरिषदको निर्णयमा ?

काठमाडौं, २९ कार्तिक । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । राप्रपाका नेता समेत रहेका थापालाई प्रचण्ड सरकारले राजदूत बनाएको थियो । तर, कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई फिर्ता...

संसद भवनभित्रै सांसदहरुबीच हात हालाहालदेखि लात हानाहानसम्म !

श्रीलंका। संसद भवनभित्रै सदन चलिरहेको बेला सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा सरकार पक्षधर र विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट...

भारतसगको ५० को मैत्री तथा शान्ति सन्धि यथावत, मोदी सरकार दङ्ग ओली सरकारका दाँतमा ढुंगा !

डिराज कोइराला भारतीय कृपाबाट बहुदल र गणतन्त्र भित्र्याएर सत्ता कब्जा गर्ने उद्देश्य लिएका यो देशका तात्कालिन अराष्ट्रियतत्व अर्थात टेररिष्टहरूले भारतलाई खुशी राख्नकालागि परराष्ट्र मन्त्रालयको जैसी कोठामा र नारायणहिटी राजदरवारको लाल बाकसमा सुरक्षित रहेको तथाकथित २...

वर्तमान नेतृत्वबाट पार्टी बलियो हुदैन : डा. रिजाल

दमक,२८कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले कांगे्रसको वर्तमान नेतृत्वबाट पार्टी बलियो हुन नसक्ने जिकीर गरेका छन् । कांग्रेसलाई अव वलियो वनाउन सभापति शेरवहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका पाका...

सातै प्रदेशका रोजगारदाता अनिवार्य सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनुपर्ने !यसरी हुन् सकिन्छ सुचिकृत

काठमाडौँ। सामाजिक सुरक्षा कोषले मुलुकभरका रोजगार दाताहरुलाई कोषमा अनिवार्य सूचीत हुन आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा १९...