मन्दिरका सचिव विष्ट र सदस्य भण्डारी कारवाहीमा

हाम्रो दमक

दमक,२४ साउन/ मन्दिर निर्माणमा आर्थिक अनियमितता गरेको आरोपमा दमकको एक मन्दिरका सचिव र सदस्य कारवाहीमा परेका छन् । दमक–१० स्थित शिव मन्दिर निर्माणको क्रममा आर्थिक अनियमितता भएको पाईएपछि मन्दिरका सचिव चन्द्रवहादुर विष्ट र सदस्य नारद भण्डारी कारवाहीमा परेका हुन् ।


विहिबार उपभोक्तासहित मन्दिर समितिको संयुक्त बैठकले द्धयले मन्दिर निर्माण आर्थिक अनियमिता गरेको भन्दै समितिबाट निष्कासन गर्नुका साथै सम्पूर्ण हिसाब १५ दिन भित्र बुझाउन निर्देशन दिएको छ । आरोपी द्वयले समिति र ठेकेदार कसैसंग सल्लाहनै नगरी बजार मूल्य भन्दा धेरै मूल्यमा तार जाली खरिद गरेको, बिल भर्पाई पनि समितिमा नबुझाएको लगायतका कारणले गर्दा अनियमिता गरेको ठहर गर्दै दुवै जनालाई मन्दिर समितिको कुनै पनि पदमा रहन अयोग्य ठहर गर्दै निष्कासन गरिएको मन्दिर समितिका अध्यक्ष रामप्रसाद लुईंटेलले जानकारी दिए ।
निर्माण समितिका सचिव विष्ट र सदस्य भण्डारीले बजारमा ३० रुपैयाँ स्क्वायर फिटमा पाईने तार जाली ४० रुपैयाँ स्क्वायर फिटमा ल्याएको भन्दै बिल देखाएको र उपभोक्ताले बिरोध गरेपछि पुन ३६ रुपैयाँ स्क्वायर फिटको खरिद विल ल्याएका थिए । स्रोतका अनुसार तारजाली खरिद गर्न २ लाख १ हजार रुपैयाँको ठेक्का संझौता भएको थियो ।

तर मन्दिरको तार जाली खरिदमा समितिका मार्फतनै अनियमिता भएको कारण घेराबारा निर्माण कार्य रोकिएपछि उपभोक्ताले बिरोध गर्दा बचाउ गर्दे प्रतिवाद गरिआएका थिए । नेकपा सम्बद्ध दुवै आरोपीले आफुहरुको सरकार रहेकाले कसैले केहि गर्न नसक्ने भन्दै धम्क्याउँदै आएका स्रोतले बतायो । तर दुवै आरोपीले त्यसको खण्डन गरिआएका छन् ।

बिष्ट र भण्डारीले तार जाली खरिद गर्दा भ्रष्टार गरेको पाईएपछि उपभोक्ताको चर्काे दबाबपछि समितिले आरोपी दुवै जनालाई कारबाही गर्न बाँध्य भएको जनाईएको छ । त्यस्तै भेलाले ७ दिन भित्रमा मन्दिरको निर्माणाधिन कार्य सम्पन्न गर्न ठेकेदारलाई निर्देशन गर्ने दिने निर्णय गरेको मन्दिर अध्यक्ष लुईंटेलले जानकारी दिए ।

बिहि, साउन २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

वडादशैँको मौलिकता हराउँदै

नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हँुदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ । पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्वपूर्ण पर्व बडादशैँमा अर्काको...

दमकको चौंकमा राखिएका गमलाका फूलहरु मर्न थाले

दमक,३ कातिक / संरक्षणमा चासो नदिदाँ झापाको दमकमा सडक आसपास रोपिएका फूलहरु मर्न थालेका छन् । पानी तथा मल समयमा दिन नसक्दा अधिकांस गमलाका फूलहरु मर्न थालेका हुन् । मुख्यतय दमक चौंकको सडक पेटिहरुमा राखिएका...

के दशैँ, के तिहार ! आफन्तबाट टाढिएका भुटानी शरणार्थीहरुको जिवन काहाली लाग्दो बन्दै

दमक | पुर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरहरुमा करिब तिन दशकयता शरणागत भुटानी शरर्णाीहरुको यस वर्षको दँशै पनि खल्लो बनेकोछ । तेस्रो देश पूर्नवासशुरु भएयता हाल शिविरमा विभिन्न कारणले परिवार संग विछोडिए छु्टेका शरणार्थीहरुको...

दमकमा मात्र ३५ करोड बढिको मासु खपत

दमक | अन्य दिनको तुलनामा चाडपर्वको समयमा बजारमा अत्याधिक मासु खपत हुने गरेको छ । बडदो शहरीकरण संगै बदलिदो मानिसको आधुनिक जिवन शैली ले गर्दा आफुले घरमा पशु बली दिने चलन हराउदै जाँदा बजार...

यो सरकारलाई देवीशक्तिको आशिर्वाद मिलेको छ: प्रधानमन्त्री

झापा, कात्तिक १, | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई देवीशक्तिको पनि आशिर्वाद मिलेको बताउनु भएको छ । विहिबार झापाको बिर्तामोडमा आफैले आयोजना गरेको दसैं शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले आफु...

दशैंमा मेलाको उल्लास

दमक, ३१ असोज / झापामा यसवर्षको दशैं मेला शुरु भएको छ । विशेषत दशैंका अवसरमा लाग्दैआएका यस्ता परम्परागत मेलाहरु जिल्लामा शुरु भईसकेका छन् । घटस्थापनादेखि औपचारिक रुपमा शुरु हुने दशै मेला नवमीदेखि पूर्णिमासम्म बढी लाग्दैआएका...

हिमशिखर मिडियाको दशै विशेष शुभकामना आदान प्रदान तथा चियापान समारोह

दमक | झापाको दमकमा रहेको हिमशिखर मिडिया ग्रुपले आज दमकमा दशै विशेष शुभकामना आदान प्रदान तथा चियापान समारोह सम्पन्न गरेको छ । मोफसलमा रहेर करिब एक दशकयता स्थानीय स्तर देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर...

आफ्नै देशमा छ, करोडको कारोवार हुने अल्लोको कपडा

संखुवासभा | प्रख्यात कोसेलीका रुपमा परिचित अल्लोको कपडाको माग बिदेशमा समेत बढेको छ । अलैची र कृषि पेसा घाटा लागेपछि अल्लो ब्यवसायले आकर्षित बनाएको छ । सभापोखरी गाउँपालिका विश्व लिम्बूले अल्लोको कपडा सिलाइ लिएपछि उनले...

संवाद लगत्तै बिर्तामोड बजारको अनुगमन

बिर्तामोड, असोज २९।  उपभोक्ता अधिकारका लागि जिल्लास्तरीय सरोकारवालाको टोलीले आज सोमबार झापाको बिर्तामोड बजारमा अनुगमन गरेको छ । संवाद समूहमा भएको छलफल लगत्तै त्यहाँ व्यक्त प्रतिबद्धता तत्कालै कार्यान्वयनका लागि टोलीले बजार अनुगमन गरेको थियो ।...

घटस्थापना अवसरमा ठाँउ– ठाँउमा सरसफाई ( फोटो फिचर )

दमक,२४ असोज/  घटस्थापनाका अवसर पारेर आज दमकसहित जिल्लाका विभिन्न क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भएका छन् । आफनो गाँउ,ठाँउलाई सधै सफासुग्घर राखौं भन्ने जनचेतनाका साथ विभिन्न संघसंस्थाहरुले सामूहिक रुपमा सरसफाईको आयोजना गरेका हुन् । यसैक्रममा कमल गाउँपालिका–५...