सञ्चारकर्मी गौतमलाई पितृ शोक

हाम्रो दमक

दमक,२३ साउन  / सञ्चारकर्मी ज्योतिषी पण्डित चक्रपाणी गौतमलाई पितृशोक परेको छ । पण्डित गौतमका पिता इन्दिरा रमण गौतमको आज साँझ सात बजे ८५ बर्षको उमेरमा निधन भएको हो ।

बि.स.१९९४ सालमा पाँचथर जिल्लाको मेमेङमा जन्मिएका गौतम लामो समयदेखि मधुमेहका कारण बिरामी परेर थलिएका थिए । सञ्चारकर्मी पण्डीत गौतम हिमशिखर टेलिभिजनका धार्मिक प्रस्तोताका रुपमा कार्यरत छन् भने नेपाल प्रेस यूनियनका सदस्य हुन् ।
गौतमका श्रीमती लक्ष्मीदेवी गौतम चार छोरा लक्ष्मण ,पण्डित चक्रपाणी ,नारायण र गोपाल साथै चार छोरी तुलसा ,अम्बिका , पदमा र कमला छन् ।
गौतमको ब्रह्ममेध संस्कार र दाहसंस्कार भोलि बिहिबार बिहान दश बजे कन्काई माइधाममा गरिने पारिवारिक श्रोतले जनाएको छ ।

यसैवीच यूनियन माइपश्चिम क्षेत्रीय समितिले दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकाकुल परिवारजनमा धैर्यधारण गर्न शक्ति इश्वरले प्रदान गरुन भनी समवेदना निकालेको छ ।

बुध, साउन २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

संसफो झापाको नेतृत्व चयन

दमक,११ बैशाख । सत्तारुढ संघीय समावादी फोरम नेपाल ( संसफो )झापा जिल्ला समन्वय समितिको अध्यक्षमा दिपेनवाला राई चुनिएका छन् ।जिल्लाको दमक नगरीमा हिजो सम्पन्न जिल्ला समन्वय समितिको प्रथम अधिबेशनबाट राईको अध्यक्षतामा सर्वसम्मत ४५ सदस्यीय...

सवारी दुर्घटनामा एक जनाको मृत्यु ,४ घाईते

दमक,१० बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाउँपालिकामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार...

नेकपाका झापा इञ्चार्ज बिर्तामोडमा पक्राउ

बिर्तामोड,१० बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला इञ्चार्ज सौगात कटुवाल सोमबार साँझ पक्राउ परेका छन् । प्रहरीले जिल्ला इञ्चार्ज कटुवालसहित अर्जुन चौहानलाई बिर्तामोड १ को बिर्तामोड आँखा अस्पताल नजिकैबाट पक्राउ गरेको हो...

हलेसी कृषि सहकारी सञ्चालनमा

दमक,१० बैशाख। यहाँस्थित हलेसी कृषि सहकारी संस्था नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमका वीच सहकारीको औपचारिक रुपमा शुभारम्भ गरिएको अध्यक्ष प्रविण चाम्लिङले जानकारी दिए । दमक ७ राधाकृष्ण मन्दिर क्षेत्रमा स्थापना...

स्थानीय सरकारलाई अधिकार माग्दै अपाङ्गता भएका ब्यक्तिहरु

बुद्धशान्ति । अपाङ्ग भएका ब्यक्तिहरुको छाता संगठन बेरोजगार संघर्ष समिति झापाले झापाका १५ वटै स्थानीय तहमा आउँदो नीति तथा कार्यक्रममा अपाङ्गताको सवालहरु समावेश गर्न माग गरेका छन् । पहिलो चरणको अन्तिम कार्यक्रम अनुरुप शुक्रवार...

सिटिजन बैङ्कका कर्मचारी र सेवाग्राहि गरि ४१ जनाद्धारा रक्तदान

विर्तामोड । सिटिजन बैङ्ककोे १२ औ वार्षीक उत्सवको अवसरमा झापाको विर्तामोड साखामा आईतवार रक्तदान कार्यक्रम कार्यक्रम आयोजना गरिएको छ । वैकका प्रदेश नम्वर १ का प्रवन्धक ओमकार आचार्यले विर्तामोड साखामा रक्तदान कार्यक्रम आयोजना गरी...

मेचीनगर गोल्डकपको उद्घाटनमा आयोजक र दाउफिन्स भिड्ने

बिर्तामोड । अफ्रिकन टोली दाउफिन्स एफसी क्यामरुनले मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भिड्ने पक्का भएको छ । प्रतियोगिता वैशाख १२ गते काँकरभिट्टा माविको खेल मैदानमा उद्घाटन हुनेछ । आयोजकले...

नेकपा झापाको अध्यक्षमा पाठक र सचिवमा साङपाङ

दमक,९ बैशाख । त्तत्कालीन नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको झापा जिल्ला अध्यक्षमा चिन्तन पाठक चयन भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि...

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

पाँचथर, ९ वैशाख गते । ट्याक्टर दुर्घटना हुँदा पाँचथरको तुम्बेवा गाउँपालिका १ जरायोटार किरुवा सामुदायिक वनमा आज ट्याक्टरका सहचालकको मृत्यु भएको छ । यासोक मौवा कच्चि सडक खण्डमा यासोकबाट मौवा तर्फ जाँदै गरेको मे...

नसा रोगबाट थलिएका विरामीलाई सहयोग

पाडाजुँगी,९ बैशाख । दुई महिना अघिदेखि नसा सम्बन्धिको समस्याका कारण थलिएका झापाको कमल ५ स्थित पाडाजुँगीका एक युवाको उपचारमा स्थानीयहरुले नगद ५१ हजार ३१ रुपैयाँ नगद सहयोग गरेका छन् । स्थानीय व्यवसायी समेत रहेका प्रेम...