दमकमा आर्कषक ‘फनपार्क’ बन्दै

हाम्रो दमक

दमक,२३ साउन / झापाको दमकमा सुविधासम्पन्नसहित आर्कषक फनपार्क वन्ने भएको छ । दमकमा मनोरञ्जनस्थलको अभाव भईरहेको वेला दमक–२ स्थित भाङवारीमा स्थानीय युवा व्यवसायीहरुले करोडौको लागतमा फन पार्क वनाउन लागेका हुन् ।
फन पार्कको नाम ‘हाम्रो दमक फनपार्क एण्ड एग्रोटुरिजम प्रालि ’राखेका छन् । फन पार्कको आज वैद्धिक विधि अनुसार शिलान्यास गरिएको छ । फन र्पाकमा दमक उद्योग बाज्यि संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईसहित आठ जनाको साझेदारी लगानी रहेको छ ।

फनपार्क स्थल शिलान्यास पछि

उनीसंगै पाथीभरा होटलका सञ्चालकद्धय राजन दंगाल, पुष्प खनाल, योगराज दंगाल,किशोर खनाल,विप्लप दंगाल,टोविन्द्र केसी र गोपाल बस्नेत रहेका छन् । ती मध्ये तीन जना जग्गाधनी छन् भने अन्य सवै दमकका प्रतिष्ठीत व्यवसायीहरु संलग्न छन् । कम्पन्नीका अध्यक्ष प्रसाईका अनुसार करिव ७ विगाहा क्षेत्रफलमा अन्तराष्ट्रियस्तरको फनपार्क बन्ने छ ।

शिलान्यास गरिएको नौ महिनामा फन पार्क सञ्चालनमा आउने अध्यक्ष प्रसाईले जानकारी दिए । फन पार्क सम्पन्न गर्न करिव १० करोड लागत लाग्ने जनाईएको छ ।
कम्पन्नीले जानकारी दिए अनुसार सो फनपार्कमा बालबच्चादेखि युवा,ज्येष्ठहरुका लागि आवश्यक पूर्वाधारहरु बनिने छन् । त्यहाँ बोटिङ,स्वीमिङ पुल,पार्टी प्यालेस,आधुनिक बारसहित बालवच्चाहरुका लागि सुविधासम्पन्न चिल्ड्रेन पार्क लगायतका संरचनाहरु तयार हुने अध्यक्ष प्रसाईले बताए । उनले पूर्वकै आर्कषक मनोरञ्जनस्थलका रुपमा दमकको यस फनपार्क हुने दावी गरे । ‘ यस फनपार्क पूर्वकै एक गन्तव्य स्थल बन्ने छ’ फनपार्कको बारे जोड दिदै अध्यक्ष प्रसाईले भने,–‘ निर्माणाधीन यस फनपार्क हरेक दृष्ट्रिले उपयुक्त छ ।’ उनका अनुसार दमक–वेलडाँगी जाने सडकको भाङवारी स्थित सडकमा जोडिएको त्यस फनपार्कको प्रारिम्भक चरणमा घेरावेरालगायतका पूर्वाधारहरु बनिने छन् ।

शिलान्यास गरिएको नौ महिनामा फन पार्क सञ्चालनमा आउने अध्यक्ष प्रसाईले जानकारी दिए । फन पार्क सम्पन्न गर्न करिव १० करोड लागत लाग्ने जनाईएको छ ।

जिल्लाको सुरुङा,विर्तामोड आसपासका क्षेत्रमा धमाधम यस्ता मनोरञ्जनस्थल बनिदै गएको तथा त्यसमा आन्तरिक पर्यटन,प्रवद्र्धनले सफलता पाईएको वेला दमक चौकदेखि तीन किलोमिटर उत्तरस्थित भाङवारीमा आर्कषक फन पार्क बन्न लागेको हो । फनपार्कको सम्पूर्ण नक्साङकन इन्जिनीयर अनुज पराजुलीले तयार गरेका छन् ।

दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहेका सञ्चालक राजन दंगालले नेपाल र भारतससहित तेश्रो देशसम्म आन्तरिक ,वाह्य पर्यटन,प्रवद्र्धन गर्ने हेतुले अन्तराष्ट्रियस्तरकै सुविधायुक्त फनपार्क बनाउन लागिएको छ । ‘ दमकको व्यवसायीक प्रवद्र्धनमानै यस उद्यमले प्रत्यक्ष,अप्रत्यक्ष रुपले फाइदा पुग्ने छ ’ सञ्चालक दंगालले जनाए ।

बुध, साउन २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

वडादशैँको मौलिकता हराउँदै

नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हँुदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ । पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्वपूर्ण पर्व बडादशैँमा अर्काको...

दमकको चौंकमा राखिएका गमलाका फूलहरु मर्न थाले

दमक,३ कातिक / संरक्षणमा चासो नदिदाँ झापाको दमकमा सडक आसपास रोपिएका फूलहरु मर्न थालेका छन् । पानी तथा मल समयमा दिन नसक्दा अधिकांस गमलाका फूलहरु मर्न थालेका हुन् । मुख्यतय दमक चौंकको सडक पेटिहरुमा राखिएका...

के दशैँ, के तिहार ! आफन्तबाट टाढिएका भुटानी शरणार्थीहरुको जिवन काहाली लाग्दो बन्दै

दमक | पुर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरहरुमा करिब तिन दशकयता शरणागत भुटानी शरर्णाीहरुको यस वर्षको दँशै पनि खल्लो बनेकोछ । तेस्रो देश पूर्नवासशुरु भएयता हाल शिविरमा विभिन्न कारणले परिवार संग विछोडिए छु्टेका शरणार्थीहरुको...

दमकमा मात्र ३५ करोड बढिको मासु खपत

दमक | अन्य दिनको तुलनामा चाडपर्वको समयमा बजारमा अत्याधिक मासु खपत हुने गरेको छ । बडदो शहरीकरण संगै बदलिदो मानिसको आधुनिक जिवन शैली ले गर्दा आफुले घरमा पशु बली दिने चलन हराउदै जाँदा बजार...

यो सरकारलाई देवीशक्तिको आशिर्वाद मिलेको छ: प्रधानमन्त्री

झापा, कात्तिक १, | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई देवीशक्तिको पनि आशिर्वाद मिलेको बताउनु भएको छ । विहिबार झापाको बिर्तामोडमा आफैले आयोजना गरेको दसैं शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले आफु...

दशैंमा मेलाको उल्लास

दमक, ३१ असोज / झापामा यसवर्षको दशैं मेला शुरु भएको छ । विशेषत दशैंका अवसरमा लाग्दैआएका यस्ता परम्परागत मेलाहरु जिल्लामा शुरु भईसकेका छन् । घटस्थापनादेखि औपचारिक रुपमा शुरु हुने दशै मेला नवमीदेखि पूर्णिमासम्म बढी लाग्दैआएका...

हिमशिखर मिडियाको दशै विशेष शुभकामना आदान प्रदान तथा चियापान समारोह

दमक | झापाको दमकमा रहेको हिमशिखर मिडिया ग्रुपले आज दमकमा दशै विशेष शुभकामना आदान प्रदान तथा चियापान समारोह सम्पन्न गरेको छ । मोफसलमा रहेर करिब एक दशकयता स्थानीय स्तर देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर...

आफ्नै देशमा छ, करोडको कारोवार हुने अल्लोको कपडा

संखुवासभा | प्रख्यात कोसेलीका रुपमा परिचित अल्लोको कपडाको माग बिदेशमा समेत बढेको छ । अलैची र कृषि पेसा घाटा लागेपछि अल्लो ब्यवसायले आकर्षित बनाएको छ । सभापोखरी गाउँपालिका विश्व लिम्बूले अल्लोको कपडा सिलाइ लिएपछि उनले...

संवाद लगत्तै बिर्तामोड बजारको अनुगमन

बिर्तामोड, असोज २९।  उपभोक्ता अधिकारका लागि जिल्लास्तरीय सरोकारवालाको टोलीले आज सोमबार झापाको बिर्तामोड बजारमा अनुगमन गरेको छ । संवाद समूहमा भएको छलफल लगत्तै त्यहाँ व्यक्त प्रतिबद्धता तत्कालै कार्यान्वयनका लागि टोलीले बजार अनुगमन गरेको थियो ।...

घटस्थापना अवसरमा ठाँउ– ठाँउमा सरसफाई ( फोटो फिचर )

दमक,२४ असोज/  घटस्थापनाका अवसर पारेर आज दमकसहित जिल्लाका विभिन्न क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भएका छन् । आफनो गाँउ,ठाँउलाई सधै सफासुग्घर राखौं भन्ने जनचेतनाका साथ विभिन्न संघसंस्थाहरुले सामूहिक रुपमा सरसफाईको आयोजना गरेका हुन् । यसैक्रममा कमल गाउँपालिका–५...