रोटरी दमकका अध्यक्ष ढकालको प्रतिबद्धता

हाम्रो दमक

दमक,२२ साउन/ रोटरी क्लब अफ दमकले सामाजिक सेवाको कार्यक्रमहरुलाई सशक्त रुपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ । दमकस्थित पत्रकार मञ्चको कार्यालयमा मंगलवार रोटरीले पत्रकार सम्मेलन गरि नवनिर्वाचित अध्यक्ष मोहन ढकालले एक वर्षमा रोटरीको अभियानलाई क्रियाशील वनाउने प्रतिवद्धता जनाए ।


रोटरीले विभिन्न छ वटा मुख्य उद्देश्यमा आफनो सामाजिक सेवा लैजाने बताउदै नवनिर्वाचित अध्यक्ष ढकालले शान्ति, शिक्षा, आर्थिक विकास, रोकथाम तथा उपचार, स्वास्थ्य र मातृ शिशु स्वास्थ्यका क्षेत्रमा विशेष कार्य गर्न लागेको बताए । ‘ यी कार्य सवैसंग सहकार्य गरेर अघि बढ्छौ’ ढकालले जोड दिए । उनले आफनो एक वर्षे अवधिमा ती सामाजिक कार्य गर्न नगरपालिकासहित अन्य सरोकारवाला संघसंस्थाहरुसंग समन्वय गरि काम गर्ने प्रतिवद्धता दोहोर्याँँए । उनका अनुसार रोटरीको टिच कार्यक्रमअन्तर्गत दमक – ८ स्थित जनता आधारभूत विद्यालयलाई हेप्पी स्कुल बनाउन लागिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन तथा विद्यार्थीलाई विद्यालयमा रमाइलो हुने वातावरण बनाउने गरी जनता स्कुलमा लगानी गरिरहेको उनले बताए ।
उनले हेप्पी स्कुल बनाउन स्वच्छ खानेपानीको व्यवस्था, सरसफाई, शौचालय मर्मत सम्भार, डेक्स बेच्न निर्माण, विद्यालय रंगरोगन, खेल सामग्री वितरण र दुई थान कम्प्युटर प्रदान प्रदान गरेको बताए ।
यसैवीच, भोलि बुधबारनै नवनिर्वाचित समितिको पदहस्तान्तरण कार्यक्रम हुने छ । स्थानीय काग्त्यानी होटलमा साँँझ एक कार्यक्रमका बीच वर्ष २०१८ का कार्यसमितिको पदहस्तान्तरणको तयारी पूरा भएको अध्यक्ष ढकालले जनाएका छन् । २०११ मा स्थापित रोटरी दमकमा करिव ७० जना सदस्य छन् ।

मङ्ल, साउन २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

आईसीयूका बिरामी बेहोसी अवस्थामै डिस्चार्ज

 झापा ,३० साउन / झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले आईसीयूमा उपचाररत एक बिरामीलाई अचेत अवस्थामै डिस्चार्ज दिएको छ । उपचार खर्च धेरै उठेको बारे आलोचना भएपछि अस्पतालले इलामको रोङ गाउँपालिका ४ का ३३ वर्षीय अरुण तामाङलाई...

रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स उपहार

दमक, ३० साउन / भारतले आफ्नो ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर रेडक्रस झापालाई दुईवटा एम्बुलेन्स दिएको छ । भारतीय स्वतन्त्रता दिवसको अवसरमा दुतावास मार्फत भारत सरकारले झापा रेडक्रसलाई दुई वटा एम्बुलेन्स उपलब्ध गराएको रेडक्रस...

झापामा खसीको मासुमा मूल्यबृद्धि

दमक,३० साउन / झापाका मासु व्यवसायीहरुले खसीको मासुको मूल्य बढाएका छन् । चाडपर्व नजिकिदै गर्दा व्यवसायीहरुले आफनो एकल निर्णयबाट प्रतिकेजीमा रु ५० रुपैया बृद्धि गरेका हुन् । झापा जिल्ला मासु व्यवसायी सघंका नाममा बुधबार स्थानीय...

फूयलको घरबाट अवैध सूर्ति बरामद

गौरादह,३० साउन / झापाको गौरादहमा अबैध रुपमा लुकाइछिपाई राखेको सूर्ति प्रहरीले बरामद गरेको छ । गौरादह नगरपालिका–१ स्थित पदम फुयँलको घरबाट प्रहरीले मंगलबार रु ८० हजार मूल्य बराबरको अवैध सूर्ति बरामद गरेको हो । विशेष...

बेपत्ता दुईजनाको शव फेला

मोरङ, ३० साउन । मोरङ जिल्लाको ग्रामथन गाउँपालिका–३ स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । प्रहरीका अनुसार खोलाले वगाएर वेपत्ता भएका मोङ, रंगेली नगरपालिका–२ बस्ने वर्ष ३५ को...

टिमाई खोलामा बढ्यो तस्करी, प्रहरीकै मिलेमत्तोको आशंका, स्थानीय आक्रोशित

बिर्तामोड । सरकारले वर्षाको समयमा असार एक गतेदेखि भदौ मसान्तसम्म नदीजन्य वस्तु निकासीमा रोक लगाएपनि झापाको बुद्धशान्ति गाँउपालिकामा रहेको टिमाई खोलामा भने नदीजन्य वस्तु ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी नरोकिएको स्थानियले बताएका छन्...

भद्रपुर–७ मा चुम्लुङको समिति

दमक,२९ साउन / किरात याक्थुङ चुम्लुङ भद्रपुर –७ मा वडा समिति विस्तार गरिएको छ । मंगलवार वडा भेलाले सुमन कन्दङ्वाको अध्यक्षतामा ११ सदस्यीय चुम्लुङको वडा समिति गठन गरिएको हो । गठित वडा समितिको उपाध्यक्षमा बम...

खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

उर्लाबारी, २९ साउन । मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको...

बुधमायाले दिइन् माङहिमलाई १० धुर जग्गा

दमक,२९ साउन /  झापाको कमल गाउँपालिका–७ मेमेङ टोलस्थित किरात युमा माङहिम ( मन्दिर )लाई स्थानीय बुधमाया लिम्बुले करिव रु ५ लाख मूल्य बराबरको १० धुर जग्गा दिएकी छन् । माङहिम निर्माणका लागि दाता लिम्बुले आफनो...

सिद्धकाली मन्दिर तोडफोड गरी मूर्तिहरु चोरी

संखुवासभा | संखुवासभाको चैनपुरमा रहेको चर्चित धार्मिक शक्तिपिठ सिद्धकालीको शीवको मन्दिर आईतबार राती तोडफोड गरिएको छ । शीव मन्दिरमा पूजा आरधना गर्न आएका भक्तजनले शिवको मुर्ति तोडफोड गरेर फ्याकिएको अवस्थामा देखेका थिए । मन्दिरको प्राङगणमा...