चलचित्र ब्लाक भदौ १ गते रिलिज हुदै ।

हाम्रो दमक

बिर्तामोड । पछिल्लो पुस्ताकि चर्चित अभिनेत्री आचल शर्मा र अभिनेता आकाश श्रेष्ठद्धारा अभिनित नेपाली कथानक चलचित्र ब्लाक भदौ १ गतेबाट रिलिज हुने भएको छ । उक्त चलचित्रको प्रचार प्रसार सुरु गर्न सोमबार झापा आइपुगेका निर्देशक प्रदिप श्रेष्ठले भदौ १ गतेबाट देशभरका सबै हलबाट एकैसाथ रिलिज हुने जानकारी दिएका छन् ।

आश्मा फिल्म्स प्रालिको ब्यानरमा बनेको यो चलचित्रमा आश्मा पाण्डेको लगानी रहेको छ । चेतन कुमार पाण्डे कार्यकारि निर्माता रहेको चलचित्रमा मौनता श्रेष्ठको लेखन, महेश खड्का र प्रतिक पौड्यालले संगीत भरेका छन भने रामजी लामिछानेको कोरियोग्राफी र चन्द्र पन्तको द्धन्द्व निर्देशन गरेका छन् ।

जिवनको अन्धकारलाई मायाले उज्यालो बनाउन सक्छ भन्ने चलचित्रको सन्देश रहेको निर्देशक श्रेष्ठले बताएका छन् । ‘अहिलेको पुस्ताले मनपराउने समसामयिक कथालाई फिल्ममा प्रस्तुत गरेका छौं,’उनले भने,‘युवापुस्ताको प्रेमकथा, कुलत र मानसिकतालाई प्राथमिकता दिइएकोले पनि चलचित्रलाई दर्शकले मनपराउनेमा हामी ढुक्क छौं ।

’यता चलचित्र शत्रु गतेबाट चर्चा र सफलतका शिखर चुम्न सफल भएकि आचल शर्माले यो चलचित्रमा धेरै भन्दा धेरै मिहेनत गरेकाले उत्कृष्ट रहेको भन्दै आम दर्शकलाई नेपाली चलचित्र जगतलाई माया गर्नका लागि एक चोटि हलमा गएर हेर्न आग्रह गरिन् । अभिनेता आकाश श्रेष्ठले अभिनय गरेका पाचौं चलचित्र मध्ये यो तेस्रो रिलिज हुन लागेको र अन्य २ चलचित्र रिलिजको तयारीमा रहेको बताउदै आफुले ब्ल्याक फिल्ममा सामाजिक विषयवस्तुलाई जिवन्त अभिनय गरेको गराए । उनले भने हामी जस्ता कलाकारलाई सबै श्रोता र दर्शकको उपस्थिति आवश्यक छ ।

चलचित्रमा तिम्रो लागि लगायत ४ वटा गित रहेका छन भने चलचित्रको सुटिङ् मुस्ताङ, पोखरा, सिन्दुलि र काठमांडौ लगयात आकर्षक स्थानमा गरिएको छ । चलचित्रमा निर्मात्री आश्मा पाण्डेले २ करोड बढिको लगानी गरेकी बताइन् ।

मङ्ल, साउन २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

सर्यो प्राचीन बजार ग्वाल्डुब्बा १०० मिटर पर

ग्वाल्डुब्बा | गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १०० मिटर पुर्व सरेको छ । नया बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ । बजार स्थलमा आवस्यक पर्ने बिजुली,  खानेपानी, सार्बजनिक...

सावधान ! बजारमा छ्याप छ्याप्ती नक्कली नोट, यसरी चिन्ने र बच्ने

काठमाडौं । नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन...

सन्थाल नृत्यमा शिवसताक्षी समूह प्रथम

लखनपुर,४ कातिक /  झापाको कमल गाँउपालिका–५ स्थित मंगलवारे वजारमा आयोजना गरिएको सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समूह प्रथम भएको छ । बडादशैको अवसरमा एकादशीका दिन शनिवार लाग्दै प्रतियोगितात्मक सन्थाल नृत्यमा प्रथम भएसंगै विजेता समूहले नगद...

चलचित्र गोलको गीत पलपलको भिडीयो सार्बजनिक ।

नेपाली कथानक चलचित्र गोलको ‘पल पल’ बोलको गीतको भिडियो रिलीज भएको छ । गीतमा मेलिना राईको स्वर, भिम बस्नेतको संगीत तथा मुकुन्द प्रयास र भिम बस्नेतको शब्द रहेका छन् । २०७५ मंसीर २८ गते...

सडकमा परेका खाल्डाखुल्डीका कारण दैनिक दुर्घटनाको जोखिम बढ्दै

धरान | धरानका सडकमा परेका खाल्डाखुल्डीका कारण दिनप्रतिदिन दुर्घटनाको जोखिम बढ्दै गएको छ । खाल्डाखुल्डकै कारण दैनिकजसो साना तथा ठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । धरानका सडक जिर्ण बनेपछि तत्कालीन नगरप्रमुख स्व. तारा...

सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल

दमक | दशै शुरुभएसंगै दुई दिन देखि सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल बढेको छ । अष्टमी देखी दशमीको टिका लगाउने क्रम शुरु नभएसम्म सडक तथा शहर बजारहरु सुनसान बनेका थिए । यसवर्षको...

सजाय सुनाएको २९ वर्षपछि पक्राउ

खोटाङ १ कार्तिक | खोटाङमा कर्तव्य ज्यान मुद्दामा सजाय सुनाइएका अभियुक्त २९ वर्षपछि पक्राउ छन् । २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की असोज...

प्रधानमन्त्री ओली झापामा

दमक | प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउनु भएको छ । प्रधानमन्त्री ओली आफैले विगत वर्ष देखि आयोजना गर्दै आउनु भएको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा सहभागि हुन आज झापा...

बल आश्रमलाई सहयोग हस्तान्तरण

दमक, १ कातिक / झापा, दमक–२ मा निर्माणाधीन हाम्रो वाल आश्रमलाई विभिन्न क्षेत्रहरुबाट सहयोग जुट्ने क्रम बढ्दै गएको छ । यसैक्रममा दमक वजारमा सञ्चालन हुदैआएको सक्रिय युवा क्लव मेला व्यस्थापन समितिले पनि आश्रमको भवन निर्माणका...

खपाङ्गीको गीति एल्बम बजारमा

दमक, १ कातिक । गीतकार प्रविण खपाङ्गीको ‘मुटु दिएर’ गीति एल्बम लोकार्पण भएको छ । शब्दखिम दमकले बुधबार झापाको दमकमा कार्यक्रमको आयोजना गरि लोकार्पण गरेको हो । बरिष्ट गीतकार शिव शंकर थापाको प्रमुख आतिथ्यतामा तथा...