दमकबाट वन्दकर्ता लिम्बु पक्राउ

हाम्रो दमक

दमक,२१ साउन / वन्दको आव्हान गर्दे प्रचारप्रसार गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एक जना वन्दकर्तालाई सोमबार साँझ पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकको एक टोलीले वन्दको माइकिङ गर्दे प्रचारप्रसार गरेको आरोपमा राष्ट्रिय जनमुक्ति पार्टीका नगर सचिव अविन लिम्बुलाई पक्राउ गरेको हो ।

सिटिरिक्सामा माइकिङ गर्दे प्रचार गर्नेक्रममा दमक–८ स्थित चौकबाट लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पार्टीले घोषणा गरेको श्रावण २२ को प्रदेश नं.१ वन्दको आव्हान गर्दे माइकिङ गरेर चौकवजार परिक्रमा गर्दा प्रहरीले लिम्बुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
यसैगरि ,प्रहरीले सुनसरीबाट जनमुक्तिका बिष्णु थाङदेन, लोक आङ्ला, खम्बुवानका रमेश राई , जनमुक्तिकै चित्र मगर, सिताराम राई लिम्बुवानका श्याम भुजेललगायतलाई पक्राउ गरेको थियो । उनीहरुलाई तीन घण्टा पछि प्रहरीले छाडेको थियो ।
पार्टीले वि.सं.१८३१ श्रावण २२ गतेको सन्धीलाई स्मरण गर्दै पार्टीले हरेक वर्ष सो दिन लिम्बुवान वन्द आव्हान गर्दै आएको जारी अपिलमा उल्लेख छ ।

त्यसैगरी लिम्वुवान–खम्वुवान वन्दलाई सफल वनाउन लिम्वुवान जनता पार्टी, खम्वुवान

पार्टी नगर सचिव लिम्बु

राष्ट्रिय मञ्च, लिम्वुवान मुक्ति मोर्चा संघियवादी, संघिय खम्वुवान लोकतान्त्रिक पार्टी, लिम्वुवान क्रान्तिकारी पार्टी, खम्बुवान मुक्ति मोर्चा र लिम्वुवान प्रान्तिय राष्ट्रिय मञ्चले ऐक्यवद्धता जनाएका छन् ।

सोम, साउन २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

नेपालको लगातार चौंथो जित, समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश

थाईल्याण्ड वुमेन्स टि-२० अन्तर्गत नेपालले आयोजक थाईल्याण्डको ‘ए’ टिमलाई ९ विकेटले सहजै पराजित गरेको छ।जितसंगै नेपाली महिला टिम समुह ‘ए’ विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। शुक्रवार खेलिने सेमीफाइनलमा नेपालले समुह ‘बि’ को उपविजेता टिमको सामना...

वासुआविमा भुकम्प सुरक्षा सम्वन्धि चेतनामुलक कार्यक्रम सम्पन्न

दुहागढी । भुकम्प सुरक्षा दिवसको अवसरमा झापा दुहागढी स्थित वाल सुबोधिनि आधारभुत विद्यालयमा भुकम्प सुरक्षा सम्वन्धि चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको वाल क्लब र जुनियर रेडक्रस सर्कलको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको...

कमल नगर जेसीजमा न्यौपाने

कमल,२ माघ । यहाँस्थित कमलनगर जेसीजको अध्यक्षमा शेखरनाथ न्यौपाने चुनिएका छन् । हालै सम्पन्न शाखा अधिबेशनबाट बर्ष २०१९ का लागि न्यौपानेको अध्यक्षतमा समिति गठन गरिएको हो । सर्वसम्मत निर्वाचित समितिको कार्यकारी उपाध्यक्षद्धयमा छत्रपति खनाल,नारायण वस्नेत,चार...

शेर्मालाई एक लाख बढी सहयोग

पथरी,२ माघ । दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका मोरङ, पथरीशनिश्चरे–९का ३९ बर्षिय विरबहादुर शेर्मालाई एक लाख १हजार पाँच सय रूपैयाँ सहयोग प्रदान गरिएको छ । वैदेशिक रोजगारीमा रहँदा दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका शेर्मालाई देश–विदेशमा...

वीएण्डसीका सञ्चालक प्रसाईंलाई कारवाहीको माग

इलाम,२ माघ। इलाममा अनशनरत डा.गोविन्द केसीका मागप्रति असन्तुष्ट रहेका वीएण्डसी अस्पताल विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंले पत्रकारलाई धम्काएको प्रति पत्रकार महासंघ इलाम शाखा र प्रेस युनियनले आपत्ति जनाएको छ । प्रसाईले कान्तिपुर संवाददाता विप्लब भट्टराई लगायतका...

एम्बुलेन्स नचल्दा सेवाग्राही मारमा

ताप्लेजुङ, २ माघ । जिल्ला अस्पतालसँग दुई एम्बुलेन्स भएपनि लामो समयदेखि प्रयोगविहीन अवस्थामा हुँदा सेवाग्राही मारमा परेका छन् । एउटा एम्बुलेन्स वर्षाँैदेखि बिग्रिएर थन्किएको छ । गत भदौमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको अर्काे एम्बुलेन्स...

झापाको काँकरभिट्टामा सवारी दुर्घटना हुँदा एकको मृत्यू ।

बिर्तामोड । झापाको काँकरभिट्टामा आज साझँ सवारी दुर्घटना हुँदा एकको मृत्यू भएको छ । बेलुका ७ बजे मेचीनगर ६ पालिया खोला छेउ राजमार्गमा सवारी दुर्घटनामा परी एक जनाको घटनास्थलमै ज्यान गएको हो । पूर्वबाट पश्चिम...

नमुना बाल गृहलाई न्यानो कपडा

दमक,१ माघ । झापाको दमकमा रहेको पशुपति आध्यात्मिक महिला समूहले आज उर्लाबारी स्थित नमुना बाल गृहलाई न्यानो कपडा बितरण गरेको छ ।पशुपति आध्यात्मिक महिला समूहले आज एक कार्यक्रमका वीच नमुना बालगृहलाई ३५ हजार मुल्य...

संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार दृढ : मन्त्री कार्की

 गौरादह,१ माघ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार दृढ रहेको बताएका छन् । आज झापाको गौरादहमा पत्रकार भेटघाटमा मन्त्री कार्कीले प्रदेश सरकारले प्रदेश...

लिम्बु जातिको नयाँ वर्षमा शुभकामना कार्यक्रम

दमक, २७ पुस । लिम्बु जातिको नयाँ वर्षसंगै माघे संक्रान्ति (कक्फेक्वा तङ्गनाम )का अवसर पारेर मंगलवार दमकमा सम्मानसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुङ्ग चुम्लुङ्ग दमक नगर समिति र लिम्बु विद्यार्थी मञ्च केन्द्रीय...