झापाको दमकस्थित उत्तरी क्षेत्रका वासिन्दा शुद्ध पिउने पानीको अभावमा, भिडियो सहित

हाम्रो दमक

दमक | झापाको दमक –३ स्थित उत्तरी क्षेत्रका बासिन्दाहरु शुद्ध पिउने पानीको अभाव झेलिआएका छन् । यस क्षेत्रका बासिन्दालाई शुद्ध पिउने पानी सहजरुपमा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार तथा बिभिन्न दातृ निकायको लगानीमा नजिकै रहेको मावा खोलाबाट खानेपानी आयोजना सञ्चालन गरिएको थियो । तर अधिकतम नदी दोहनका कारण खोलाले खानेपानीका पाईप बगाएपछि अहिले सो सुविधाबाट बञ्चित हुनुपरेको छ ।

दुम्से खानेपानी योजना अन्तर्गत भूटानी शरणार्थीहरुलाई पनि ४० प्रतिशत सुविधा दिने सर्तमा ती योजना सञ्चालनमा ल्याइएको दुम्से खानेपानी उपभोक्ता सरसफाइ समितिका अध्यक्ष हिमदल भण्डारी बताए । त्यस अन्तर्गत हाल ५ सय धारा जडान भइसकेको हो । हरेक बर्ष खोलामा आउने भेल बाढीले मुहानको पाइप बगाउने र क्षति पुर्याँउने गरेपछि दमक वडा नं. ३ उत्तरी क्षेत्रका बासिन्दा र भूटानी शरणार्थीले खानेपानीको समस्या भोग्न बाँध्य हुनुपरेको अध्यक्ष भण्डारी बताउँछन् ।

अध्यक्ष भण्डारीका अनुसार दुम्से खानेपानीमा गत असारको अविरल बर्षा र बाढीका कारण ३ वटा मध्ये २ वटा मुहानमा क्षति पुगेको छ । मुहानको फिल्टर पाइप बगाएपछि प्रतिसकेन्ड १० देखि १२ लिटर ट्याङ्कीमा जम्मा हुने पानी हाल ४ लिटरमा झरेको छ । ट्याङ्कीमा आवश्यक पानी जम्मा हुन नसकेपछि पानीको अभाव हुन थालेको हो ।

हालसम्म रु १ करोड भन्दा धेरै रकम खर्च भईसक्दा समेत पुग्दो र नियमीत खानेपानी वितरण हुन सकेको छैन् । भूटानी शरणार्थी दातृ निकाय यूएनएचसीआरको सहयोगमा विश्व लुथरन फेडरेशनले रु ४२ लाख, उपभोक्ताले रु १० लाख, दमक नगरपालिकाको रु २० लाखसहित पटक पटक मुहान मर्मत खर्च र पाईप विस्तार गरी रु १ करोड भन्दा धेरै खानेपानीमा खर्च भईसकेको छ । तर पनि यहाँका बासिन्दाहरुले पर्याप्त र शुद्ध पानी पिउन नपाएको गुनासो स्थानीय मानबहादुर लिम्वुको छ ।

दमक– ३ स्थित दुम्सेकी सरिता राई नजिकै रहेको मावा खोलाबाट पानी ल्याएर आफनो दैनिक गर्जो टार्ने गरेको बताउछिन् । राईको घर नजिकै पानीको धारापानी छ । तर पानी आउदैन् । जसका कारण अनेकौं जोखिम मोलेरै भएपनि खोलाको धमिलो पानी उपभोग गर्न बाँध्य हुनपरेको राईले बताइन् ।

आइत, साउन २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

सर्यो प्राचीन बजार ग्वाल्डुब्बा १०० मिटर पर

ग्वाल्डुब्बा | गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १०० मिटर पुर्व सरेको छ । नया बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ । बजार स्थलमा आवस्यक पर्ने बिजुली,  खानेपानी, सार्बजनिक...

सावधान ! बजारमा छ्याप छ्याप्ती नक्कली नोट, यसरी चिन्ने र बच्ने

काठमाडौं । नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन...

सन्थाल नृत्यमा शिवसताक्षी समूह प्रथम

लखनपुर,४ कातिक /  झापाको कमल गाँउपालिका–५ स्थित मंगलवारे वजारमा आयोजना गरिएको सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समूह प्रथम भएको छ । बडादशैको अवसरमा एकादशीका दिन शनिवार लाग्दै प्रतियोगितात्मक सन्थाल नृत्यमा प्रथम भएसंगै विजेता समूहले नगद...

दमकको चौंकमा राखिएका गमलाका फूलहरु मर्न थाले

दमक,३ कातिक / संरक्षणमा चासो नदिदाँ झापाको दमकमा सडक आसपास रोपिएका फूलहरु मर्न थालेका छन् । पानी तथा मल समयमा दिन नसक्दा अधिकांस गमलाका फूलहरु मर्न थालेका हुन् । मुख्यतय दमक चौंकको सडक पेटिहरुमा राखिएका...

सडकमा परेका खाल्डाखुल्डीका कारण दैनिक दुर्घटनाको जोखिम बढ्दै

धरान | धरानका सडकमा परेका खाल्डाखुल्डीका कारण दिनप्रतिदिन दुर्घटनाको जोखिम बढ्दै गएको छ । खाल्डाखुल्डकै कारण दैनिकजसो साना तथा ठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । धरानका सडक जिर्ण बनेपछि तत्कालीन नगरप्रमुख स्व. तारा...

दमकमा मात्र ३५ करोड बढिको मासु खपत

दमक | अन्य दिनको तुलनामा चाडपर्वको समयमा बजारमा अत्याधिक मासु खपत हुने गरेको छ । बडदो शहरीकरण संगै बदलिदो मानिसको आधुनिक जिवन शैली ले गर्दा आफुले घरमा पशु बली दिने चलन हराउदै जाँदा बजार...

सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल

दमक | दशै शुरुभएसंगै दुई दिन देखि सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल बढेको छ । अष्टमी देखी दशमीको टिका लगाउने क्रम शुरु नभएसम्म सडक तथा शहर बजारहरु सुनसान बनेका थिए । यसवर्षको...

सजाय सुनाएको २९ वर्षपछि पक्राउ

खोटाङ १ कार्तिक | खोटाङमा कर्तव्य ज्यान मुद्दामा सजाय सुनाइएका अभियुक्त २९ वर्षपछि पक्राउ छन् । २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की असोज...

प्रधानमन्त्री ओली झापामा

दमक | प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउनु भएको छ । प्रधानमन्त्री ओली आफैले विगत वर्ष देखि आयोजना गर्दै आउनु भएको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा सहभागि हुन आज झापा...

बल आश्रमलाई सहयोग हस्तान्तरण

दमक, १ कातिक / झापा, दमक–२ मा निर्माणाधीन हाम्रो वाल आश्रमलाई विभिन्न क्षेत्रहरुबाट सहयोग जुट्ने क्रम बढ्दै गएको छ । यसैक्रममा दमक वजारमा सञ्चालन हुदैआएको सक्रिय युवा क्लव मेला व्यस्थापन समितिले पनि आश्रमको भवन निर्माणका...