गौरीगञ्ज गाउँपालिकाको वजेट सार्वजनिक

हाम्रो दमक

गौरीगञ्ज, २० साउन / झापाको गौरीगञ्ज गाउँपालिकाले आर्थिक वर्ष ०७५/०७६को नीति तथा कार्यक्रमसहितको वजेट सार्वजनिक गरेको छ ।

गाउँँपालिकाको वजेट सार्वजनिकका क्रममा बोल्दै अध्यक्ष श्रेष्ठ

आइतबार गाउँपालिकाको सभाहलमा आयोजित दोस्रो गाउँसभाबाट पारित नीति ,कार्यक्रमसहितको बजेट रु ४४ करोड ८२ लाख ४८ हजार रुपैयाँ सार्वजनिक गरेको हो । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष दिपेन्दं्र थापाले पारित वजेट प्रस्तुत गरेका थिए ।
गाउँपालिकाले चालु आर्थिक वर्षका लागि कृषि तथा पशु बिकासमा रु १ करोड ४७ लाख‚ पर्यटन बिकासमा रु २५ लाख‚उद्योग बाणिज्यमा रु १० लाख शिक्षामा रु १ करोड‚ स्वास्थ्यमा रु २५ लाख‚ खानेपानी तथा सरसफाईमा रु २० लाख‚लैँगिक समानता तथा सामाजिक समावेशीकरणमा रु ६८ लाख युवा तथा खेलकुदमा रु २० लाख रुपैया बिनियोजन गरेको छ ।
त्यसैगरि पूर्वाधार बिकासमा रु १५ करोड ८३ लाख‚ वाताबरण तथा बिपद ब्यवस्थापनमा रु १ करोड ६५ लाख‚ संस्थागत बिकासतर्फ रु १ करोड ७० लाख बिनियोजन गरेको छ ।
त्यसैगरी गाउँपालिकाले वडा नं. १ लाई रु ८० लाख, वडा नं. २ लाई रु ७२ लाख, वडा नं. ३ लाई रु ६४ लाख, वडा नं. ४ लाई रु ६० लाख, वडा नं. ५ लाई रु ६० लाख र वडा नं. ६ लाई रु ६४ लाख रुपैया बजेट सिलिङ्ग तोकेको छ ।
त्यस्तै गाउँँसभाले प्रत्येक नागरिकले गाँउपालिकाका विषयमा सूचना प्राप्त गरुन भन्ने उद्देश्यले सञ्चालित एप्पस शुरु गर्नुका साथै गाँउपालिकाले रु ५ लाख भन्दा माथिका बजेटका सवै खाले योजनाहरु टेण्डर प्रकृयाबाट इजाजत प्राप्त निर्माण कम्पनी मार्फत गराउने निर्णय भएको प्रशासकीय अधिकृत राजकुमार शाक्यले बताए ।

आइत, साउन २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

सर्यो प्राचीन बजार ग्वाल्डुब्बा १०० मिटर पर

ग्वाल्डुब्बा | गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १०० मिटर पुर्व सरेको छ । नया बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ । बजार स्थलमा आवस्यक पर्ने बिजुली,  खानेपानी, सार्बजनिक...

सावधान ! बजारमा छ्याप छ्याप्ती नक्कली नोट, यसरी चिन्ने र बच्ने

काठमाडौं । नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन...

सन्थाल नृत्यमा शिवसताक्षी समूह प्रथम

लखनपुर,४ कातिक /  झापाको कमल गाँउपालिका–५ स्थित मंगलवारे वजारमा आयोजना गरिएको सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समूह प्रथम भएको छ । बडादशैको अवसरमा एकादशीका दिन शनिवार लाग्दै प्रतियोगितात्मक सन्थाल नृत्यमा प्रथम भएसंगै विजेता समूहले नगद...

सडकमा परेका खाल्डाखुल्डीका कारण दैनिक दुर्घटनाको जोखिम बढ्दै

धरान | धरानका सडकमा परेका खाल्डाखुल्डीका कारण दिनप्रतिदिन दुर्घटनाको जोखिम बढ्दै गएको छ । खाल्डाखुल्डकै कारण दैनिकजसो साना तथा ठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । धरानका सडक जिर्ण बनेपछि तत्कालीन नगरप्रमुख स्व. तारा...

दमकमा मात्र ३५ करोड बढिको मासु खपत

दमक | अन्य दिनको तुलनामा चाडपर्वको समयमा बजारमा अत्याधिक मासु खपत हुने गरेको छ । बडदो शहरीकरण संगै बदलिदो मानिसको आधुनिक जिवन शैली ले गर्दा आफुले घरमा पशु बली दिने चलन हराउदै जाँदा बजार...

सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल

दमक | दशै शुरुभएसंगै दुई दिन देखि सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल बढेको छ । अष्टमी देखी दशमीको टिका लगाउने क्रम शुरु नभएसम्म सडक तथा शहर बजारहरु सुनसान बनेका थिए । यसवर्षको...

सजाय सुनाएको २९ वर्षपछि पक्राउ

खोटाङ १ कार्तिक | खोटाङमा कर्तव्य ज्यान मुद्दामा सजाय सुनाइएका अभियुक्त २९ वर्षपछि पक्राउ छन् । २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की असोज...

प्रधानमन्त्री ओली झापामा

दमक | प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउनु भएको छ । प्रधानमन्त्री ओली आफैले विगत वर्ष देखि आयोजना गर्दै आउनु भएको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा सहभागि हुन आज झापा...

बल आश्रमलाई सहयोग हस्तान्तरण

दमक, १ कातिक / झापा, दमक–२ मा निर्माणाधीन हाम्रो वाल आश्रमलाई विभिन्न क्षेत्रहरुबाट सहयोग जुट्ने क्रम बढ्दै गएको छ । यसैक्रममा दमक वजारमा सञ्चालन हुदैआएको सक्रिय युवा क्लव मेला व्यस्थापन समितिले पनि आश्रमको भवन निर्माणका...

खपाङ्गीको गीति एल्बम बजारमा

दमक, १ कातिक । गीतकार प्रविण खपाङ्गीको ‘मुटु दिएर’ गीति एल्बम लोकार्पण भएको छ । शब्दखिम दमकले बुधबार झापाको दमकमा कार्यक्रमको आयोजना गरि लोकार्पण गरेको हो । बरिष्ट गीतकार शिव शंकर थापाको प्रमुख आतिथ्यतामा तथा...