प्राविधिक शिक्षातर्फ बढ्दो महिलाको आर्कषण

हाम्रो दमक

–विष्णु सुब्बा
दमक,१८ साउन / प्राविधिक शिक्षातर्फ महिलाहरुको आर्कषण बढ्दै गएको पाईएको छ । केहिबर्ष यता झापाको दमक आसपासका क्षेत्रमा सञ्चालित प्राविधिक शिक्षालयमा अध्ययन गर्न आउने महिलाको आर्कषण बढ्दै गएको छ ।

  

 

कमलस्थित सरस्वती शिक्षालयमा अध्ययनरत कृषि प्राविधिकका विद्यार्थीहरु धान रोप्दै

दमकको आम्दा अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पाँच वटा प्राविधिक विषयको पठनपाठनमा अध्ययन गर्न आउने अधिकांश महिला भएको जनाएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको ( सिटिभिइटी ) सम्बन्धनमा सञ्चालित तीन वर्षे स्टाफ नर्स, सामान्य चिकित्सा ( एचए ), टि–एसएलसीतर्फ १८ महिने अनमी,सिएमए, ल्याव असिस्टेन्ट जस्ता प्राविधिक विषयमा ७० प्रतिशत हाराहारी महिला मात्र भएको प्रतिष्ठानका अधिकृत प्रदिप श्रेष्ठले बताए । उनका अनुसार सिटिभिइटीले शनिवार लिएको परिक्षामा ती विषयमा ४४१ जना विद्यार्थीहरु सहभागि भएका छन् । स्टाफ नर्सको कोटामा १३४,एचएमा ४६ ,अनमीमा १२८ ,ल्याव एसिस्टेन्टमा ५२ जना र ८१ जनाले सिएमएका परिक्षाले परिक्षा लेखेका छन् । ती मध्ये एचएमा ६ पुरुष र २८ महिला,ल्यावमा २ पुरुष ५० महिला र सिएमएमा १८ पुरुष र ६३ महिला विद्यार्थीले परिक्षा लेखेको प्रतिष्ठानले जनाएको छ । ती सवै विषयगत विषयमा छात्रबृतिसहित ४० जनाको कोटा भएको बताईएको छ ।
स्टाफ नर्समा पुरुषले समेत अध्ययन गर्न चाहे १५ प्रतिशत कोटा निर्धारण गरिने व्यवस्था गरिएपनि दमकको आम्दामा भने त्यो कोटामा पढ्न चाहने नआएको जनाएको छ । प्रतिष्ठानका अधिकृत श्रेष्ठले प्रकृया पूरा गरेर स्टाफ नर्समा पनि यो वर्षदेखि पुरुषको लागि छुट्टै कोटाको व्यवस्था गरेपनि त्यस विषय पुरुष विद्यार्थी पढ्न नआएको बताए । महिलाले मात्र अध्ययन गर्न पाउने सो विषयगत शिक्षामा सरकारले यो वर्षदेखि पुरुषलाई समेत सहभागि गराउने व्यवस्था गरेको थियो ।
तर सरकारले ल्याएको सो कार्यक्रमका बारेमा सर्वसाधारणले थाहा नपाएर पनि होला नआएको श्रेष्ठको भनाई छ ।

आम्दा अस्पतालका मेडिकल सुपरिडेन्टेड डाक्टर नविन ढकालले प्राविधिक विषय तर्फ पुरुषभन्दा महिलाको आर्कषण बढ्दै गएको बताउँछन् । ‘ पुरुष भन्दा महिलाको प्राविधिक शिक्षामा पहुँच बनेको छ’ डा.ढकालले भने –‘प्राविधिक विषय पढ्न साथ रोजगारीको अवस्था सृजना हुने भएकाले यसमा पुरुषभन्दा महिलाको आर्कषण देखिएको छ ।’ पुरुषहरु रोजगारी तथा अध्ययनका लागि विदेशतर्फ उन्मुख हुने सामाजिक परिवेशले गर्दा समेत यस्ता प्राविधिक शिक्षामा महिलाको आर्कषण भएको हुन सक्ने डा. ढकालको बुझाई छ ।
दमकको पूरानो सो स्वास्थ्य प्रतिष्ठानले २०५२ सालदेखि नर्सिङ कक्षा सञ्चालन गरिआएको छ भने यो वर्षदेखि तीन वर्षे सामान्य चिकित्सा( एचए ) विषयमा थप पठपाठन सञ्चालनमा ल्याएको जनाईएको छ ।

स्टाफ नर्समा पुरुषले समेत अध्ययन गर्न चाहे १५ प्रतिशत कोटा निर्धारण गरिने व्यवस्था गरिएपनि दमकको आम्दामा भने त्यो कोटामा पढ्न चाहने नआएको जनाएको छ । प्रतिष्ठानका अधिकृत श्रेष्ठले प्रकृया पूरा गरेर स्टाफ नर्समा पनि यो वर्षदेखि पुरुषको लागि छुट्टै कोटाको व्यवस्था गरेपनि त्यस विषय पुरुष विद्यार्थी पढ्न नआएको बताए । महिलाले मात्र अध्ययन गर्न पाउने सो विषयगत शिक्षामा सरकारले यो वर्षदेखि पुरुषलाई समेत सहभागि गराउने व्यवस्था गरेको थियो ।

यता कमल गाउँँपालिका–७ बाह्घरेमा अवस्थित सरस्वती माध्यमिक विद्यालयले सञ्चालन गरेको कृषि सम्बन्धी प्राविधिक शिक्षालयमा समेत महिलाको आर्कषण भएको विद्यालयले जनाएको छ । सिटीइभिटीको सम्बन्धनमा सञ्चालित सो विद्यालयमा टि–एसएलसीतर्फको जेटिए (जुनियर टेक्नीकल एसिस्टेन्ट ) ,भेटेरिनरीसहित बाली विज्ञान तर्फ तीन वर्षे डिप्लोमा अध्ययन भईरहेको विद्यालयका प्रधानाध्यापक दुर्गा सेढाईले बताए । विद्यालयले नियमित विषयको पठनपाठनबाहेक २०६७ सालदेखि जेटिए प्राविधिक विषयको पठनपाठनमा सञ्चालनमा छ । प्रअ सेढाईले कृषि प्राविधिकमा पुरुषभन्दा महिलाको आर्कषण भएको बताउँछन् । ‘ कृषि प्राविधिक विषयमा पुरुषभन्दा महिलाको आर्कषण छ’ प्रअ सेढाइले भने,–‘ पुरुषहरु कृषि पेशामा आउन चाहदैनन्,हिजोको परम्परागत सोचले गर्दा सकभर यस्ता विषय पढ्न मनपराउदैनन् ।’
सिटीइभिटीले लिएको परिक्षामा करिव २ सय २० विद्यार्थीहरु सहभागि थिए । ती मध्ये ८० प्रतिशत महिलानै भएको विद्यालयले जनाएको छ ।
तीनै विषयमा ४० जनाका दरले कोटा निर्धारण हुने ती विषयहरुमा अध्ययन गर्न आउने अधिकांश महिलाहरुसंगै दुर्गम क्षेत्रका विद्यार्थीहरु रहेको विद्यालयका शिक्षक एकराज प्याकुरेलले बताउँछन् । स्थानीय भन्दा अन्यत्र क्षेत्रका विद्यार्थीहरुले यहाँ पढ्न आउने गरेको उनले जनाए । त्यहाँ पूर्वको पाँचथर,ताप्लेजुङदेखि पश्चिमका दाङ, कालीकोट ,दैलेख ,जाजरकोटसम्मका विद्यार्थीहरु पढ्न आउने गरेको शिक्षक प्याकुरेलले वताए ।
साविक मेची अञ्चलमानै सामुदायिक विद्यालयले शुरु गरेको कृषि प्राविधिक विषयको सो एकमात्र शिक्षालय भएको विद्यालयले जनाएको छ । प्रअ सेढाईले कृषि विषयमा उत्कृष्ट नतिजाका कारण विद्यालयमा अध्ययन गर्न आउनेको संख्या उच्च देखिएको बताए । ‘कृषि अध्ययनमा विस्तारै अहिले आर्कषण हुदैगएको छ’ प्रअ सेढाईले भने ,–‘ कृषिमा आत्मनिर्भर हुने अवस्था सृजना भएको छ,यसले पनि युवामाँझ यो विषयले विस्तारै आर्कषण पाएको छ ।’

उनले शिक्षालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुका लागि आवासीय छात्रावास समेत उपलव्ध गराउने तयारी गरेको छ । छात्र र छात्रा अलग अलग रहने छात्राबास भवन धमाधम निर्माण भईरहेको छ, यो पूरा भएपछि टाढा टाढाबाट आउने विद्यार्थीलाई सुविधा पुग्ने प्रअ सेढाईले जनाएका छन् । उनले कृषि अध्ययन पूरा गरेका धेरै विद्यार्थीहरुले गाँउघरमा स्वरोजगारीका अवसर समेत प्राप्त गरेका बताए । यस विद्यालयबाट उत्पादित जनशक्तिले करिव ७० प्रतिशत स्वरोजगार भएको पाएको विद्यालयको एक अध्ययनले समेत देखाएको प्रअ सेढाईले दावी गरे ।
दमकसहित जिल्लामा सञ्चालित सिटीईभिटीबाट सम्बन्धन पाएका दुई दर्जन जतिका शिक्षालयहरुमा समेत पुरुष भन्दा महिलाको संख्या धेरै भएको सम्बद्ध शिक्षालयहरुले जनाएका छन् ।

शनि, साउन १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

सरकार चौतर्फी असफल  : कांग्रेस सभापति देउवा

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कम्यूनिष्ट नेतृत्व वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार शुसासन दिन चौतर्फी असफल हुदै गएको...

कांग्रेस सभापति देउवा आज दमक आउदै

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा आज झापाको दमकमा आउदै छन् ।कांग्रेस क्षेत्र नम्बर ५ झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मान कार्यक्रममा सहभागि हुन सभापति देउवासहितका केन्द्रीय नेताहरु दमक...

भवन उद्घाटनसहित सम्मान कार्यक्रमको तयारी पूरा

दमक,७ बैशाख । नेपाली कांग्रेस क्षेत्र नम्बर ५ (साविक क्षेत्र नम्बर ७ ) झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मानको तयारी पूरा भएको छ । नेपाली  कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको प्रमुख आतिथ्यतामा...

कमलमा १३ शिक्षकलाई विदाई

केर्खा,४ बैशाख। झापाको कमल गाउँपालिकामा रहेका सामुदायिक बिद्यालयबाट सुविधा लिएर जाने शिक्षकहरुलाई गाउँपालिकाले सम्मान सहित विदाई गरेको छ । कार्यक्रममा सुविधा लिएर विदाई हुने शिक्षकहरुलाई एक कार्यक्रम गरि कदरपत्र र दोसल्ला ओढाएर सम्मान सहित विदाई...

धिमाल जातिको जात्री पर्व सुरु

उर्लाबारी,३ बैशाख । प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको वैशाख २ गतेदेखी आफ्नो मौलिक पर्व जात्री सुरु भएको छ । वैशाख २ गतेदेखी असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाँउछन् । नयाँ...

इष्टन स्टार बोर्डिङ्गद्धारा उत्कृष्ठ विद्यार्थीहरु पुरस्कृत

दमक,२९ चैत । दमक ७ स्थित इष्टन स्टार बोर्डिङ्ग स्कुलले आज बार्षिक परिक्षाफल प्रकाशन गरि उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरेको छ । विद्यालयमा आयोजना गरिएको सो कार्यक्रममा बार्षिक परिक्षाफल सार्वजनिक गर्नुका साथै एक सय बढी विभिन्न...

दमकको ‘जेम्स’ उत्कृष्ठ शैक्षिक गन्तव्य बन्दै

दमक,२७ चैत । दमक ८ स्थित झापा मोडल इङ्लिस स्कूल (जेम्स ) अन्तराष्ट्रिय स्तरको शैक्षिक गन्तव्यका रुपमा विकास हुदै गएको छ । २३ वर्ष अघि स्थापित जेम्सले आफनो शैक्षिक गुणस्तर कायम गरिआएपछि अहिले जिल्लाकै...

कांग्रेस सभापति देउवा दमक आउने भएपछि तयारी तीव्र

दमक,२७ चैत । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा वैशाख ९ गते दमक आउने भएपछि तयारी तीव्र पारिएको छ । झापा क्षेत्र नम्बर ५ को भवन उद्घाटन तथा अग्रज कार्यकर्ता सम्मान कार्यक्रममा सहभागि...

कांग्रेस दमकले निकाल्यो, नयाँ वर्षको क्यालेण्डर

दमक, २६ चैत । नेपाली कांग्रेस दमक नगर समितिले अघिल्ला वर्षझै यसवर्ष पनि पार्टी गतिविधिहरुलाई समेटेर नयाँ वर्ष २०७६ को क्यालेण्डर प्रकाशन गरेको छ । जनआन्दोलन दिवसका अवसर पारेर मंगलवार पार्टी कार्यालयमा एक कार्यक्रमका बीच...

लोटसको अभिभावक दिवश तथा दिक्ष्यान्त समारोह सम्पन्न

बिर्तामोड । झापा बिर्तामोड स्थित लोटस पृ स्कुल एन्ड चाइल्ड के यर सेन्टर ले अभिभावक दिवश तथा दिक्ष्यान्त समारोह बिबिध सास्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको छ । बिर्तामोड नगरपालिकाका शिक्ष्या प्रमुख युबराज पान्डेको प्रमुख आतिथ्य...