दमक बहुमुखी क्याम्पसको सातौ क्याम्पसभा सम्पन्न

हाम्रो दमक

दमक,१९ साउन/ यहाँस्थित दमक बहुमुखी क्याम्पसको शनिवार सातौ क्याम्पसभा सकिएको छ । क्याम्पसको सभाकक्षमा एक कार्यक्रम गरि क्याम्पसले आफनो सातौं क्याम्पस सभा सम्पन्न गरेको हो ।

प्रतिवेदन प्रस्तुत गर्दे क्याम्पसका अध्यक्ष देवीप्रसाद दाहाल

क्याम्पस सभाको उद्घाटनका अवसरमा क्याम्पस सञ्चालक समितिले तयार गरेका विभिन्न तीन वटा विषयगत प्रतिवेदन प्रस्तुत गर्नुका साथैं क्याम्पस परिसरमा निर्मीत मुख्य जग्गादाता स्व. डम्बरबहादुर अधिकारीको अर्धकद शालिकको समेत अनावरण गरिएको थियो । सुवेदार दाता अधिकारीले क्याम्पसलाई एक विगाहा जमीन दान दिएका थिए । उद्घाटन सभामा क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवीप्रसाद दाहालले बार्षिक प्रतिवेदन प्रस्तुत गरे भने लेखा संयोजक हरिप्रसाद नेपालले लेखा प्रतिवेदन र शैक्षिक तथा आर्थिक प्रतिवेदन क्याम्पस प्रमुख उत्तमप्रसाद भट्टराईले प्रस्तुत गरेका थिए ।
जग्गादाताकी धर्मपत्नी टिकादेवी अधिकारीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य अर्जुन राई, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, क्याम्पसका पूर्व अध्यक्ष शुरेस सुब्बा, दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनका सभापति विनोद चापागाईलगायतको क्याम्पसको शैक्षिक अवस्थाका बारेमा बोलेका थिए ।

चुनावी क्याम्पस सभाको वन्दसत्रले उद्घाटन सत्रमा प्रस्तुत तीनै विषयगत प्रतिवेदन आबश्यक सुझाव सहित पारित गरिएको थियो । त्यस्तै, भूमिप्रसाद दाहाल,धनञ्जय बाँस्कोटा र पदमप्रसाद घिमीरेको एक माइन्टुड लेखन समिति र प्राध्यापकहरु सम्मिलत ३ सदस्यीय एक निर्वाचन समिति समेत गठन गरिएको थियो । गठित निर्वाचन समितिमा डिल्लीप्रसाद भट्टराई, तेजप्रसाद आचार्य र मदनबहादुर थापा रहेका छन् । निर्वाचन समितिले क्याम्पससभा सदस्यहरुको समन्वयमा निर्वाचन कार्यक्रम शुरु गर्ने जनाएका छन् ।

शनि, साउन १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

आईसीयूका बिरामी बेहोसी अवस्थामै डिस्चार्ज

 झापा ,३० साउन / झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले आईसीयूमा उपचाररत एक बिरामीलाई अचेत अवस्थामै डिस्चार्ज दिएको छ । उपचार खर्च धेरै उठेको बारे आलोचना भएपछि अस्पतालले इलामको रोङ गाउँपालिका ४ का ३३ वर्षीय अरुण तामाङलाई...

रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स उपहार

दमक, ३० साउन / भारतले आफ्नो ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर रेडक्रस झापालाई दुईवटा एम्बुलेन्स दिएको छ । भारतीय स्वतन्त्रता दिवसको अवसरमा दुतावास मार्फत भारत सरकारले झापा रेडक्रसलाई दुई वटा एम्बुलेन्स उपलब्ध गराएको रेडक्रस...

झापामा खसीको मासुमा मूल्यबृद्धि

दमक,३० साउन / झापाका मासु व्यवसायीहरुले खसीको मासुको मूल्य बढाएका छन् । चाडपर्व नजिकिदै गर्दा व्यवसायीहरुले आफनो एकल निर्णयबाट प्रतिकेजीमा रु ५० रुपैया बृद्धि गरेका हुन् । झापा जिल्ला मासु व्यवसायी सघंका नाममा बुधबार स्थानीय...

फूयलको घरबाट अवैध सूर्ति बरामद

गौरादह,३० साउन / झापाको गौरादहमा अबैध रुपमा लुकाइछिपाई राखेको सूर्ति प्रहरीले बरामद गरेको छ । गौरादह नगरपालिका–१ स्थित पदम फुयँलको घरबाट प्रहरीले मंगलबार रु ८० हजार मूल्य बराबरको अवैध सूर्ति बरामद गरेको हो । विशेष...

बेपत्ता दुईजनाको शव फेला

मोरङ, ३० साउन । मोरङ जिल्लाको ग्रामथन गाउँपालिका–३ स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । प्रहरीका अनुसार खोलाले वगाएर वेपत्ता भएका मोङ, रंगेली नगरपालिका–२ बस्ने वर्ष ३५ को...

टिमाई खोलामा बढ्यो तस्करी, प्रहरीकै मिलेमत्तोको आशंका, स्थानीय आक्रोशित

बिर्तामोड । सरकारले वर्षाको समयमा असार एक गतेदेखि भदौ मसान्तसम्म नदीजन्य वस्तु निकासीमा रोक लगाएपनि झापाको बुद्धशान्ति गाँउपालिकामा रहेको टिमाई खोलामा भने नदीजन्य वस्तु ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी नरोकिएको स्थानियले बताएका छन्...

भद्रपुर–७ मा चुम्लुङको समिति

दमक,२९ साउन / किरात याक्थुङ चुम्लुङ भद्रपुर –७ मा वडा समिति विस्तार गरिएको छ । मंगलवार वडा भेलाले सुमन कन्दङ्वाको अध्यक्षतामा ११ सदस्यीय चुम्लुङको वडा समिति गठन गरिएको हो । गठित वडा समितिको उपाध्यक्षमा बम...

खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

उर्लाबारी, २९ साउन । मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको...

बुधमायाले दिइन् माङहिमलाई १० धुर जग्गा

दमक,२९ साउन /  झापाको कमल गाउँपालिका–७ मेमेङ टोलस्थित किरात युमा माङहिम ( मन्दिर )लाई स्थानीय बुधमाया लिम्बुले करिव रु ५ लाख मूल्य बराबरको १० धुर जग्गा दिएकी छन् । माङहिम निर्माणका लागि दाता लिम्बुले आफनो...

सिद्धकाली मन्दिर तोडफोड गरी मूर्तिहरु चोरी

संखुवासभा | संखुवासभाको चैनपुरमा रहेको चर्चित धार्मिक शक्तिपिठ सिद्धकालीको शीवको मन्दिर आईतबार राती तोडफोड गरिएको छ । शीव मन्दिरमा पूजा आरधना गर्न आएका भक्तजनले शिवको मुर्ति तोडफोड गरेर फ्याकिएको अवस्थामा देखेका थिए । मन्दिरको प्राङगणमा...