दमक बहुमुखी सहकारी आफनै नयाँ भवनमा

हाम्रो दमक

दमक,१९ साउन/ २०५८ सालमा स्थापित दमक–१ स्थित दमक बहुमुखी सहकारी संस्था आफनै सुविधासम्पन्न भवनमा कार्यालय सञ्चालनमा ल्याएको छ । आज शनिवार एक कार्यक्रम गरि नवनिर्मीत भवनको उद्घाटन गरिएको हो ।


पाँच तले पक्की कार्यालय भवनको जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै अध्यक्ष ढकालले सहकारीलाई थप समृद्ध बनाउन जिल्ला सहकारी संघ सदैव सहयोगी रहने जोड दिए । झापाको समग्र सहकारी संस्थालाई उद्देश्य अनुसार गतिशील बनाउन जिल्ला संघ सधै सहकारीको साथमा रहने उनको भनाई थियो ।
उद्घाटन कार्यक्रममा वडाध्यक्ष ताराप्रसाद अधिकारीले सहकारी संस्थाले आर्थिकसंगै सामाजिक रुपान्तरणका क्षेत्रमा समेत अघि बढ्नु पर्ने सुझाव दिएका थिए ।
सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले यस सहकारी संस्था मजवुत सहकारीका रुपमा स्थापित हुदै गएको बताउदै यसको अझ बृद्धिविकासमा शेयर सदस्यहरुको भूमिका अझ बढ्नुपर्ने औल्याए । कार्यक्रममा दमक सहकारी संस्थाका अध्यक्ष धनबहादुर भट्टराई,जिल्ला सहकारी संघ लेखा समिति सदस्य चुडामणि ओझा, आम्दा अस्पतालका अधिकृत भीम धमला, सञ्चार उद्यमी मेहरमान लिङदेनलगायतको उपस्थिति रहेको थियो ।
डेढ वर्षदेखि निर्माण थालिएको सो व्यवसायिक भवन बनाउन करिव १ करोड ७० लाख रुपैया लागेको संस्थाका कोषाध्यक्ष रुपनारायण न्यौपानेले बताए ।
यस्तै,आफनो नयाँ भवन सञ्चालनका अवसर पारेर नयाँ शेयर लिन चाहने सदस्यहरुलाई संस्थाले १ हजार निशुल्क बचत दिने कार्यक्रममा ५० जना बढीले शेयर लिएको व्यवस्थापक हेमन्त रिजाजले बताए । करिव १२ सय शेयर सदस्य रहेको सो सहकारीले आसन्न चुनावी बार्षिक साधारणसभा यसपटक कस्मिक पार्टी प्यालेस गरिने तय भएको संस्थाका सचिव बसन्त न्यौपानेले जानकारी दिए ।

शनि, साउन १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

सर्यो प्राचीन बजार ग्वाल्डुब्बा १०० मिटर पर

ग्वाल्डुब्बा | गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १०० मिटर पुर्व सरेको छ । नया बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ । बजार स्थलमा आवस्यक पर्ने बिजुली,  खानेपानी, सार्बजनिक...

सावधान ! बजारमा छ्याप छ्याप्ती नक्कली नोट, यसरी चिन्ने र बच्ने

काठमाडौं । नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन...

सन्थाल नृत्यमा शिवसताक्षी समूह प्रथम

लखनपुर,४ कातिक /  झापाको कमल गाँउपालिका–५ स्थित मंगलवारे वजारमा आयोजना गरिएको सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समूह प्रथम भएको छ । बडादशैको अवसरमा एकादशीका दिन शनिवार लाग्दै प्रतियोगितात्मक सन्थाल नृत्यमा प्रथम भएसंगै विजेता समूहले नगद...

दमकको चौंकमा राखिएका गमलाका फूलहरु मर्न थाले

दमक,३ कातिक / संरक्षणमा चासो नदिदाँ झापाको दमकमा सडक आसपास रोपिएका फूलहरु मर्न थालेका छन् । पानी तथा मल समयमा दिन नसक्दा अधिकांस गमलाका फूलहरु मर्न थालेका हुन् । मुख्यतय दमक चौंकको सडक पेटिहरुमा राखिएका...

सडकमा परेका खाल्डाखुल्डीका कारण दैनिक दुर्घटनाको जोखिम बढ्दै

धरान | धरानका सडकमा परेका खाल्डाखुल्डीका कारण दिनप्रतिदिन दुर्घटनाको जोखिम बढ्दै गएको छ । खाल्डाखुल्डकै कारण दैनिकजसो साना तथा ठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । धरानका सडक जिर्ण बनेपछि तत्कालीन नगरप्रमुख स्व. तारा...

दमकमा मात्र ३५ करोड बढिको मासु खपत

दमक | अन्य दिनको तुलनामा चाडपर्वको समयमा बजारमा अत्याधिक मासु खपत हुने गरेको छ । बडदो शहरीकरण संगै बदलिदो मानिसको आधुनिक जिवन शैली ले गर्दा आफुले घरमा पशु बली दिने चलन हराउदै जाँदा बजार...

सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल

दमक | दशै शुरुभएसंगै दुई दिन देखि सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल बढेको छ । अष्टमी देखी दशमीको टिका लगाउने क्रम शुरु नभएसम्म सडक तथा शहर बजारहरु सुनसान बनेका थिए । यसवर्षको...

सजाय सुनाएको २९ वर्षपछि पक्राउ

खोटाङ १ कार्तिक | खोटाङमा कर्तव्य ज्यान मुद्दामा सजाय सुनाइएका अभियुक्त २९ वर्षपछि पक्राउ छन् । २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की असोज...

प्रधानमन्त्री ओली झापामा

दमक | प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउनु भएको छ । प्रधानमन्त्री ओली आफैले विगत वर्ष देखि आयोजना गर्दै आउनु भएको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा सहभागि हुन आज झापा...

बल आश्रमलाई सहयोग हस्तान्तरण

दमक, १ कातिक / झापा, दमक–२ मा निर्माणाधीन हाम्रो वाल आश्रमलाई विभिन्न क्षेत्रहरुबाट सहयोग जुट्ने क्रम बढ्दै गएको छ । यसैक्रममा दमक वजारमा सञ्चालन हुदैआएको सक्रिय युवा क्लव मेला व्यस्थापन समितिले पनि आश्रमको भवन निर्माणका...